समाचार

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बस्दैछ । आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधे�. . .


नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा अबेइको अन्तरिम सुरक्षा बल मिसनमा तैनाथ नेपाली शान्ति सेनाको तेस्रो समूह सोमबार स्वदेश फर्किएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सहसेनानी भोलाकुमार कार्कीको नेतृत्वमा ६७ जना नेपाली शान्ति सैनिक सोमबार स्वदेश फिर्ता भएका हुन् । यसअघि. . .


आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७९ पैसा, युके पाउण्ड स्ट्रल�. . .


आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशका पश्चिम भूभागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रह�. . .


इजरायलद्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

काठमाडौं । इजरायलले इरानको सरकारी टेलिभिजनमाथि आक्रमण गरेको छ । इजरायलले सोमबार इरानको इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) को भवनमा आक्रमण गरेको थियो । आक्रमण पश्चात आईआरआईबीले पुनः आफ्नो प्रसारण सुरु गरिसकेको छ । सरकारी स्वामित्वको प्रसारण सेवा आईआरआईबीका एक वरिष्ठ अधिकारीले भने,. . .


त्रिकोणात्मक टी–२० : पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित

काठमाडौं । स्कटल्यान्डमा जारी टी–२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको छ । सोमबार नेदरल्याण्ड्ससँग पहिलो र दोस्रो सुपर ओभरमा बराबरी खेलेको नेपालले तेस्रो सुभर ओभरमा नेपालले रन बनाउन सकेन् । पहिलो सुपरमा ओभरमा दुवै टोलीले समान १९ र दोस्रो . . .


युवा उद्यमीहरूका लागि विराटनगरमा इनक्युबेशन सेन्टर सञ्चालनमा

विराटनगर । सीएनआई वाई ई एफ कोशी प्रदेशले नवप्रवर्तन र उद्यमशीलताको प्रवर्द्धनका लागि स्थापना गरेको इनक्युबेशन सेन्टरको उद्घाटन नेपाल सरकारका पूर्व रक्षामन्त्री हरि उप्रेतीले गरेका छन्। विराटनगरमा आयोजित कार्यक्रममा पूर्व रक्षामन्त्री उप्रेतीको प्रमुख आतिथ्यमा यो केन्द्रको भव्य उद्घाटन भएको ह�. . .


सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच सहकार्य जरुरीः मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन वटै तहका सरकारबीच सहकार्य जरुरी रहेको बताउनुभएको छ । मन्त्रालयले आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०८२ को समीक्षा तथा प्रशंसा–पत्र वितरण कार्यक्रममा मन्त्री गुरुङले सूचना प्रव�. . .


सरकारले सुनमा विलासिता कर लगाएको प्रति रत्न तथा आभुषण संघको आपत्ति

काठमाडौं । नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरलाई मूल्य अभिवृद्धि कर नलाग्ने वस्तुको सूचीबाट हटाइएको र सुनमा विलासिता कर लगाइएकोमा आपत्ति जनाएको छ । सोमबार संघद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष सुमनमान ताम्राकारले सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेटका क्�. . .


एक अर्ब ४७ करोड बढी विगो दाबी गरिएका प्रमुख थापा ५० लाख धरौटीमा छुटे

रौतहट । सर्लाही जिल्ला अदालतबाट बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरतबहादुर थापा धरौटीमा रिहा भएका छन् । डिभिजन वन कार्यालय सर्लाहीले मेयर थापासहित ६ जनाविरुद्ध गएको बैशाख ११ गते सर्लाही जिल्ला अदालतमा ‘वन अतिक्रमण, ताल निर्माण, ढुंगागिट्टी, बालुवा, माटो उत्खनन् गरी हानी नोक्सानी गरेको’शिर्�. . .


कृषकलाई अनुदानमा कृषि उपकरण वितरण

धरान (सुनसरी) । बराहक्षेत्र नगरपालिकाले कृषकलाई कृषि औजार तथा उपकरण वितरण गरेको छ । नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रम र कोशी प्रदेश सरकारअन्तर्गतको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको वित्तीय हस्तान्तरण कार्यक्रममाफएत पावर टिलर, मिनिटिलर र मकै रोप्ने मेसिन वितरण गरिएको बराहक्षेत्र नगरपालिक�. . .


दिलभुषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अल्पकालीन आदेश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतबाट दिलभुषण पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जी कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । हिल्टन होटेलमा कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजुका पुत्र जयवीर देउवाको लगानी सम्बन्धी सामग्री प्रसारण गरेवापत पाठकवि�. . .