समाचार

एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी (मतपरिणामसहित)

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा मोरङको लेटाङका घनश्याम खतिवडा विजयी हुनु भएको छ । आज राति अबेर सम्पन्न मतगणनाको परिणाम अनुसार खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी हुनु भएको हो । खतिवडाले ५१२ मत ल्याइ विजयी हुँदा उहाँका प्रतिस्पर्धी विनोद प्रसाद ढकालले ४३० मत ल्याउनुभयो । यस्तै ३५ मत भ. . .


वीरगञ्जको घण्टाघरबाट बत्ती चोर्ने दुई जना पक्राउ

वीरगञ्ज । वीरगञ्जस्थित घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ती तोडफोड गर्ने र चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–८ निवासी १८ वर्षीय अविनाश खत्री र भारतको मोतीहारी घर भएका १८ वर�. . .


कोशी प्रदेश एमाले अधिवेशन: अध्यक्षमा घनश्याम खतिवडाको अग्रता

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । आधिकारिक रुपमा भर्खरै आएको मतपरिणाममा अध्यक्ष घनश्याम खतिवडा प्यानल अगाडि देखिएको छ । निर्वाचन कमिटीका अनुसार हालसम्म २८२ मत गणना भएको छ । जसमा अध्यक्षका प्रत्याशी खतिवडाले १४९ मत प्राप्त गरेका छन् �. . .


सङ्घीय संसद् भवन निर्माण कछुवा गतिमा, तेस्रो पटक म्याद थप्ने तयारी

सिबी अधिकारी/रासस काठमाडौँ । सम्झौताअनुसार समयमै काम भएको भए यतिबेला सङ्घीय संसदका काम कारबाही सिंहदरबारस्थित आफ्नै भवनबाट सञ्चालन हुन्थ्यो । कोरोना महामारीका कारणले निर्माणमा समस्या भएपछि दुई पटक म्याद थप्दा पनि निर्धारित समयमा पूरा हुन सकेको छैन । सहरी विकास मन्त्रालय र निर्माण कम्पनी टुण्डी �. . .


विराटनगरबाट लागुऔषधसहित एकजना पक्राउ

विराटनगर । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीबाट ड्युटीमा खटिएको टोलीले लागुऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको छ । सुनसरी दुहबी नगरपालिका वडा नं. ६ राई टोल बस्ने ५५ वर्षीय सन्जय भगत (साह) लाई सोमबार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । विराटनगर महानगरपालिका वडा नं. १६ स्�. . .


नौ हजार नौ सय ९९ किशोरीले लगाए क्यान्सरविरुद्धको खोप

काठमाडौँ । नौ हजार नौ सय ९९ किशोरीले पाठेघरको मुखमा क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत भदौ २७ गतेदेखि सञ्चालन गरेको खोप अभियानअन्तर्गत ती किशोरीले खोप लगाएका हुन् । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा�. . .


सुन्दरता गुमाउँदै पोखरा

जमुना वर्षा शर्मा/रासस पोखरा । पोखरा पर्यटकीय सहर । पोखरा भन्ने बित्तिकै सबैको मन मस्तिष्कमा प्राकृतिक सुन्दरताले भरिपूर्ण हिमाल तालको सुन्दर दृश्य आउँछ । यद्यपि बढ्दो सहरीकरण अव्यवस्थित संरचना र फोहोरको उचित व्यवस्थापनको अभावमा पोखराको सुन्दरता जोगाउन चुनौती बन्दै गएको छ । सेप्टेम्बर २७ विश्व. . .


एमसिसी परियोजनामा सरकारको पूर्ण सहयोग रहन्छः मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग परियोजना (एमसिसी)को अनुदानमा नेपालले अगाडि बढाएको प्रसारण लाइन निर्माणमा सरकारको पूर्ण सहयोग रहने बताउनुभएको छ । कूल तीन सय १५ किलोमिटर लामो (नाङ्लेभारे-रातमाटे-हेटौँडा-दमौली-न्यू बुटवल) प्रसारण लाइन नेपालको प्रसारण प�. . .


सातै प्रदेशमा लगानी सम्मेलन गर्ने उद्योग वाणिज्य महासङ्घको निर्णय

खेमराज गौतम/रासस ढोरपाटन (बागलुङ) । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन तथा देशैभरि लगानीका सम्भावनालाई उजागर गर्न सातै प्रदेशमा लगानी सम्मेलन गर्ने भएको छ । महासङ्घको तेस्रो कार्यसमितिको बागलुङ जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र ढोरपाटनमा �. . .


अनुदानमा लिइएको बीउ नफलेपछि क्षतिपूर्ति माग्दै उदयपुरका कृषक

कटारी (उदयपुर) । उदयपुरको कटारी नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा किसानलाई अनुदानमा धानको बीउ वितरण गरेको थियो । नगरपालिकाले धान उत्पादनलाई बढावा दिन सहुलियत मूल्यमा धान उपलब्ध गराएको थियो । नगरपालिकाले ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराएपछि कृषक हर्षित भएका किसान धान नफलेपछि निरास भएका छन् । “के�. . .


राष्ट्रपति समक्ष अख्तियारद्वारा वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ३३औँ वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका प्रमुख आयुक्त प्रेम राईले राष्ट्रपतिको कार्यालयमा आज आयोजित समारोहबीच उहाँसमक्ष वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । आयोगका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा एक सय ६२ मुद्दा�. . .


विराटनगरमा एक पुरूषको शव फेला

विराटनगर । विराटनगर–४ कन्चनबारीस्थित बनाउदै गरेको घरमा एक जना पुरुषको शव भेटिएको छ । करिब पाँच दिन अगाडी मृत्यु भएको अन्दाजी ३०–३५ उमेरका पुरूषको सोमबार दिउँसो शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । मृत भेटिएका पुरुषको पहिचान खुलेको छैन । तराईबासी जस्तो देखिन�. . .