समाचार

टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकको पँहुचमा तत्काल रोक लगाउन निर्देशन दिएको छ । प्राधिकरणले आज विज्ञप्ति जारी गरी उक्त निर्देशनको पालना नगरे कारबाही हुने जनाएको हो । प्राधिकरणले आफ्नो आदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र स�. . .


जुवा खेलिरहेका १७ जना पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी परिषर काठमाडौँ मातहतको स्वयम्भू र साँखुबाट खटिएको प्रहरी टोलीले ठूलो सङ्ख्यामा जुवा खेलिरहेका व्यक्तिहरुलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूले त्यस क्षेत्रको जुवा खालबाट आज रु चार लाख तथा कौडा र ताससहित उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्�. . .


भाइटीकाको दिन मौसम कस्तो रहला ?

काठमाडौँ । भाइटीकाका दिन भोलि पश्चिमी वायुको सामान्य प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले देशको पह�. . .


वैकल्पिक खेतीको रुपमा विस्तार हुँदै किवी खेती

फुङ्लिङ । ताप्लेजुङका किसानले पछिल्लो समयमा वैकल्पिक खेतीको रुपमा किवी खेती विस्तार गर्दै लगेका छन् । अन्य नगदेबालीको तुलनामा किवी कम लगानीमा राम्रो आम्दानी लिन सकिने जनाइएको छ । फुङ्लिङ नगरपालिका–११ बमबहादुर भट्टराईले अलैँची बगानमा किवी खेती विस्तार गदै लैजानुभएको छ । उहाँले भन्नुभयो,“अलैँचीक�. . .


सांसदको चुनावमा बाटो बनाइदिन्छौँ नभनी भोट दिँदैनन् : सांसद थापा

भीष्मराज ओझा /रासस काठमाडौँ, २८ कात्तिक : नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य दुर्लभ थापा क्षेत्रीले हाम्रोजस्तो विकासोन्मुख मुलुकका जनताले सांसद कानुन निर्माण भन्दा बढी विकास निर्माणमा केन्द्रित भएको रुचाउने बताउनुभएको छ । उहाँले सांसद देशका आवश्यक नीति नियम बनाउने काममा लाग्नुपर्ने. . .


आज नेपाल संवत्को नयाँ वर्ष र म्हः (आत्म) पूजा

काठमाडौँ । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराउनुभएको थियो । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनक. . .


सबै मुस्ताङबासीका लागि कोरला नाका खुला

म्याग्दी । मुस्ताङको सबै स्थानीय तहका बासिन्दा कोरला नाका भएर चीनको (नेचुङ–लिजी) बजार आवत जावत गर्न पाउने भएका छन् । यसअघि चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि मात्रै कोरला नाका भएर चीन जान पाउने अनुमति थियो । चार वर्षपछि खुलेको कोरला नाकाबाट �. . .


तिहारको चौँथो दिन : आज गोवद्र्धन पूजा

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोव. . .


लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगोलागी हुँदा भोजपुरमा २६ लाखभन्दा बढीको क्षति

लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगोलागी हुँदा भोजपुरमा २६ लाखभन्दा बढीको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलबहादुर राईले भोजपुर नगरपालिका–८ पोखरे बरबोट स्थित ज्ञानराज विष्टको घरमा लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगलागी हुँदा २६ लाख ५८ हजार बराबर�. . .


उर्लाबारी आगलागीका घाइतेको उपचारमा कोसी प्रदेश सरकारको समन्वय

विराटनगर  । मोरङको उर्लाबारी -७ स्थित सुन पसलमा मध्यरातसम्म आगलागी हुँदा जलेर गम्भीर स्वास्थ्य समस्या देखिएकाहरुको उपचारमा कोसी प्रदेश सरकारले समन्वय शुरु गरेको छ । राति स्थानीय दिपक कार्कीको घरमा अवस्थित सुन पसलमा आगलागी भएको थियो । लक्ष्मीपूजाको रात भएको घटनामा प्रहरीसहित २८जना घाइते भएका छन् । आ. . .


सुनसरीमा आगलागी हुँदा ५० लाखभन्दा बढीको क्षति

इनरुवा । गए राति सुनसरी सदरमुकाम इनरुवा–१ स्थित मुख्य बजारमा आगलागी भएको छ । सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले इनरुवा–१ स्थित वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी भएको जानकारी दिनुभयो । लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पड्का जैनको घर पछाडि रहेको र�. . .


खोटाङमा आगलागी हुँदा २५ लाख बढीको क्षति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित बुँलागैरीका भीमबहादुर कटवालको घरमा विद्युत चुहावट भएर आगलागी हुँदा रु २५ लाख भन्दा बढीको क्षति भएको छ । घरमा जडान गरिएको विद्युत्को मिटरबक्सबाट सल्किएको आगोले उहाँको जस्तापाताको छाना भएको तीनतले घर, घरमा भएको नगद रु दुई लाख, साढे चार तोला सुन, पाँच तोला चा. . .