समाचार

१९औँ एसियाली खेलकुद : माल्दिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा

काठमाडौँ । तीव्र गतिका बलर अभिनाश बोहराले कीर्तिमानी ६ विकेट लिएसँगै नेपाल १९औँ एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपालले माल्दिभ्सलाई एक सय ३८ रनले पराजित गरेको हो । नेपालले अब समूह ‘ए’ को विजेताका रुपमा क्वाटरफाइनलमा भारत, पाकिस्तान, �. . .


ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवका लागि प्रेरणाका स्रोतका रूपमा रहनुभएका ज्येष्ठ नागरिकको जीवनबाट वर्तमान युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्नुपर्ने बताउनुभएको छ । तेत्तीसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले ज्येष्ठ नाग�. . .


सुन तस्करी प्रकरण : आयोग आजै गठन गर्न नेताहरु सकारात्मक

काठमाडौँ । सुन तस्कारी प्रकरणमा छानबिन गर्न आजै उच्चस्तरीय छानबिन आयोग गठनलगायत विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज सकारात्मक छलफल भएको छ । गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिने क्रममा . . .


१३ अर्बको विकास ऋणपत्र निष्कासन हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रू १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८-ग’ बोलकबोल प्रक्रियाद्वारा निष्काशन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा स�. . .


कोशी प्रदेश एमाले अधिवेशन : नेतृत्व चयनका लागि आज निर्वाचन हुने

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । निर्वाचन कार्यतालिका अनुसार आज मध्यान्ह १२ बजेदेखि मतदान सुरु हुने भएको हो । शुक्रबारदेखि जारी रहेको एमाले कोशी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडा प्रतिस्पर्धाको मैदानमा छन् ।ढकाल र खत�. . .


आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

काठमाडौँ । आज ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदैछ। संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’का रुपमा मनाउने प्रस्ताव पारित गरेपश्चात विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिएको छ. . .


नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दियो

काठमाडौँ । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गतको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ । नेपालले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर २१२ रन बनाएको हो। नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे। २७ बल खेलेका उनले ३ चौका र ३ छक्कासहित ५२ रन बनाए। त्यस्तै कुशल मल्ल. . .


कुशल मल्लकी आमा भन्नुहुन्छ : ‘छोराले देशको नाम राख्यो निकै खुसी छु’

भरत केसी/रासस लुम्बिनी । चीनको हान्झाउ सहरमा १९औँ एसियाली खेलकुदअन्तर्गतको मङ्गोलियाविरुद्धको पहिलो टी–२० क्रिकेट प्रतियोगिता चलिरहँदा काठमाडौँमा रहेकी क्रिकेटर कुशल मल्लकी आमा शर्मिलाले उक्त खेल सुरुदेखि अन्तसम्म पूरै हेर्नुभयो । प्रतियोगितामा सहभागी हुन चीन जाँदा बिदाइ गर्नुभएकी शर्मिलाल�. . .


बराहक्षेत्रबाट सय केजी भन्दा बढी गाँजा सहित ४ भारतीय नागरिक पक्राउ

सुनसरी । सुनसरी बराहक्षेत्र नगरपालिका १ स्थित चतरापुलबाट सय केजी भन्दा बढी गाँजा सहित ६ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बराहक्षेत्र पुल नजिकैबाट शुत्रबार दिउसो करीब १ सय २० के.जी. बढी गाँजा बोकेको सुमो गाडी र मोटरसाइकल सहित ६ जनालाई नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ । नियन्त�. . .


यु-१९ पुरुष फुटबल : भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि

काठमाडौँ । उनाइस वर्षमुनि (यु–१९) पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । त्रिपुरेश्वोरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । यससँगै साफ यु–१९ च्याम्पियनसिपको उपाधिमा भारतले ह्याट्रिक गरेको छ । यसअघ. . .


पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आज बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल र मट्टितेलमा प्रतिलिटर रु छ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु दुई सय १५ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्र�. . .


ठूला दलहरूकै कारण राजनीतिमा आएका हौँ : सभापति लामिछाने

घोराही (दाङ) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ठूला दलहरूकै कारण आफूहरू राजनीतिमा आएको बताउनुभएको छ । दाङको घोराहीमा आयोजित कार्यक्रममा उहाँले २०८४ को निर्वाचनमा आफूहरूको जमानत जफत हुनेगरी जनताको पक्षमा काम गरेर देखाउन चुनौती दिनुभयो । सभापति लामिछानेले अहिले सरकार�. . .