देशको खबर

गर्भ जाँच गराउने महिलालाई अन्डा उपहार !!

स्याङ्जा/ स्वास्थ्य संस्थामा गएर गर्भ जाँच गराउने महिलालाई भिरकोट नगरपालिकाले अन्डा वितरण गर्दै आएको छ । गर्भवती महिलामा गर्भ रहेको सामान्यतयाः तीन महिनाको अवधिदेखि सुत्केरी नहुँदासम्मको अवधिका लागि दैनिक एउटाको दरले अन्डा वितरण गर्ने गरेको भिरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले बताए । ‘. . .


घरेलु मदिरा खाएपछि बालिका बेहोस

दाङ  । दाङको घोराही उपमहानगरपालिका वडा नं. ८ ढिकपुर निवासी चार वर्षिया बालिका राधिका कँुवर मदिरा खाएर गम्भीर बिरामी परेकी छन् । उनले घरमा अभिभावक नभएको समयमा थाहा नपाएर घरेलु मदिरा खाएपछि बेहोस भएको आमा खीमा कँुवरले वताइन् । बालिका राधिका कुँवरको गम्भीर अवस्थामा तुलसीपुरस्थित तुलसी हस्पिटलमा उपचार �. . .


१० वर्षीया बालिका बलात्कारको आरोपमा ५० वर्षीय पक्राउ

सर्लाही, वैशाख २४ । १० वर्षीया एक बालिकामाथि बलात्कारको आरोपमा सर्लाही प्रहरीले सोमबार एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको पर्सा गाउँपालिका–५ का ५० वर्षीय ‘कारी’ भनिने हाकिम वैठा रहेका छन् । उनीमाथि स्थानीय १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय सर्. . .


जबरजस्ती धर्म परिवर्तन गराउँदै हिँडेका महिला चर्चबाटै समातिए

प्रहरीले जबरजस्ती धर्म परिवर्तन गराउँदै हिँडेका तीनजना महिलालाई चर्चबाटै पक्राउ गरेको छ । महागरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौँको नागार्जुन नगरपालिका–४ सीतापाइलास्थित चर्चबाट तीनजना महिलालाई पक्राउ गरेर हिरासतमा लिएको हो । पक्राउ पर्नेहरुमा जबरजस्ती क्रिश्चियन धर्म अँगाल्न लगाउने �. . .


पुरुषले मात्रै बजाउने गरेको नौमती बाजा अब महिलाले पनि बजाउन थाले

म्याग्दी, वैशाख २४ गते । शुभ कार्यमा परम्परागत रुपमा पुरुषले मात्रै बजाउने गरेको नौमती बाजा अब महिलाले पनि बजाउन थालेका छन् । पञ्चेबाजा बजाउने चलन हराउँदै जान थालेको समयमा पोखरामा बसोबास गर्ने म्याग्देलीले भने महिला र पुरुष दुवैको सहभागितामा नौमती बाजा बजाउने प्रचलनको शुरुवात गरेका हुन् । नौमती ब�. . .


मोदीको आसन्न मुक्तिनाथ भ्रमणलाई लक्षित गरेर मुस्ताङमा उच्च सुरक्षा सतर्कता

ठिनी, मुस्ताङ, वैशाख २४ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणलाई लक्षित गरेर मुस्ताङमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । तिब्बती सीमामा रहेको नेचुङ र म्याग्दीसँगको सिमाना घाँसासम्ममा जाँचमा कडाइ गरिएको हो । मुस्ताङका होटल तथा लजमा बस्ने पाहुनाहरुको व्यक्तिगत विवरणसहित. . .


पक्राउ गरिएका अभियुक्तलाई छुटाउन प्रहरी चौकीमा आक्रमण गर्दा चारजना सुरक्षाकर्मी घाइते

पर्सा, वैशाख २४ गते । पक्राउ गरिएका अभियुक्तलाई छुटाउन प्रहरी चौकी सेढवामा स्थानीयवासीले आक्रमण गर्दा चारजना सुरक्षाकर्मी घाइते भएका छन् । अभियुक्तलाई छुटाउन स्थानीय बासिन्दाले आज बिहान करीब ३ बजे प्रहरी चौकी सेढवानमा आक्रमण गर्दा तीनजना प्रहरी सहायक निरीक्षक र एकजना प्रहरी जवान घाइते भएका हुन् �. . .


टमाटर खेतीबाट ठाकुरप्रसाद गर्छन मासिक एक लाख आम्दानी

बाँके, वैशाख २४ गते । वर्दियाको गेरुवा गाउँपालिका प्रसेनीपुरका ठाकुरप्रसाद थारू टमाटर खेतीबाट एक वर्षमा १२ लाख रुपियाँ आम्दानी गर्न सफल हुनुभएको छ । गाउँका धेरै युवा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक गए पनि थारूले भने गाउँमै बसेर तरकारी खेतीबाट राम्रो आर्थिक लाभ लिन सफल हुनु भएको छ । नेपालगञ्ज. . .


बैतडीमा अनारखोलीमा बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते

वैतडी । बैतडीको दशरथचन्द राजमार्गस्थित अनारखोलीमामा बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएका छन् । वैतडीबाट कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ५ ख ४११६ नम्बरको बस पाटन नगरपालिका–१०, अनारखोलीमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय वैतडीका अनुसार घटनामा चालक लोकेन्द्र थापासहित १४. . .


अब सामुदायिक तथा सरकारी विद्यालयमा पढेकाले मात्रै निजामती सेवामा आरक्षण सुविधा लिन पाउने

काठमाडौँ । अब सामुदायिक तथा सरकारी विद्यालयमा पढेकाले मात्रै निजामती सेवामा आरक्षण सुविधा लिन पाउने भएको छ । बोर्डिङ स्कुलमा पढेकालाई आरक्षण कोटामा बन्देज लगाउने गृहकार्य संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थालेको हो । अब बन्ने मस्यौदा अनुसार एक व्यक्तिले एक पदका लागि मात्रै आरक्षण कोटा�. . .


अवैध रुपमा सञ्चालित २ सय बढी यातायात समितिका बैंक खाता रोक्का

काठमाडौं, बैशाख २४ । नेपाल राष्ट्र बैंकले अवैध रुपमा सञ्चालित २ सय ४५ वटा यातायात समितिका बैंक खाता रोक्का गरेको छ । सरकारले यातायात समितिहरुको सम्पत्ति छानबिन गर्ने घोषणा गरेलगत्तै नेपाल राष्ट्र बैंकले ती समितिहरुको बैंक खाता रोक्का गरेको हो । राष्ट्र बैंकले सरकारी निर्देशनअनुसार अवैध रुपमा सञ्�. . .


भरतपुरमा तेजाप छर्किंदा एक युवा गम्भीर घाइते

चितवन, बैशाख २४। भरतपुर महानगरपालिका–२ बेलटाँडीमा आपसी विवादका कारण तेजाप छर्किंदा एक युवा गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान १ः३० बजे प्रेम सुनारको घरमा डेरा गरी बस्ने धादिङ नालाङ्ग घर भई नारायणगढस्थित मनकामना सुनचाँदी पसलमा काम गर्ने ३० वर्षीय सु. . .