तनहुँ । तनहुँको भीमादस्थित सेती नदीको पुरानो झोलुङ्गे पुलको संरक्षण हुन सकेको छैन । ऐतिहासिक र पुरातात्विक हिसाबले महत्वपूर्ण मानिए पनि सो पुल संरक्षणका लागि हालसम्म कुनै ठोस पहदकदमी हुन सकेको छैन । दिनप्रतिदिन पुल जीर्ण बन्दै गएको छ । मानिस हिँड्न प्रयोग गरिएका काठका फल्याक कुहिएर झर्न थालेपछि खा�. . .
काठमाडौँ । राजधानी काठमाडौँ उपत्यकाको नदी सभ्यताको स्रोतका रूपमा रहेको वाग्मती सफाइ महाअभियानले ४७६औँ हप्ता पूरा गरेको छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियानको ४७६औँ हप्ताको अभियानका क्रममा आज तीनकुनेस्थित वाग्मती पुल बुद्ध शान्ति विहारअघि सफाइ गरिएको छ । सफाइबाट साढे दुई टन �. . .
लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाणले विकासको महत्वपूर्ण क्षेत्र पूर्वाधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । सरकारले चाहँदाचाहँदै पनि सम्पन्न गर्न नसकेका पूर्वाधार विकासका आयोजना सम्पन्न गर्न थप जोड दिनुपर्ने उहाँले औँल्याउनुभयो । गृहमन्त्री खाणले रुपन्देहीको तिनाउ नदीमा निर्माण . . .
दार्चुला । मार्मा गाउँपालिकाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेका एक उत्कृष्ट विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको छ । गाउँपालिकाले शुक्रबार ल्याएको आगामी आव २०७९÷८० को नीति तथा कार्यक्रममा वार्षिक एक जनालाई रु १० लाख छात्रवृत्ति स्वरुप रकम उपलब�. . .
खोटाङ । पर्यटकको तथ्याङ्क सङ्कलन गर्न खोटाङको त्रिधार्मिकस्थल हलेसीमा मेसिन (उपकरण) जडान गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी भित्रिने धार्मिक पर्यटकको तथ्याङ्क सङ्कलन गर्न माछापुच्छ्रे बैंकको सहयोगमा मानिस गणक मेसिन जडान गरिएको हो । केही दिनअघि जडान गरिएको उक्त मेसिनको . . .
दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा मुसलधारे बर्षासँगै आएको बाढीका कारण ३७ लाख ५० हजारभन्दा बढी बासिन्दा प्रभावित भएको स्थानीय अधिकारीहरुले शनिबार जनाएका छन् । ग्वाङ्सीले यस वर्षको बर्षा ऋतुमा छ पटक भारी वर्षाको अनुभव गरेको छ । यहाँ औसत वर्षा ४९०.८ मिलिमिटरमा रेकर्ड गरिएको छ । यो अघिल्लो . . .
विराटनगर । विराट आदर्श साहित्य मञ्चको आयोजनामा ‘स्रष्टा र सिर्जना’को सातौं शृंखला शनिबार सम्पन्न भएको छ । विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजित कार्यक्रममा धनकुटाका युवा कवि उत्तम लिम्बू प्रस्तुत हुनु भयो । उहाँले ‘मुलुकलाई तँ चाहिएको छ’, बग्दै–बग्दै जाने रहर’, ‘म त्यही हुनेछु’, ‘कण्डम फुटेपछि’, ‘म . . .
विराटनगर । कला, साहित्यप्रति समर्पित मोरङको झोराहाटस्थित झोराहाट नाट्य समूहलाई सरकारले गोपालप्रसाद रिमाल राष्ट्रिय नाट्य पुरस्कार समर्पण गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले झोराहाट नाट्य समूहलाई ‘गोपालप्रसाद रिमाल राष्ट्रिय नाट्य पुरस्कार–२०७८’ प्रदान गर्ने . . .
विराटनगर । चालु आर्थिक वर्षको दुई महिना (चैत–जेठ) मा लागुऔषधसँग सम्बन्धित घटनामा संलग्न ६० जना पक्राउ परे । गत साउनदेखि जेठसम्मको ११ महिनामा २६५ घटना लागुऔषधसँग सम्बन्धित भए । गत आर्थिक वर्षको चैत–जेठ दुई महिनाको अवसरमा ५१ र आर्थिक वर्षको अवधीभर १७६ वटा अपराधका घटना लागुऔषधसँग सम्बन्धित थिए । वर्षे�. . .
तनहुँ । शुक्लागण्डकी नगरपालिकास्थित सेती नदी खोँचमा आज एक युवक मृत फेला परेका छन् । नाम, थर, वतन नखुलेको र अनुहार चिन्न नसकिने किसिमका अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेका हुन् । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ महरियाघाटमा बायाँ हातमा टाटु रहेको व्यक्ति भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी �. . .
रुपन्देही । बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल–टिभी नदेखाउन चिकित्सकहरूले आग्रह गरेका छन् । मोबाइल–टिभी धेरै समय हेर्दा बालबालिकामा मानसिक, सामाजिक तथा शारीरिक विकासमा बाधा पुग्ने भन्दै चिकित्सकहरूले यस्तो नगर्न आग्रह गरेका हुन् । चिकित्सकहरू आवद्ध रहेको रोटरी ई–क्लब अफ मेडिकोफ्युजन हाइब. . .
इनरुवा । सुनसरीको वराहक्षेत्र नगरपालिका–२ स्थित सप्तकोशी नदीमा आज डुङ्गा दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय अमर विष्ट रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । बाढी आएको बेलामा कोशी नदीमा दाउरा निकाल्ने क्रममा डुङ्गा दुर्घटना भएको प. . .