समाचार

गौरवका आयोजना केबुलकारदेखि पर्यटन विकाससम्म

बडीमालिका नगरपालिकाले दसौँ नगरसभाबाट पाँचवटा गौरवका योजना अघि सारेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बुढाकोर्ध फूल चढाउने केबुलकार आयोजना, बूढीगङ्गा नदी नियन्त्रण तथा जीविकोपार्जन परियोजना, नगरस्तरीय खेलकुद पूर्वाधार विकास आयोजना सञ्चालन गर्ने उपप्रमुख कविता विष्टले बताउनुभयो । यसैगरी �. . .


बतास अर्गनाईजेसनलाई फसाउन खोजिएको भन्दै उद्योग संगठन मोरङको विज्ञप्ति

विराटनगर । नारायणहिटी दरबार संग्रहालयको क्याफेटेरिया भाडा प्रकरण सम्बन्धमा बतास अर्गनाइजेशन विरुद्ध अर्नगल प्रचार भईरहेको भन्दै उद्योग संगठन मोरङले आपत्ति जनाएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उद्योग संगठनले निजी क्षेत्रका उद्योगीलाई एकपक्षीय ढंगबाट नियतबस रुपमा हतोत्साहित पार्न�. . .


कोरोनाका बिरामीबाट अस्पताल भरिँदैः अधिकांशलाई अक्सिजनको आवश्यकता नपर्ने

काठमाडौँ । अहिले देखिएको कोरोना भाइरस सङ्क्रमणले धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने चिकित्सकले जनाएको छ । सङ्क्रमणको दोस्रो लहरले अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता परेपनि अहिले देखिएको ओमिक्रोन भेरियन्टका कारणले सङक्रमित हुने धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने भएको चिकित्सकल. . .


एमाले महासचिव पोखरेललाई कोरोना सङ्क्रमण

नेकपा ९एमाले०का महासचिव शङ्कर पोखरेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । परीक्षण गराउँदा उहाँमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । आफूलाई सङ्क्रमण भएपछि नेता पोखरेलले आफ्ना सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो । फोटो:फाइल. . .


पर्यटक पर्खँदै ‘पूर्वको त्रिपुरेश्वर’

भोजपुर । ‘पूर्वको पशुपति’ खोटाङ हलेसीको दोस्रो रुप त्रिपुरेश्वर महादेवस्थल पर्यटक पर्खेर बसेको छ । पौवादुङ्मा गाउँपालिका –१ तिलाहरमा आजभन्दा ५० वर्षअघि अर्थात् २०२८ सालमा उत्पत्ति भएको यो देवस्थल अहिले संरक्षण र प्रचारप्रसारको पर्खाइमा पनि छ । हसेलीमा जस्तै गुफाभित्रका ढुङ्गामा देवताको अनेक रु. . .


जबर्जस्ती करणी गर्नेलाई जन्मकैद

जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत रसुवाले एक युवालाई जन्मकैदको फैसला सुनाएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चले घर भई रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बस्दै आएका २१ वर्षीय यमप्रसाद भट्टराईलाई उक्त सजाय दिइएको हो । जिल्ला अदालतका न्यायाधिश राजेन्द्र नेपालको एकल इजलासले उक्त फै. . .


प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमविरुद्ध आर्मी क्लब विजयी

राजधानीमा जारी प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्धको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । आर्मीको यो दोस्रो जीत हो । मूलपानी क्रिकेट मैदानमा समूह ‘ए’अन्तर्गत आज भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो । चार खेलम. . .


कालीकोटमा कोरोना सङ्क्रमण बढ्दो

कालीकोटमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दो छ । राजनीतिक दलका भेला सम्मेलन नरोकिएका कारणले जिल्लामा कोभिड–१९ को सङ्क्रमण बढेको हो । कालीकोटमा आज बिहान ११ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा सात जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ । कोभिड–१९ को सङ्क�. . .


प्रेस चौतारी धनकुटाको अध्यक्षमा रबिन कटेल निर्वाचित

धनकुटा । प्रेस चौतारी नेपाल धनकुटाको अध्यक्षमा पत्रकार रबिन कटेल निर्वाचित भएका छन् । धनकुटामा बिहिबार सम्पन्न प्रेस चौतारीको ९ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा कटेल सर्वसम्मत निर्वाचित भएका हुन् । बिगत १३ बर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल कटेल संगालोखबर अनलाइन मिडियाका सञ्चालक पनि हुन् । प. . .


प्रदेश सरकारको मन्त्रिपरिषद बैठक सम्पन्न, पाँच बुँदे निर्णय

विराटनगर । प्रदेश नं. १ सरकारको बिहीबार बसेको मन्त्रिपरिषद बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले पाँच वटा विषयमा निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिनुभएको छ । मन्त्री आङ्बोका अनुसार, बैठकले . . .


शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक

पर्वत । विहादी गाउँपालिकास्थित सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक लगाइएको छ । पवित्र कालीगण्डकी किनारमा रहेको शालिग्राम शिलामा वर्षेनी ठूलो मेला लाग्ने गर्दछ । बढ्दो कोभिड सङ्क्रमणका कारण मेला लगाउन रोक लगाइएको हो । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण. . .


नुवाकोटमा गोरु जुधाइ प्रतिस्पर्धा नहुने

त्रिशूली । नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाइ मेला यस वर्ष नहुने भएको छ । कोभिड–१९ को जोखिम वृद्धि हुँदै गएसँगै रोग नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएसँगै ऐतिहासिक महत्व तथा वर्षौँदेखि सञ्चालन गरिँदै आएको गोरु जुधाई प्रतिस्पर्धा न�. . .