समाचार

राष्ट्रियभूमि आयोग इलाममा जग्गा माग गर्दै १६ हजार निवेदन

फिक्कल । राष्ट्रियभूमि आयोग इलाम शाखाकार्यालयमा १६ हजार छ सय २२ जनाले जग्गा प्राप्तिका लागि निवेदन दिएका छन् । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने प्रक्रिया चलिरहँदा मङ्सिर २० सम्ममा आठ पालिकाबाट सो सङ्ख्यामा निवेदन प्राप्त भएको आयोगको शाखा कार्यालयका अध्यक�. . .


आजको मौसम : हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिममा मौसम सामान्यतया सफा रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो . . .


रोजगारीका लागि युरोप जाने बढे

काठमाडौँ । मध्यपूर्वका देश र मलेसियामा सीमित नेपाली युवाको वैदेशिक रोजगारी युरोपतिर मोडिएको छ । गएको एक वर्षदेखि नेपाली युवाको रोजगारी युरोपतिर मोडिएको हो । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा युरोपका क्रोएसिया, माल्टा, रोमानिया र पोल्यान्डमा जाने युवाको सङ्ख्या १० हजार ६७८ रहेको छ । वैदेश�. . .


विराटनगरको कवाडी गोदाममा आगलागी : मृत्यु हुनेको संख्या ३ पुग्यो

विराटनगर । विराटनगर महानगरपालिका-७ स्थितमा रहेको कवाडी पसलमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । बुधबार दिउँसो २ बजे सातघुम्तीस्थित कवाडी पसलमा अचानक आगलागी हुँदा विराटनगर-६ का ४० बर्षीय दिपक मण्डल, ५५ बर्षीया सुशिला पासवान र ६४ बर्षीय सुनिता कामतको मृत्यु भएको हो । सु�. . .


एक करोड केजी चिया गोदाममा थन्कियो

झापा । कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको तयारी चिया बिक्री नहुँदा समस्या भएको छ । छ महिनादेखि उद्योगमा तयारी अवस्थामा रहेको करिब एक करोड केजी चिया गोदाममै थन्किएको चिया व्यवसायीले बताएका छन् । इलाम र झापाका व्यवसायीका अनुसार करिब ५१ लाख केजी अर्थोडक्स चिया र ५० लाख केजीभन्दा बढी सिटिसी चिया उ. . .


डिएफसी मोरङ किराँत गोल्डकपको फाइनलमा प्रवेश

पाँचथर । पाँचथरको फिदिममा जारी प्रथम किराँत गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजकलाई पराजित गर्दै डाँगीहाट फुटबल क्लब मोरङ फाइनलमा प्रवेश गरेको छ । फिदिमको फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न खेलमा आयोजक पाँचथर फुटबल क्लबलाई ट्राइब्रेकरमा ४–१ गोलअ�. . .


चलचित्र भवनमा चौथो सातामा ‘दिमाग खराब’

काठमाडौँ । नेपाली चलचित्रको कथ्य शैली, पात्रको स्वरूप, निर्माण शैली (मेकिङ) लगायतमा परिवर्तन ल्याउने चलचित्र ‘लुट’ मार्फत निर्देशनमा उदाउनुभएका निर्देशक निश्चल बस्नेत निर्देशन गर्नुभएको चलचित्र ‘दिमाग खराब’ चौथो सातामा प्रदर्शनरत छ । गत कात्तिक २४ गतेदेखि प्रदर्शन भइरहेको चलचित्रले घरेलु बजारम�. . .


रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा पक्राउ परेका १२ जना सार्वजनिक

काठमाडौँ । ‘भिजिट भिसा’ मा नेपालीलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा पक्राउ परेका १२ जनालाई बुधबार सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको हो । काठमाडौँ घर भएका सन्तोष रोका, काठमाडौँ–१६ घर भएका रोजल महर्जन, सिन्धुपाल्चोकका २३ �. . .


चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर

चीनले बुधबार नयाँ पुस्ताको सुपरकम्युटिङ प्रणाली ‘तिहान्ये जिङ्गी’ ल्याएको छ । यसमा कम्प्युटिङ पावरदेखि भण्डारणसम्मका धेरै क्षेत्रमा थप क्षमता समावेश छन् । राष्ट्रिय सुपरकम्प्युटिङ सेन्टरले दक्षिण चीनको गुआङ्डोङ प्रान्तको राजधानी ग्वाङ्जाउमा सुपर कम्प्युटरको अनावरण गरेको हो । सेन्टरका निर्. . .


विराटनगरको भानु कलेजमा वातावरण प्रदुषण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगरको शान्ति युवा क्लबको आयोजनामा वातावरण प्रदुषण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। भानु कलेजमा आयोजना भएको सचेतना कार्यक्रममा १५० जना विद्यार्थीहरुको सहभागीता रहेको आयोजकले जनाएको छ। वातावरण प्रदुषणको असर, न्यूनीकरणको उपाय जस्ता विषयमा जानकारी गराईएको शान्ति युवा क. . .


मधेस प्रदेश क्रिकेट टोलीका खेलाडीलाई सम्मान

जनकपुरधाम । यही मङ्सिर १५ गते पोखरा रङ्गशालामा सम्पन्न केपी ओली कप टी–२० प्रतियोगिताको उपाधि जितेको मधेस प्रदेश क्रिकेट टोलीका खेलाडीहरूलाई सम्मान गरिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज जनकपुरधामस्थित मधेस भवनमा रहेको आफ्नै निवासमा बोलाएर खेलाडीहरूलाई सम्मान गर्नुभएको हो । �. . .


विराटनगरको आगलागीमा घाइते भएकालाई काठमाडौँ पठाइयो

विराटनगर । विराटनगरको सातघुम्तीस्थित कवाडी गोदाममा भएको आगलागीमा घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ । गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको अस्पताललाई उदृत गर्दै प्रहरीले जनाएको छ । घाइते ४ जनालाई उपचारका लागि. . .