समाचार

डोमिनिकन रिपब्लिकमा विमान दुर्घटना, नौ जनाको मृत्यु

डोमिनिकन गणतन्त्रको राजधानी सान्टो डोमिङ्गोमा बिहीबार आपत्कालीन अवतरण गर्ने क्रममा निजी विमान दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ। विमानको सञ्चालक हेलिडोसा एभिएसन ग्रुपले विज्ञप्ति जारी गर्दै घटनामा सात यात्रु र दुई चालक दलका सदस्यको मृत्यु भएको सीएनएनले जनाएको छ । विमान डोमिनिकन रिपब. . .


भारतमा थप सात हजार ९७४ नयाँ सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट थप सात हजार ९७४ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले सोही अवधिमा थप ३४३ जनाको कोरोनाका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ७६ हजार ४७८ पुगेको मन्त्रालयले थप जानकारी दि�. . .


भारतीय नागरिक नक्कली नेपाली रुपैयाँ सहित पक्राउ

रौतहट । परोहा नगरपालिका वडा ८ नरकटियाबाट ६९ हजार ५ सय नक्कली नेपाली रुपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी घर भएका २६ वर्षीय विकाश जयसवाल र सोही ठाउँ बस्ने ३२ वर्षीय अजय प्रसाद रहेका छन् । बीआर ०५ के ३६३६ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मो�. . .


ट्रकको ठक्करबाट १ जना महिलाको मृत्यु

झापा । झापाको कन्काई नगरपालिका वडा ३ स्थित राजमार्गमा ट्रकको ठक्करबाट १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कन्काई नगरपालिका वडा ८ बस्ने ३८ बर्षीया राधिका सेडाई रहेकी छिन् । बुधबार मध्य राती करिब १२ बजे ना ६ ख ५७१३ नम्बरको ट्रकले राधिकालाई ठक्कर दिई गम्भिर घाईते बनाएकोमा उपचारको लागि B&C अस्पता. . .


नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा.भट्ट

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा.गुणकर भट्ट नियुक्त हुनुभएको छ । उहाँ बैंकको सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक समेत हुनुहुन्छ । यसअघि बैंकको प्रवक्ताका जिम्मेवारीमा देवकुमार ढकाल रहनुभएको थियो । अर्थशास्त्रमा विद्यावारिधि उपाधि हाँसिल गर्नुभएका भट्टले यसअघि पनि प्रवक्ताको. . .


सुनको मूल्य बढ्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु सात सयले बढेर रु.९३ हजार पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु.९२ हजार तीन सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु.९२ हजार पाँच सय कायम भएको छ �. . .


काँग्रेस १४ औँ महाधिवेशन महामन्त्री पदको मतगणना जारी

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत बिहीबारदेखि सुरु भएको महामन्त्री पदको मतगणना जारी रहेको छ । निर्वाचन समितिका अनुसार ६०० मत गन्दा युवा नेता गगन थापाले सर्वाधिक ३८९ मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्माले २२९ मत ल्याएका छन् भने प्रदिप पौडेलले २०७ मत प्राप्त गरेका छन् । मतगणनामा . . .


युवतीसँग यौनसम्पर्क गराएर पैसा असुल्ने दुईजना पुरुष पक्राउ

विराटनगर । होटलमा महिलालाई राखेर पुरुषसँग यौनसम्बन्ध गराएर व्यापार गर्ने दुईजनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका–९ स्थित रिभरसाईड होटल एण्ड लजमा पुरुषसँग महिलालाई यौन सम्पर्क गराएर रकम असुल्नेलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले इटहरी–४ का गौतम लेप्चा र . . .


सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु ३ जना घाईते

विराटनगर ।सुनसरी र झापा दुई छुट्टाछुटै स्थानमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु र ३ जना घाईते भएका छन् । मंसिर २९ गते दिउँसो १:३० बजे सुनसरीको भोक्राहा नरसिंह गाँपालिका वडा ६ स्थितमा प्रदेश १-०२-०४४ प ३५४० नम्बरको मोटरसाईकलले स्थानिय ४० बर्षिय बैजनाथ रिषिदेवलाई ठक्कर दिई दुर्घटना हुँदा रिषिदेव सह. . .


जङ्गलमा लागेको आगो निभाउन खोज्दा मृत्यु

जाजरकोट । जङ्गलमा लागेको आगो निभाउन खोज्दा लडेर घाइते भएका डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरीकोटका ६० वर्षीय धावाटसी लामाको मृत्यु भएको छ । हुरिकोटमा आगो निभाउँदै गर्दा लडेर गम्भीर घाइते लामालाई हेलिकोप्टरमा नेपालगञ्ज पु-याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । आगो अझैँ नियन्त्रणमा आउन नसकेको स्�. . .


काँग्रेसले सुरु गर्‍यो महाधिवेशनस्थल भृकुटीमण्डप वरपर सफाइ

काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा जम्मा भएको फोहर सफाइ गर्ने अभियान सुरु गरिएको छ । पार्टीको १४औँ महाधिवेशन केन्द्रीय प्रचारप्रसार समितिले सफाइ अभियान सुरु गरेको हो । महाधिवेशनस्थलमा जम्मा भएको उम्मेदवारका प्रचारप्रसार सामग्रीले भृकुटीमण्डप एवं राष्ट्रियसभा गृह अ�. . .


हतियार प्रहारबाट एकको मृत्यु

दमक । झापाको दमक बजारमा बुधबार बेलुकी ७ बजेतिर एक युवकको हत्या भएको छ । दमक नगरपालिका–६ स्थित घिमिरे मार्केटमा अज्ञात व्यक्तिको हतियार प्रहारबाट दमक–२ का २५ वर्षीय प्रकाश पराजुलीको हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो । हतियार प्रहारबाट गम्भी. . .