समाचार

कांग्रेसमा अन्तर्घात गर्नेको उजुरी पठाउने मिति माघ १५ गतेसम्म

काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेको उजुरी केन्द्रमा पठाउने मिति आगामी माघ १५ गतेसम्म निर्धारण गरेको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अन्तर्घात गर्नेको उजुरी पठाउने समय यसअघि यही पुस १५ गतेसम्म निर्धारण ग. . .


छलेन सडक : विराटनगर क्षेत्रको कालोपत्रे तोड्दै–जोड्दै

विराटनगर । कोशी राजमार्ग अन्तर्गत रानी–धरान खण्ड विराटनगर बजार क्षेत्रको सडक ‘तोड्दै जोड्दै’ गर्ने कार्य भईरहेको छ । व्यापारिक मार्गको रुपमा विस्तार भएको सडकको कालोपत्रे भासिएर डाँडापाखा भएपछि भत्काउँदै कालोपत्रे थप्दै गर्ने काम भईरहेको हो । छलेन परियोजना इटहरीका प्रमुख इन्जिनियर प्रियंका झाक�. . .


मधेस प्रदेशमा दलको नेता छान्न सकस

जनकपुरधाम । संसदीय दलको नेता बन्न आकांक्षी बढी भएपछि राजनीतिक दलका नेताहरुलाई मधेस प्रदेशसभामा संसदीय दलको नेता चयन गर्न सकस भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको करिब डेढ महिना बित्न लाग्दा मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने कुनै पनि राजनीतिक दलले आफ्नो संसदीय दलको नेता चय�. . .


बुद्ध एयरले सबै उडान पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट गर्ने

काठमाडौँ । बुद्ध एयरले यही पुस १७ गतेदेखि सबै उडान नवनिर्मित पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्ने भएको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थल अङ्ग्रेजी वर्ष २०२३ को १ जनवरीदेखि व्यवसायिकरुपमा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले घोषणा गरिसकेको छ । भौतिक पूर्वाधारले निकै रा�. . .


विराटनगरमा तीन दिने ‘ह्यापिनेस’ कार्यक्रम हुने

विराटनगर । विराटनगरस्थित मारवडी सेवा सदनमा तीन दिने ह्यापिनेस कार्यक्रम हुने भएको छ । स्थानीय विवेक कर्णको नेतृत्वमा पुस १४ देखि १६ गतेसम्म ‘ह्यापिनेस’ कार्यक्रम हुने भएको हो । जीवन जिउने कला र कसरी कलात्मक जिवन जिउने विषयमा ध्यान गराइनेछ । उक्त कार्यक्रमको प्रशिक्षक सुवर्णा बस्नेत सहित तीन जना रह�. . .


प्रदेश १ मा नेकपा माओवादी केन्द्रको औपचारिक रुपमा मुख्यमन्त्रीमा दाबी

विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ ले औपचारिक रुपमा मुख्यमन्त्रीमा दाबी गरेको छ । माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकार गठन र अन्य पार्टीसँगको सहकार्यका लागि वार्ता समिति समेत निर्माण गरेको जनाएका हुन् । ‘प्रदेश सरकारको नेत�. . .


निर्वाचन आयोगद्वारा निर्वाचनको समीक्षा

काठमाडौँ । निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षाका कार्यक्रम सुरु गरेको छ । आयोगले प्रदेश र जिल्लास्तरमा समीक्षा कार्यक्रम सञ्चालनको तयारीका लागि प्रारम्भिक समीक्षाका लागि आज र भोलि भक्तपुरको नगरकोटमा कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमको उ. . .


नेपाल टि ट्वान्टी क्रिकेट : लुम्बिनीको जित

काठमाडौँ । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टारले फार वेस्ट युनाइटेडलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिविवी क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले फार वेस्टलाई सुपर ओभरमा नौ रनले पराजित गर्दै विजयी भएको हो । यसजितसँगै लुम्बिनीले प्रत�. . .


सन् २०२३ मा विश्व अर्थतन्त्र थप पीडाबाट गुज्रँदै

कोभिड–१९ को महामारीपछि विश्व अर्थतन्त्रका लागि यो पुनरागमनको वर्ष हुने अपेक्षा गरिएको थियो । सन् २०२२ मा नयाँ युद्ध, उच्च मुद्रास्फीति र जलवायुसँग सम्बन्धित विपत्तिहरू आए । कोलम्बिया विश्वविद्यालयका प्राध्यापक तथा इतिहासकार एडम टुजले यो बर्षको सङ्कटलाई एक ‘पोलिक्राइसिस’ का रूपमा बर्णन गर्नुभएक�. . .


विराटनगरको पुरानो गुद्री खाली गरायो महानगरले, अटेर गर्दै सब्जी व्यापारी

विराटनगर । विराटनगर महानगरपालिकाले पुरानो गुद्री बल्ततल्ल खाली गराएको छ । प्रदेश लगानी प्राधिकरणले व्यवसायिक भवन निर्माणको लागि सम्झौता गरेको १४ महिनापछि महानगरपालिकाले जग्गा खाली गराएको हो । महानगर र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा १५ तलाको व्यवसायिक भवन निर्माण गर्ने सम्झौता २०७८ कार्तिक�. . .


निवर्तमान प्रधानमन्त्री देउवाले छोडनुभयो सरकारी निवास

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाट सर्नुभएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार प्रधानमन्त्री नियुक्त भएपछि देउवा बालुवाटरस्थित सरकारी निवासबाट सर्नुभएको हो । ब�. . .


जसपा संसदीय दलको नेतामा रामसहाय यादव सर्वसम्मत

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध निर्वाचित हुनुभएको छ । संसदीय दलको नेतामा यादव निर्विरोध निर्वाचित हुनुभएको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिनुभयो । संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले निर्वाचन समितिले य�. . .