समाचार

बाढीका कारण १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो

काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण हालसम्म कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ । प्रारम्भिक विवरणअनुसार बाढीले कम्तीमा ४० किलोमिटर सडक भत्काएको तथा विभिन्न स्थानमा सडक कटान भएको छ । बाढीबाट प्रभावित सडक खण्डमा यातायात सञ्चालन पुनःस्थापित गर्न सडक विभागले आवश्यक भारी उपकरण परिचालन ग�. . .


भोटेकोशी बाढीपछि तत्काल उद्धार र राहतमा जुट्न सांसद आचार्यको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहन आचार्यले भोटेकोशी खोलामा आएको बाढीबाट रसुवागढीदेखि तलको तटीय क्षेत्रमा ठूलो क्षति भएको भन्दै सरकारलाई तत्काल उद्धार तथा राहतमा जुट्न आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद आचार्यले बाढीले तटीय क्षेत्रमा रहेका बस्ती, पक्की पुल, जलविद�. . .


सेनाद्वारा २५ जनाको उद्धार, १४ हेलिकोप्टर परिचालन

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित २५ जनाको नेपाली सेनाले उद्धार गरेको छ । प्रभावित क्षेत्रमा खटिइएको सेनाको टोलीले रसुवाको टिमुरे र स्याफ्रु तथा नुवाकोटको त्रिशूली क्षेत्रबाट उनीहरुको उद्धार गरेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो । बाढी प्रभावितको उद्धा. . .


बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागिसंकटग्रस्त क्षेत्र घोषणा गरिने

काठमाडौं । सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद्बाट प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। उनका अनुसार विपद्बाट प�. . .


हिमताल विस्फोटबाट भएको क्षतिप्रति सरकार गम्भीर बन्नुपर्छ : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले चीनको तिब्बत स्वायत्त क्षेत्रमा भएको हिमताल विस्फोटका कारण नेपालका विभिन्न जिल्लामा ठूलो क्षति भएको भन्दै सरकारलाई उद्धार, राहत र पुनस्र्थापनामा युद्धस्तरमा परिचालन हुन आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले �. . .


भिषण बाढी आउनुअघि तिब्बतमा भूकम्प गएको थियो

काठमाडौं । तिब्बत क्षेत्रमा आज बिहान ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही समयपछि हिमपहिरो गएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको थियो । तर भूकम्पविद् लोकविजय अधिकारीले भने ४.५ म्याग्निच्युडको उक्त भूकम्प पछि रसुवामा भिषण बाढी आएको बताएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा अधिक. . .


बाढी प्रभावित रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख पठाउँदै सरकार

काठमाडौं । बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा आपत्कालीन व्यवस्थापनका लागि सरकारले रसुवा र नुवाकोटलाई एक–एक करोड तथा धादिङ जिल्लालाई ५० लाख रुपैयाँ पठाउने भएको छ । बुधबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय �. . .


रसुवाको भोटेकोशी बाढीमा अहिलेसम्म ७ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा अहिलेसम्म ७ जनाको शव फेला परेको छ। बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीका अनुसार नुवाकोट र धादिङमा ७ जनाको शव फेला परेको हो। उनले भने, ‘अहिलेसम्म ७ वटा शव फेला परेको छ।’ नुवाकोटको नदी किनारमा ३ र धादिङमा ४ जनाको शव फेला परेको छ। उनले अहिले घाइतेहरूको उद्धा�. . .


बाढी प्रभावित क्षेत्रमा एनसेलको तीन दिन निःशुल्क भ्वाइस र डेटा सेवा

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलले रसुवा जिल्लामा बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनका लागि भ्वाइस तथा डेटा सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । कम्पनीका अनुसार प्रभावित क्षेत्रका सर्वसाधारणलाई तीन दिनको समयावधि रहेको १०० वटा एसएमएससमेत निःशुल्क उपलब्ध गराइनेछ । �. . .


भोटेकोशी र त्रिशूलीमा बाढीको जोखिम कायमै, नदीबाट टाढा रहन आग्रह

काठमाडौं । चीनतर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा बनेको ताल पूर्ण रूपमा नखुलेपछि भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको छ । नेपाल बाढी सूचनाले बुधबार दिउँसो १ः३५ बजे सूचना जारी गर्दै अर्को सूचना नआएसम्म भोटेकोशी र त्रिशूली नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह �. . .


तत्काल राष्ट्रिय शोक घोषणा गरेर उद्धार र राहतमा लागौं :महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले रसुवा क्षेत्रमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै तत्काल राष्ट्रिय शोक घोषणा गर्न सरकारसँग माग गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पौडेलले विपद्को यस घडीमा राज्यको सम्पूर्ण सामथ्र्य प्रयोग गरेर प्�. . .


बाढी प्रभावित पाँच जिल्लाका सांसदसँग प्रधानमन्त्री शाहको परामर्श

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न परिस्थितिलाई लिएर बाढीबाट प्रभावित क्षेत्रका सङ्घीय सांसदहरूसँग परामर्श गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित भेटघाटमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सङ्घीय �. . .