समाचार

छुट्टाछुट्टै घटनामा संलग्न तीन पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । पक्राउपर्नेमा राप्ती गाउँपालिका–३ वसन्तपुरका ६४ वर्षीय जग्गु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । जिल्ला अदालतबाट विसं २०६६ वैशाख २७ गतेको . . .


तिहारको पाँच दिनमा २५८ जुवाडे पक्राउ ४० लाख नगद बरामद

तिहारमा विशेष गरी जुवा खेल्ने गरिन्छ । परम्पारगत रुपमा नै तिहारमा जुवा खेल्न फुकुवा गरिएको हुन्छ । तर पर्वमा रमाइलो गर्ने भन्दा पैसा कमाउनका लागि जुवा खेल्नेहरुको पनि कमी छैन । प्रहरीले तिहारको पाँच दिनको समयमा जुवातास खेल्ने दुई सय ५८ जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले कात्तिक १६ देखि २० गतेस�. . .


भारतमा भारी बर्षाका कारण पाँचको मृत्यु, कैयौं घरमा क्षति

भारतको तामिल नाडु राज्यमा आएको भारी वर्षाका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने कैयौँ घरमा क्षति पुगेको छ । सरकारी अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार वर्षाका कारण तामिल नाडु राज्यका ५३८ ओटा घरमा क्षति पुगेको हो प्रदेशको प्रकोप व्यवस्थापन मन्त्री केकेएसएसआर रामचन्द्रनले वर्षाका का�. . .


चीनमा कोरोनाविरुद्ध दुई अर्ब ३३ करोड ८० लाख डोज खोप लगाइयो

चीनभर कोरोना भाइरसविरुद्ध दुई अर्ब ३३ करोड ८० लाख डोज खोप लगाइएको यहाँको ‘नेशनल हेल्थ कमिसन’ले मङ्गलबार जानकारी दिएको छ । चीनमा विश्वको तुलनामा सब भन्दा बढी कोरोनाविरुद्ध खोप लगाउने देशको रुपमा परेको छ । सन् २०१९ को डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट कोरोना भाइरसको महामारी शुरु भएको थि. . .


सर्वोच्चका न्यायाधीशहरुद्वारा बन्दी प्रत्यक्षीकरणको रिटमा मात्र सुनुवाइ

सर्वोच्च अदालतका न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणको रिट परेको इजलासबाहेक अन्य सबै इजलासमा सुनुवाइ गर्नुभएन । मंगलबारका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले १० इजलास तोक्नुभएको थियो । प्रधानन्यायाधीश जबराले आफ्नो एकल र नौ संयुक्त इजलास तोक्नुभएको थियो । आज इजलास तोकिएकोमध्ये न्याया. . .


बालबालिकाका लागि एक करोड खोप खरिद गरिने

सरोज ढुङ्गेल/गाेरखापत्र बालबालिकालाई समेत लगाउन मिल्ने एक करोड खोप आउने निश्चित भएको छ । सरकारले फाइजर र मोर्डना खोप किन्नका लागि यसअघि नै प्रक्रिया अगाडि बढाएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक करोड मात्रा खोप खरिद गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा�. . .


झाडापखाला नियन्त्रण नभएपछि खोपको तयारी

कोरोना भाइरस न्यून हुँदै आएको बेला कपिलवस्तुमा भने झाडापखाला देखा प¥यो । गत असोज १८ गतेबाट सुरु भएको झाडापखाला अझै पूर्ण रूपमा नियन्त्रणमा भने आउन सकेको छैन । कृष्णनगर नगरपालिका–९ बाट सुरु भएको झाडापखाला शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाका नागरिकमा समेत लक्षण देखा परी अस्प�. . .


कर्मचारीको उमेर हद ६० वर्ष बनाइँदै

नगेन्द्र सापकोटा/गाेरखापत्र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको सङ्घीय निजामती सेवा ऐनमा निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम गरिने बताउनुभएको छ । मन्त्री श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको ऐनमा कर्मचारीको उमेर हद ६० वर्ष. . .


अफगान सरकारद्धारा पोलियो खोप अभियान सुरु

अफगानिस्तानको सरकारले देशबाट पोलियो उन्मुलन गर्न बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रमको सुरुवात गरेको छ । अफगानिस्तानको सार्वजनिक स्वास्थ्य मन्त्रालयले सोमबारबाट सो कार्यक्रमको सुरुवात गरेको यहाँका एक स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । ती अधिकारीले उक्त कार्यक्रमलाई देशव्यापी बनाइ�. . .


पुनको हत्या आरोपमा थापा पक्राउ

दाङको तुलसीपुर उपमहानगरपालिका–४ नयाँबस्ती निवासी २० वर्षीय टोपबहादुर पुनको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार सोही वडाको गहतेरा बस्ने रेशम थापालाई पक्राउ गरिएको हो । घर नजिकैको जङ्गलमा लुकीछिपी बसे�. . .


सुनको मूल्य घट्यो चाँदीको स्थिर

नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले ओरालो लागेर रु ९२ हजार ३०० तोकिएकोे छ । पहेँलो धातु सोमबार प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ८०० रहेको छ । यसको मूल्य सोमबार प्रतितोल�. . .


भारतमा एकैदिनमा नौ महिनापछिकै सवैभन्दा कम सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या नौ महिना पछिकै सब भन्दा कम देखिएको छ । सरकारी अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १० हजार १२६ जना मात्रै नयाँ सङ्क्रमित थपिएका हुन । यो सङ्ख्या भारतमा महामारी फैलिएको पछिल्लो २६६ दिनपछिकै सवैभन्दा कम भएको पनि सरकारी अधिका�. . .