समाचार

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

काठमाडौं । तारकेश्वर नगरपालिका-१० मनमैजु बस्ने धादिङ खनियाबास गाउँपालिका-४ घर भएका ३९ वर्षीय अजय तामाङको टहरोमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त टहरोमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीह�. . .


हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही पहाडी भू–भागका धेरै स्थानमा र अन्य भू–भागका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम र प्रदेश नं १ का केही स्थ�. . .


मेची भन्सारको एक करोड ८७ लाख असुली गर्न महालेखाको सुझाव

झापा । मेची भन्सार कार्यालयबाट विभिन्न सामानको आयातमा कम मूल्य र फरक शीर्षक देखाएर रु एक करोड ८७ लाख ८० हजार राजस्व छली भएको पाइएको छ । सो रकम भन्सारमा दाखिला गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ । हालै सार्वजनिक भएको महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार मेची भन्सार कार्यालय र �. . .


आमाबाबुको हेरचाह नगरे सम्पत्ति जफत

काठमाडौं । ज्येष्ठ नागरिकमाथिको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउँदै सङ्घीय संसद्ले ज्येष्ठ नागरिक ऐन संशोधन विधेयक पारित गरेको छ । राष्ट्रिय सभाले २०७५ फागुनमा पारित गरेको विधेयक प्रतिनिधि सभाले बुधबार पारित गरेको हो । पारित विधेयकले ज्येष्ठ नागरिकप्रति सन्तानको दायित्वला�. . .


झापामा नयाँ मतदातासँगै बसाइँ सरेर आउने मतदाता पनि बढ्दै

झापा । पहाडी जिल्लाबाट बसाइँ सरेर आउने मतदाताको सङ्ख्या एक महिनाको अवधिमा मात्र एक हजार ३०० ले बढेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । कार्यालयमा मतदाता नामावलीमा ठाउँ सारी गर्न आउनेमा दैनिक जसो १०० देखि १५० जनासम्म अन्यत्रबाट बसाइँ सरेर आउने मतदाता छन् । प्रदेश र सङ्घको चुनावलाई लक्षित ग�. . .


सुडानको जातीय झडपमा मृत्यु हुनेको सङ्ख्या १०५ भन्दा बढी

सुडानको ब्लू नाइल राज्यमा भएको जातीय भिडन्तमा परी १०५ जनाको मृत्यु हुनुका साथै २९१ जना घाइते भएका राज्यका स्वास्थ्य मन्त्रीले बुधबार बताएका छन् । जुलाई ११ मा बर्ती र हाउसा जातीय समूहका सदस्यहरूबीच इथियोपिया र दक्षिण सुडानसँगको सिमानास्थित सुडानी भूमिमा लडाइँ हुँदा दर्जनौँ मानिसले ज्यान गुमाएका ह�. . .


अनलाइनबाटै मतदाता नामावली दर्ता सुरु

कास्की । जिल्लामा आजदेखि अनलाइनमार्फत मतदाता नामावली फाराम दर्ता सुरु गरिएको छ । निर्वाचन आयोगले कास्कीसहित देशका पाँच जिल्लामा अनलाइनबाटै नामावली दर्ताको व्यवस्था गरेपछि प्रदेश निर्वाचन कार्यालय पोखराले अनलाइनमार्फत नामावली दर्ता सुरु भएको जनाएको छ । फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम �. . .


विचार मिल्ने दलसँग सहकार्य हुन्छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीको नीति र विचार मिल्ने दलसँग आगामी निर्वाचनमा सहकार्य गर्ने बताउनुभएको छ । एमाले प्रचार तथा प्रकाशन विभागले आज यहाँ अनलाइनका सम्पादकसँग गरेको अन्तक्र्रियामा उहाँले आगामी निर्वाचनमा विभिन्न दलसँग सहकार्य गर्ने विषयमा छलफल चलिरहेको बताउनुभयो . . .


‘कारागारमा कैदीबन्दीको अवस्था जटिल छ’

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले कारागारका कैदीबन्दीको अवस्था निकै जटिल रहेको बताउनुभएको छ । मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्चको नवौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले कारागारभित्रका कैदीबन्दीको अवस्थाबारे आयोगले जानकारी लिँदै आए. . .


‘सङ्घीयता मुलुकको आवश्यकता’

काठमाडौं । जनअधिकार सुनिश्चितताका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र उक्त व्यवस्था आजको आवश्यक रहेको राजधानीमा आज आयोजित कार्यक्रमका वक्ताहरूले बताएका छन् । जनसरोकार अभियानद्वारा काठमाडौँमा आयोजित ‘सङ्घीयता : भ्रम र यथार्थ’ विषयक बहसका वक्ताहरूले कतिपयमा सङ्घीयताबारे भ्रम उत्पन्�. . .


आगामी निर्वाचनसम्म तालमेल हुन्छ : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी निर्वाचनसम्म तालमेल गरेर जाने निर्णय भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले तालमेल गर्न जटिल भए पनि आगामी निर्वाचनसम्म अहिलेकै गठबन्धनको तालमेल हुने बताउनुभयो । उहाँले भन्नुभयो, �. . .


पछिल्लो २४ घण्टामा थप ३ सय ९१ जना कोरोना संक्रमित भेटिए

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ३ सय ९१ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ९ सय ८१ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ लाख २१ हजार ५ सय १५ जनाले खोप लगाएका छन्। हाल देश�. . .