समाचार

चलचित्र ‘जारी’को पाइरेसी रोक्न उजुरी

काठमाडौँ । नयाँवर्षको अवसरमा गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘जारी’ पाइरेसी भएपछि निर्माता मणिराम पोखरेलले अनुसन्धानका लागि उजुरी दिनुभएको छ । सामाजिक सञ्जालमा चलचित्र सार्वजनिक भएपछि निर्माण समूहलाई आर्थिक क्षति भएको भन्दै निर्माता पोखरेलले अनुसन्धानका लागि उजुरी दिएको जानकारी दिनु�. . .


मुगुमा पहिलो पटक अदालती विवाह

मुगु । मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ । यसअघि परम्परा, धर्म, सस्कृति तथा रितीरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो । सोरु गाँउपालिका–७ सिपगाँउका ७० वर्षिय प्यारीलाल काफ्ले र खत्याड गाँउपालिका–४ जिउका गाँउका ४२ वर्षिय जान�. . .


‘युथ इन पोलिसी एण्ड गभर्नेन्स फेलोसिप’ तालिममा सहभागीलाई प्रदेश सभाको अवलोकन भ्रमण

विराटनगर । विकल्प एन अल्टरनेटिभ र पोखरा रिसर्च सेन्टरको संयुक्त आयोजना तथा अमेरिकी दुतावास काठमाडौँको सहयोगमा आयोजना गरिएको "युथ इन पोलिसी एण्ड गभर्नेन्स फेलोसिप कार्यक्रम" को दोश्रो चरणको तालिममा सहभागी युवाहरुले कोशी प्रदेश सभाको अवलोकन भ्रमण गरेका छन् । २० देखी ३० वर्षका युवाहरुलाई कानुन तथा �. . .


भारतीय पर्यटकको भीरबाट लडेर मृत्यु

पाँचथर । नयाँ वर्षको अवसरमा नेपाल घुम्न आएका भारतीय पर्यटकको भीरबाट लडेर मृत्यु भएको छ । भारतको सिक्किमका ३४ वर्षीय केशव गुरुङको गए राति भीरबाट लडेर मृत्यु भएको हो । नेपाल–भारत सीमावर्ती क्षेत्र चिवाभञ्ज्याङ घुम्न आएका गुरुङको घर फर्कने क्रममा याङवरक गाउँपालिका–१ मेवाखोला नजिकको भीरबाट लडेर मृ�. . .


दुई दशमलव ८० अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ३१ दशमलब ६८ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव २६ अङ्कले ओरालो लागेर तीन �. . .


विराटनगरकी उपप्रमुख शिल्पा निराला कार्कीलाई कोरोना पोजेटिभ

विराटनगर । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीलाई कोरोना पोजेटिभ देखिएको छ । निरालाको स्वास्थ्यमा सामान्य समस्या आएपछि एन्टिजेन टेस्ट गर्दा कोरोना पोजेटिभ देखिएको उपप्रमुखको सचिवालयले जनाएको छ । उपप्रमुखको सचिवालयबाट कोरोना पोजेटिभ भएको जानकारी गराउदै केही समय आराम गर्ने स. . .


प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख ५ गते मङ्गलबार दिउँसो १ बजे नयाँ वानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ । आजको बैठकमा एक सन्देश टेबुल हुनाका साथै विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । राष्ट्रियसभाबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७’ र ‘भ्रष्ट�. . .


वर्ष २०७९ : प्रणालीमा थपियो पाँच सय मेगावाट बिजुली

काठमाडौँ । आर्थिक समृद्धिको आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारमा सरकार र निजी क्षेत्रले काँधमा काँध मिलाउँदै कामलाई गति दिएका कारण सकारात्मक नतिजा निस्कन थालेको छ । वर्ष, २०७९ हालै हामीबाट बिदा भएको छ । वर्षदिनभरीमा मुलुकको प्रणालीमा झण्डै पाँच सय मेगावाट बिजुली थप भएको छ । न�. . .


कोशी प्रदेश प्रहरी अस्पतालमा ल्याब परीक्षण सेवा शुभारम्भ

विराटनगर । मोरङको बेलबारी नगरपालिका–३ स्थित कोशी प्रदेश प्रहरी अस्पतालमा ल्याब परीक्षण सेवाको शुभारम्भ गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले ल्याब परीक्षण सेवाको शुभारम्भ गर्दै परीक्षणको गुणस्तरमा ध्यान दिन निर्देशन दिनुभएको छ । प्�. . .


घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । चैत ३० मा छापावाल सुन प्रतितोला रु एक लाख १० हजार आठ सय मूल्य कायम भएकोमा आज रु आठ सयले घटेर प्रतितोला रु एक लाख १० हजार कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख नौ हजार पाँच सय कायम भएको छ । चाँदी प्रति�. . .


‘बुलाकी’ को प्रदर्शन रोकिने

काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बुलाकी’को प्रदर्शन रोकिने भएको छ । चलचित्र भवन सञ्चालकले अपहेलना गरेको, प्राप्त शो अफटाइममा दिएको, प्रदर्शनको दोस्रो दिनदेखि नै ७० प्रतिशत कटौती गरेकोलगायत कारण देखाउँदै सो चलचित्रका निर्माता तथा कलाकार विराज विष्टले प्रदर्शन निरन्तर गर्न नसक. . .


डढेलोले देशभर वायु प्रदूषण बढ्दै

काठमाडौँ । हाल केही दिन यतादेखि देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ । डढेलोकै कारण काठमाडौँ उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको वातावरण विभागले जनाएको छ । विभागका अनुसार अहिले पनि काठमाडौँ उपत्यकामा रहेका सबै�. . .