समाचार

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

धनकुटा । धनकुटा नगरपालिका वडा ४ छारागाँउका ५५ बर्षीय सिताराम श्रेष्ठ श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन । गत पौष १६ गते बेलुका करिब ५ बजे देखि धनकुटा वडा ४ बस्ने ५५ बर्षीया सिता श्रेष्ठ हराई बेपता भएको हुलिया निबेदन परेसंगै जिल्ला प्रहरी कार्यालय धनकुटाले खोजतलास शुरु गरेको थियो । खोजतलास�. . .


अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-१० कपन रुद्रमतीचोकबाट करिब १० ग्राम ९३ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुढानिलकण्ठ नगरपालिका-११ गैरीगाँउ बस्ने धनकुटा मुगा नगरपालिका-७ घर भएकी २९ वर्षीया रेनुका तामाङ र. . .


हत्यामा संलग्न ५ जना पक्राउ

पर्सा । जगरनाथपुर गाउँपालिका-६ बस्ने नागेसर प्रसाद कुर्मीको छोरा १२ वर्षीय मन्टु प्रसाद कुर्मीको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जगरनाथपुर गाउँपालिका-६ बस्ने ६४ वर्षीय गोवारी राउत अहिर, ५५ वर्षीय नग राउत अहिर, ३२ वर्षीय शत्रुधन प्रसाद या�. . .


सामूहिक बलात्कार घटनाको अधिकारकर्मीद्धारा अनुगमन

विराटनगर । मोरङको सुन्दरहरैचा–४ बलियामा गत शुक्रबार ३१ वर्षीया महिला सामूहिक बलात्कारमा परेको घटनाका विषयमा इन्सेक प्रदेश १, कार्यालय विराटनगर सहित अधिकारकर्मीको टोलीले मंगलबार पीडित र पीडित पक्षसँग भेट गरी घटनाका विषयमा अनुगमन गरेको छ । सामूहिक बलात्कार घटनामा पीडित महिलाको स्वास्थ्य अवस्थाका�. . .


लण्डन दूतावासमा अबदेखि कार्ड भुक्तानीमात्रै

लण्डनस्थित नेपाली दूतावासले यही २६ जनवरी बुधबारदेखि लागू हुने गरी सम्पूर्ण सेवावापत लिने शुल्क कार्ड भुक्तानीबाट मात्र राजस्व लिने बताएको छ । दूतावासले सोमबार जारी एक सूचनामार्फत सो जानकारी गराएको हो । दूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवावापत लिइने राजस्व रकम अब अनिवार्यरूपमा बैंक कार्ड (भिजा ड�. . .


४० वर्ष पढाएर मौरीपालनतिर

बागलुङ । केटाकेटीलाई कक्षाकोठामा ज्ञानगुनका कुरा सिकाउने चुर्णबहादुर रानाको दिनचर्या हिजोआज मौरी स्याहर्दैमा बित्छ । ४० वर्षको शिक्षण पेशापछि उहाँको सेवानिवृत्त जीवन मौरीपालनमा बितिरहेको छ । चाहेको भए रानाले जागिरपछिको जीवन फुर्सद र आराममा पनि बिताउन सक्नुहुन्थ्यो । नपुग्दो केही थिएन । गाउँमा �. . .


आयातबाट ४ अर्ब ३३ करोड राजस्व, निर्यात शून्य

रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेबाट रु.चार अर्ब ३३ करोडबढी राजस्व सङ्कलन हुँदा निर्यात शून्य भएको छ । यो चालु आर्थिक वर्षअन्तर्गत गत साउनदेखि पुस मसान्तसम्म रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्याङ्कनबाट प्राप्त राजस्वको आँकडा हो । प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीक�. . .


टेकु अस्पतालमा खोप अभियान आजदेखि पुनः हुँदै

काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान प�. . .


सूर्यविनायक नगर अस्पताल निर्माण सम्पन्न, एक महिनाभित्र सञ्चालनमा आउने

भक्तपुर । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आएसँगै सूर्यविनायक नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न २५ शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याउने भएको छ । अक्सिजन प्लान्टसहित सञ्चालन गर्ने अस्पतालका लागि पाँचवटा भवनलगायतका आवश्यक पूर्वाधार निर्माण सम्पन्न भएकाले . . .


मोरङ जिल्ला अदालतका २० जनालाई कोरोना संक्रमण, सेवा कटौती

विराटनगर । जिल्ला अदालत मोरङमा न्यायाधीशसहित २० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । न्यायाधीशसहित ठूलो संख्यामा कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि अदालतले दिदै आएको सेवामा आलोपालो प्रणाली गरेको छ । मोरङ अदालतले सोमबार सूचना जारी गर्दै माघ ११ देखि २५ गतेसम्मको लागि महत्वपूर्ण सात वट�. . .


हत्या आरोपमा एकजना पक्राउ

विराटनगर । मोरङको कटहरी गाउँपालिका–३ रिङ्गरोडको नहरमा माघ ८ गते अशोक ऋषिदेवलाई कुटपिट गरि हत्या गरेको आरोपमा स्थानीय ३८ वर्षीय शेखर राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ । दुईजनाबीच भएको झगडामा राजबंशीले ऋषिदेवलाई कुटपिट गर्दा मृत्यु भएपछि उनी फरार रहेका थिए । प्रहरीले राजबंशीलाई पक्राउ गरेर जिल्ल�. . .


सौर्य परियोजनाको पीपीए अब प्रतिस्पर्धाबाट

काठमाडौं । यसअघि सामान्य प्रक्रियाबाट हुँदै आएको सौर्य परियोजनाबाट उत्पादित बिजुलीको विद्युत खरिद सम्झौता अब भने प्रतिस्पर्धाबाट मात्रै हुने भएको छ । अन्तर्राष्ट्रिय बजारमा सौर्य परियोजनामा प्रयोग हुने उपकरणको मूल्य घटेको तथा लागत क्रमशः कम हुँदै गएको सन्दर्भलाई ध्यान दिँदै नेपाल विद्युत प्रा�. . .