समाचार

दशैंको मुखमा हस्पिटलले ५ महिनादेखीको तलव नदिएपछि कर्मचारी आन्दोलनमा (भिडियो सहित )

विराटनगर । विराटनगर हस्पिटल चौक स्थित रंगेली रोडमा रहेको संजिवनी हस्पिटलले आफ्ना कर्मचारीलाई ५ महिनादेखी तलव नदिएपछि कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । विगत ५ महिनादेखी त्यहाँ कार्यररत चिकित्सक स्टाफ नर्स र कर्मचारीहरुको तलव नदिएपछि अहिले अस्पतालको ईमरजेन्सी कक्षमा समेत ताला लगाएर कर्मचारी�. . .


झापाको मेचीनगरमा ग्यास चुहिएर आगलागी हुँदा १७ लाखको क्षति

झापा । मेचीनगर नगरपालिका–६ स्थित विजय राजवंशीको घरमा आज आगलागी हुँदा रु १७ लाखको क्षति भएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले खाना पकाउने एलपी ग्यास चुहिएर आगलागी हुँदा दसैँको मुखमा पीडित परिवार बिचल्लीमा परेको बताउनुभयो । आगलागीमा एक तलामा भएको चारको. . .


चाडपर्वमा विद्युत् सेवा प्रवाहमा कमजोरी हुन नदिन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडबाडको समयमा नेपाल विद्युत् प्राविधरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन दिनुभएको छ । उहाँले नेपालीको चाडपर्व शुरु हुन लागेको अवस्थामा सम्पूर्ण कर्मचारी र तिनका परिवार एवं आम जनताको प्रगतिको कामना गर्नुभयो । प्र. . .


डेङ्गु नियन्त्रणमा सरकारले ध्यान दिनुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डेङ्गु नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ द्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले चाडपर्वको समयमा डेङ्गुले जनजीवन प्रभावित बनाएकाले यसको नियन्त्रणमा सरकारले ध्यान दिनुपर्�. . .


महिला क्रिकेट खेलको तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले यसै महिना गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको खेल तालिका आज सार्वजनिक गरेको छ । पोखरा क्रिकेट रङ्गशालामा आयोजना हुने महिला क्रिकेट असोज २३ गतेदेखि कात्तिक १ कात्तिकसम्म हुनेछ । महिला क्रिकेटमा विभिन्न नौ टो�. . .


विराटनगरमा नवीकरणीय र्र्याली ऊर्जा प्रदर्शनी

विराटनगर। विराटनगरमा पहिलो पटक नवीकरणीय र्र्याली तथा ऊर्जा प्रदर्शनी हुने भएको छ । असोज १५ गते शनिबार बिहान ६ देखि ८ बजेसम्म नवीकरणीय र्र्याली हुने भएको हो । न्यून कार्बन विकासको अवधारणा र वातावरणमा भईरहेको ह्रास कम गर्न सचेतनाका लागी विराटनगरमा ऊर्जा स्रोतको उपयोग सम्बन्धी प्रदर्शनी तथा र्र्याली. . .


म्यानमारमा ५.२ म्याग्नीच्युडको भूकम्प

म्यानमारमा शुक्रबार ५.२ म्याग्नीच्युडको भूकम्प गएको छ । शुक्रबार बिहान ३:५२ बजे भूकम्प गएको राष्ट्रिय भूगर्भ केन्द्रले जानकारी दिएको छ । भूकम्पबाट हालसम्म धनजनको क्षतिको कुनै विवरण भने प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । यस भूकम्पको केन्द्रविन्दु करिब एक सय ४० किमीमिटर गहिराईमा २३.०९ डिग्र. . .


पेट्रोलियम पदार्थको खपत ७५ प्रतिशतले बढ्यो

काठमाडौं । दसैँ नजिकिएसँगै मुलुकभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । विगतको तुलनामा दसैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ । साविक २२ लाख लिटर पेट्रोल खपत हुने गरेको थियो । हिजोआज पेट्रोलको खपत दैनिक ३५ लाख लिटर पुगेको निगमले जनाएको छ । डिजेल दैन�. . .


विराटनगर महानगरको सरसफाई विशेष अभियान चौथो हप्तामा प्रवेश

विराटनगर । विराटनगर महानगरपालिकाले सुरु गरेको महानगर सफाई विशेष अभियान चौथो हप्तामा प्रवेश गरेको छ । अभियानअन्तर्गत शुक्रबार विराटनगर वडा नम्बर १ को त्रिवेणी मार्ग र आसपासको क्षेत्रको सफाई गरिएको छ । झाडु बोकेर महानगरका मेयर नागेश कोइराला सफाई अभियानमा आफैं खटिएका थिए । महानगरका प्रमुख प्रशासकीय �. . .


पछिल्लो २४ घण्टामा थप ६३ जनामा कोरोना संक्रमण

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ६३ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ५ सय ३५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १ सय ३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ४ जना रहेको छ ।. . .


सिरहाबाट पाँच थान नक्कली नोटसहित एकजना पक्राउ

सिरहा । कल्याणपुर नगरपालिका-११ स्थित बजारबाट १ हजार दरको ५ थान नक्कली नोट सहित सोही नगरपालिका-१० बस्ने ३९ वर्षीय जिवछ कामतीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो । घटना बारेमा प्रहरीले थप आव. . .


अफगानिस्तानको राजधानीमा आत्मघाती बम विस्फोट १९ को मृत्यु

अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । विष्फोट पश्चिमी काबुलको दश्त–ए–बर्ची छिमेकमा भएको थियो । अल्पसङ्ख्यक हजारा समुदायको मुख्य रूपमा शिया मुस्लिम क्षेत्र, अफगानिस्तानको. . .