देशको खबर

चैतमा साढे ३३ अर्ब रकमान्तर

काठमाडौँ । चालु आर्थिक वर्षको चैत महिनामा मात्र सरकारले करिब साढे ३३ अर्ब रुपैयाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘२०७९ चैत महिनामा पुँजीगततर्फ रू एक करोडभन्दा बढीको एक उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा भएको रकमान्तरको विवरण’अनुसार रू ३३ अर्ब ३४ कर. . .


थारु समुदायमा देखिएको‘सिकलसेल एनिमिया’का बारेमा राष्ट्र सङ्घले सोच्नुपर्छ : अध्यक्ष मगर

काठमाडौँ । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले नेपालका आदिवासी थारु समुदायमा देखिएको ‘सिकलसेल एनिमिया’ रोगका बारेमा संयुक्त राष्ट्रसङ्घको ध्यान जानुपर्ने बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मामिलासम्बन्धी संयुक्त राष्ट्रको स्थायी मञ्चक�. . .


एसिसी प्रिमियर कप : नेपालले कुवेतविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले अहिले कुवेतविरुद्ध ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेपछि नेपालले ब्याटिङ गर्ने निम्तो पाएको हो । कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ रोजेका थिए । ने�. . .


पर्यटनमन्त्री किरातीले होटल व्यवसायीलाई भन्नुभयो : ‘नआत्तिनुस् म तपाईकै साथमा छु’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले होटल क्षेत्रसँगै समग्र पर्यटन क्षेत्रमा देखिएका समस्याबाट नआत्तिन व्यवसायीलाई आग्रह गर्नुभएको छ । होटल सङ्घ नेपाल (हान)को ४८औँ वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन गर्दै उहाँले समस्याबाट नडराउन र परिस्थिति सुध्रनेमा ढुक्क रह. . .


आज सीता जयन्ती: श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग. . .


बुद्ध एयरले ल्यायो नयाँ एटिआर–७२ जहाज

काठमाडौँ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ । कम्पनीले शुक्रबार १५औँ एटिआर–७२ जहाज भित्र्याएको हो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार नयाँ जहाजले आवश्यक कागजी प्रक्रिया पु¥याएर एक महिनाभित्र व्यावसायिक उडान सञ्चालन गर्नेछ । ठूला ज�. . .


संसद्को चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने

काठमाडौं । सङ्घीय संसद्को चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराउनुभएको थियो । कावा राष्ट्रपति यादवले मन्त्रिपरिषद् बैठकको निर. . .


लुम्बिनीको कालानमक चामल कम्बोडियाका प्रधानमन्त्रीलाई उपहार पठाइँदै

लुम्बिनी । बुद्धकालीन समयको ‘कालानमक’ चामल उपहारस्वरूप कम्बोडिया लगिने भएको छ । २५६७औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश कुमार त्रिपाठी)ले कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई उपहारस्वरूप कालानमक चामल प्रदान गर्ने हुनुभएको हो । यही वैशाख १९ गते (मे २ तारिख. . .


भारतमा उपचाररत कांग्रेस नेता भण्डारी आइतबार स्वदेश फर्कने

काठमाडौँ । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी यही वैशाख १७ गते आइतबार स्वदेश फर्कने हुनुभएको छ । गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते हुनुभएका डा भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लाग्नु�. . .


आगामी निर्वाचनमा एक्लै लड्ने कांग्रेस बनाउनुपर्छ : नेता डा कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नेगरी पार्टी निर्माण गर्नुपर्ने बताउनुभएको छ । कांग्रेस मोरङ प्रदेश क्षेत्र नं ५ (२), ६(२) र महानगर समितिको प्रदेश क्षेत्र एवं महानगर संयुक्त सम्मेलनको आज साँझ उद्घाटन गर्दै उहाँले त्यसको लागि मुलुकभरि सङ्गठ�. . .


संसद्को कुन समितिमा को–को सांसद ?

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले विषयगत १० समितिमा रहने सांसदको नाम अनुमोदन गरेको छ । सभामुख देवराज घिमिरले राख्नुभएको उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले मनुमोदन गरेको हो । अनुमोदन गरिएका नामहरुमा अर्थ समितिमा अन्जनी श्रेष्ठ, अम्मरबहादुर रायमाझी, गङ्गा कार्की, छिरिङ डम्डुल लामा (भोटे), जु�. . .


प्रहरीका १८ एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा समितिको आज बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको १८ एसपीलाई एसएसपी पदमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेमा विश्व अधिकारी, भ�. . .