विराटनगर । नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरमा ‘नोट स्रेडिङ एण्ड ब्रिकेटिङ्ग सिस्टम’को सुरुवात गरिएको छ । बजारमा चलनचल्तीका लागि नेपाल राष्ट्र बैंकले निष्कासन गरेका नोट पुराना तथा झुत्रा भएर बैंकमा जम्मा भएपछि नष्ट गर्ने प्रणालीलाई प्रविधियुक्त बनाइएको हो । नेपाल राष्ट्र बैंक मुद्. . .
विराटनगर । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका वडा ७ स्थितमा खाल्डोमा जमेको पानीमा डुवी बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा नरसिङ-७ का शंकर मेहेताको १५ महिनाको छोरा रोहित मेहेता रहेका छन । बिहिबार बिहान करिब ८:३० बजे भोक्राहा नरसिङ-१ स्थित मावली घरको आगन छेउमा खाल्डोमा जमेको पानीमा डुवी मृ�. . .
रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्धहरुको घोषणा गरेको बताइएको छ । यस नयाँ प्रतिबन्धको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेनले गर्नुभएको हो । उहाँले बिहीबार ह्वाइट हाउसमा सो नयाँ प्रतिबन्धहरुको घोषणा गर्नुभएको समाचारमा जनाइएको छ । रुसले गर्नसक्ने सूचना प्रविधिको अद्�. . .
काठमाडौँ । ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगितामा करिब एक हजार ५८० धावकको सहभागिता रहने भएको छ । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेलमैदानमा शनिबार बिहान ७ बजे म्याराथनसहित विभिन्न चार विधाका दौड प्रतियोगिता प्रारम्भ हुँदैछन् । सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख महासेनानी म�. . .
मङ्गलबारे । इलामको कन्याम चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन गरिएको छ । चारै दिशाबाट अतिक्रमण गर्न थालेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको हो । नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको कन्याम चिया बगान अतिक्रमण गरेर बिभिन्न संरचना निर्माण गर्दा सरकारी चिया बगानमा विनाश बढेको �. . .
ललितपुर । ललितपुर महानगरपालिका वडा ४ स्थित नख्खुमा बिहीबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र सफल हार्ट एण्ड डाइबेटिक सेन्टर नख्खु, बागडोलको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गरिएको हो । शिविरमा ७ सय ६५ जना बिरामीको निःशुल्क उपचार गरिएको छ �. . .
ललितपुर । ललितपुर महानगरपालिका-१२ टंगाल बस्ने निरज खड्गीको गाडी ग्यारेजभित्र जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-६ जाफुरी बस्ने श्याम खड्गी लगायत १२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त ग्यारेजभित्र जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग मङ्गलबजा�. . .
बाँके, नेपालगंज उपमहानगरपालिका वडा १५ जमुनाहाबाट करिब ३ केजी अवैध लागूऔषध चरेश सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत सिम्ता गाउँपालिका वडा ४ बस्ने ४० वर्षीय वीरेन्द्र हमाल, ३८ वर्षीया दिपा बुढा र जाजरकोट शिवालय गाउँपालिका वडा २ बस्ने २३ वर्षीया खिमा खत्री �. . .
धनगढी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितिमा एमसिसी पास नहुने बताउनुभएको छ । कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई बिहीबार सम्बोधन गर्दै उहाँले यथास्थितिमा एमसिसी पास गर्न नसकिने बताउनुभयो । उहाँले एमसिसीका कारण दे. . .
हालै बेलायतको अध्यागमन विभागले यहाँको भिसा सम्बन्धमा केही नयाँ नियम ल्याएको छ । यसै सन्दर्भमा बेलायती सेनामा कम्तीमा छ वर्ष सेवा गरेका विदेशीलाई बेलायतको भिसा आवेदन गर्न निःशुल्क गराइएको छ । यो नियमले बेलायती सेनामा कार्यरत गोर्खा सैनिकका लागि केही राहतको महसुस भएको छ । बेलायत सरकारका रक्षामन्त�. . .
विराटनगर / प्रिमियर–११ मा जारी नवौं संस्करणको मारवाडी प्रिमियर लिग(एमपिएल) क्रिकेट प्रतियोगितामा उपाधि नजिक पुगेको छ । प्रिमियर–११ ले आज भएको खेलमा सिएसवि–११ लाई १ सय ३० रनको फराकिलो रन अन्तरले पराजित गरि लगातार तीन खेलमा जित हात पार्दै उपाधि नजिक पुगेको हो । नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजन. . .
विराटनगर । विराटनगरको ट्राफिक चौकदेखि न्यूरो अस्पताल जोड्ने जहदा मार्ग अब शंखधर साख्वा मार्गको रुपमा चिनिने भएको छ । नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) ले जहदा मार्गलाई राष्ट्रिय विभुति शंखधर साख्वाको नाम प्रदान गरेपछि उक्त मार्गले नयाँ पहिचान पाएको हो । शंखधर साख्वा नेपालका राष्ट्रिय विभुति ह. . .