काठमाडौं । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण सुरु गरिएको बिहीबार बिहान घोषणा गर्नुभएको छ । टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गर्नु भएको छ. . .
विराटनगर । शुक्रबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सङ्घीय संसद्का महासचिव डा.भरतराज गौतमका अनुसार फागुन १२ गतेका लागि निर्धारण गरिएको बैठक विशेष कारण बस्न नसक्ने भएपछि फागुन १३ गते दिउँसो १ बजेका लागि निर्धारण गरिएको हाे ।. . .
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले गत माघ २७ गतेदेखि आयोजना प्रभावित बासिन्दाका लागि खुला गरेको साधारण शेयरको बिक्री खुला अवधि थप गरेको छ । अब आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने बासिन्दाले यही फागुन १९ गतेसम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा र. . .
काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ हजार ४ सय ७० ट्याब्लेट सहित महोत्तरी जलेश्वर नगरपालिका-६ बस्ने २५ वर्षीय किसन कुमार मिश्रलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । महोत्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ६४१२ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्�. . .
महोत्तरी । मनरासिसवा नगरपालिका-२ कट्टी गाउँस्थित सडकबाट स्रोत नखुलेको नगद रू.९ लाख ५० हजार रूपैयाँ र १ थान मोबाइल सहित भारत सितामढी ग्रामपंचायत सिरसिया थाना बेला-१४ सिरसिया गाउँ बस्ने ३० वर्षीय दिपक कुमार चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एडि ८३४�. . .
काठमाडौं । सवारी साधन दुर्घटनामा गएराति मृत्यु भएका व्यक्तिका आफन्तले बिहीबार अरनिको राजमार्गअन्तर्गत काठमाडौँ उपत्यकाको पूर्वी नाका साँगा सडकखण्ड अवरुद्ध गरेका छन् । बनेपाबाट साँगातर्फ मोटसाइकलमा गइरहेका बनेपा नपा–१४ का ३२ वर्षीय विशाल तामाङको सवारी साधानको ठक्करबाट बुधबार राति मृत्यु भएपछि . . .
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको सम्मान गर्न र विरोध प्रदर्शनलाई संयमित बनाउन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम भट्टराईद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिमा विरोध प्रदर्शन गर्दा बल प्रयोग नगर्न र शान्ति सुरक्षा कायम गर�. . .
काठमाडौं । बाह्र दिनपछि बल्ल काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन गर्न थालिएको छ । बुधबार स्थानीय र सरोकारवालाबीचका छलफलमा तत्काल सडक निर्माणको काम सम्पन्न गर्ने सहमति भएपछि आज बिहानदेखि उपत्यकको १८ स्थानीय तहका फोहर विसर्जन हुन थालिएको हो । तोकिएका समयमा सडक निर्माणको काम सम्पन्न नगरेको जनाउँदै . . .
विराटनगर । पल शाहले सामाजिक सञ्जालमार्फत आफूलाई नियोजित रूपमा फसाउन दुर्गेश थापा लगायतले षडयन्त्र गरेको आरोप लगाएका छन् । पल शाहले सामाजिक सञ्जालमार्फत लेखेका छन् : ‘नमस्कार म पल शाह 🙏 ,म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जाँदैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको ह. . .
काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सम्बन्धी सम्झौता कार्यान्वयनमा आएपछि नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासका लागि कोसेढुङ्गा सावित हुने ठानिएको छ । एमसीसीले नेपाल सरकारलाई ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण र देशका विभिन्न स्थानका सडकखण्डको मर्मतसम. . .
विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंक अनियमितता प्रकरणमा मङ्गलबार मुद्दा दायर भएकामध्ये बैंकका तत्कालिन कार्यकारी अधिकृत नविन सुवेदीसँगको बयान सकिएको छ । ‘बैकिङ कसुर’ मुद्दामा बैंकका सिईयोसहित १२ विरुद्ध मंगलबार उच्च अदालत विराटनगरमा मुद्दा दायर भएपछि बुधबार सिईयो सुवेदीसँग बयान लिईएको हो । बुध�. . .
ब्राजिलमा केही दिनदेखि जारी रहेको भनिएको वर्षा र त्यसका कारण आएको पहिरोमा परेर कम्तीमा पनि गएको छ । ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको भारी वर्षाका कारण मृत्यु हुनेको संख्या २०४ पुगेको स्थानीय अधिकारीले बुधबार जनाएका छन् । रियो डि जेनेरियो राज्यबाट ६८ �. . .