समाचार

गुरुकुलमा ‘चम्किला अनुहारहरु’ मञ्चन, बिहिबार ‘विछोड’ मञ्चन हुने

विराटनगर । विराटनगरमा जारी विद्यालय नाटक महोत्सव २०८० मा बुधबार‘चम्किला अनुहारहरु’मञ्चन भएको छ । हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा लिपिपुट प्रिमियर इलिमेन्ट्री स्कुलले नाटक मञ्चन गरेको हो । लिलिपुट कै विद्यार्थीहरु चाहत रिजाल र प्रयम लामिछानेले निर्देशन गरेको यो नाटकमा सामाजिक ए. . .


मोरक्को भूकम्प अपडेट : दुई हजार नौ सयभन्दा बढीको मृत्यु

मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नौ सय नाघेको छ । सबैभन्दा धेरै अमूल्य जीवन दक्षिणी मराकेसमा भएको गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन् । खोज तथा उद्धारका काम पनि अब स्थगन गरिने उनीहरूले बताएका छन् । पर्यटकीय नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक. . .


सबै कर्मचारीले जोखिम मोल्न तयार भए परिणाममुखी नतिजा आउँछ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउन तयार हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित ‘आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा’ कार्�. . .


नेप्से परिसूचक ३९ दशमलव ४८ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३९ दशमलव ४८ अङ्कले बढेर दुई हजार सात दशमलव ०६ अङ्कमा कायम भएको छ । नेप्सेका अनुसार आज दुई सय ७५ कम्पनीको ५१ लाख ४४ हजार सात सय २४ कित्ता शेयर ३६ हजार ४५ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ४९ करोड ५५ लाख २१ हजार नौ सय पाँच बराबरको कारोबार भएको छ । आजको कारोबारमा . . .


लिबिया बाढीःदुई हजार तीन सय जनाको मृत्यु

पूर्वी लिबियामा आएको बाढीमा परी दुई हजार तीन सय जनाको मृत्यु भएको तथा १० हजारभन्दा बढी बेपत्ता भएका रेडक्रसका अधिकारीले बताएका छन् । रेड क्रस र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका लिबियाका लागि प्रतिनिधिमण्डलका प्रमुख टेमेर रमदानले उत्तर अफ्रिकी देशमा बाढी पछि १० हजार मानिस बेपत�. . .


सुन प्रकरणः ५० जनालाई प्रतिवादी बनाउन राय, तीन सय ६२ किलो सुन तस्करी भएको खुल्यो

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन तयार पारेको छ । उनीहरुमाथि विभिन्न सातवटा कसुर लगाउन सिफारिस गरिएको छ । उक्त प्रकरणमा आरोपीहरुमाथि हालसम्म भन्सार ऐन, सङ्गठित अपराध, नेपाल राष्ट्र बैंक ऐन,. . .


सङ्खुवासभा कैदी मृत्यु प्रकरण : आजदेखि थुनछेक बहस सुरु

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका व्यक्तिविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । हत्या प्रकरणमा जोडिएका १५ अभियुक्तसँग मङ्गलबार बयान सकिएपछि आजदेखि थुनछेक बहस सुरु भएको जिल्ला अदालतका स्रेस्तेदार रामचन्द्र केसीले जानका�. . .


भोजपुरमा भेटिए कालाजारका बिरामी

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा कालाजारका बिरामी फेला परेका छन् । यहाँको पौवादुङमा गाउँपालिका-५ सानो दुम्माका दुईजनामा कालाजारको सङ्क्रमण फेला परेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । सात वर्षीय बालक बिरामी भएपछि उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्ष. . .


जन्मथलो सुन्तलाबारीवासीको सम्झनामा नेम्वाङ

फिक्कल (इलाम) । इलाम नगरपालिका–७ स्थित सुन्तलाबारीमा जन्मनुभएका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि मङ्गलबार इलामसहित देश नै शोकमग्न बन्यो । मङ्गलबारको अप्रिय खबर सुनेर सुन्तलाबारीका कृष्ण श्रेष्ठ बुधबार बिहानै नेम्वाङको जन्मघर पुग्नुभयो । नेम्वाङको छिमेकीसमेत रहनुभएका श्रेष�. . .


झापाबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

झापा । झापाको बाह्रदशी गाउँपालिका-४ स्थितबाट प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राती साढे १० बजे लागु औषध किनबेच हुदैछ भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी फुलबारीबाट खटिएको प्रहरी टोलीले २६ बर्षीय सल्मान आलमलाई निजकै घरबाट ७ ग्राम प्रतिबन्धीत लागुऔ. . .


स्वास्थ्य मन्त्रीसमक्ष क्यान्सरका बिरामीका आफन्तको गुनासो : समयमै उपचार र औषधि पाइएन

चितवन । चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग अस्पतालमा हुने गरेका समस्या राखेका छन् । उनीहरूले मङ्गलबार अस्पताल निरीक्षण गर्न पुग्नुभएका मन्त्री बस्नेतलाई अस्पतालको प्रशासन कार्यालय अगाडि भ�. . .


पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप आजदेखि दिइँदै

काठमाडौँ । किशोरीलाई आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ दिइँदै छ । सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि खोप ‘डेमोस्ट्रेशन’का रूपमा दिइन थालिएको हो । खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेम्म जन�. . .