समाचार

काँग्रेस १४ औँ महाधिवेशन महामन्त्री पदको मतगणना जारी

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत बिहीबारदेखि सुरु भएको महामन्त्री पदको मतगणना जारी रहेको छ । निर्वाचन समितिका अनुसार ६०० मत गन्दा युवा नेता गगन थापाले सर्वाधिक ३८९ मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्माले २२९ मत ल्याएका छन् भने प्रदिप पौडेलले २०७ मत प्राप्त गरेका छन् । मतगणनामा . . .


युवतीसँग यौनसम्पर्क गराएर पैसा असुल्ने दुईजना पुरुष पक्राउ

विराटनगर । होटलमा महिलालाई राखेर पुरुषसँग यौनसम्बन्ध गराएर व्यापार गर्ने दुईजनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका–९ स्थित रिभरसाईड होटल एण्ड लजमा पुरुषसँग महिलालाई यौन सम्पर्क गराएर रकम असुल्नेलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले इटहरी–४ का गौतम लेप्चा र . . .


सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु ३ जना घाईते

विराटनगर ।सुनसरी र झापा दुई छुट्टाछुटै स्थानमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु र ३ जना घाईते भएका छन् । मंसिर २९ गते दिउँसो १:३० बजे सुनसरीको भोक्राहा नरसिंह गाँपालिका वडा ६ स्थितमा प्रदेश १-०२-०४४ प ३५४० नम्बरको मोटरसाईकलले स्थानिय ४० बर्षिय बैजनाथ रिषिदेवलाई ठक्कर दिई दुर्घटना हुँदा रिषिदेव सह. . .


जङ्गलमा लागेको आगो निभाउन खोज्दा मृत्यु

जाजरकोट । जङ्गलमा लागेको आगो निभाउन खोज्दा लडेर घाइते भएका डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरीकोटका ६० वर्षीय धावाटसी लामाको मृत्यु भएको छ । हुरिकोटमा आगो निभाउँदै गर्दा लडेर गम्भीर घाइते लामालाई हेलिकोप्टरमा नेपालगञ्ज पु-याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । आगो अझैँ नियन्त्रणमा आउन नसकेको स्�. . .


काँग्रेसले सुरु गर्‍यो महाधिवेशनस्थल भृकुटीमण्डप वरपर सफाइ

काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा जम्मा भएको फोहर सफाइ गर्ने अभियान सुरु गरिएको छ । पार्टीको १४औँ महाधिवेशन केन्द्रीय प्रचारप्रसार समितिले सफाइ अभियान सुरु गरेको हो । महाधिवेशनस्थलमा जम्मा भएको उम्मेदवारका प्रचारप्रसार सामग्रीले भृकुटीमण्डप एवं राष्ट्रियसभा गृह अ�. . .


हतियार प्रहारबाट एकको मृत्यु

दमक । झापाको दमक बजारमा बुधबार बेलुकी ७ बजेतिर एक युवकको हत्या भएको छ । दमक नगरपालिका–६ स्थित घिमिरे मार्केटमा अज्ञात व्यक्तिको हतियार प्रहारबाट दमक–२ का २५ वर्षीय प्रकाश पराजुलीको हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो । हतियार प्रहारबाट गम्भी. . .


कञ्चनपुर कारागारबाट २८ कैदीबन्दी स्थानान्तरण

कञ्चनपुर । जिल्ला कारागारबाट २८ कैदीबन्दीलाई बुधबार स्थानान्तरण गरिएको छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि अन्य जिल्ला स्थानान्तरण गरिएको हो । कारागार कार्यालयका प्रमुख मायाकुमारी थापा बस्नेतका अनुसार १० लाई कैलाली, १० लाई डडेल्धुरा र आठ जनालाई दार्चुला कारागारमा स्थानान्तरण गरिएको छ ।. . .


नेकपा (माओवादी केन्द्र) प्रदेश १ : पदाधिकारी टुंगो लगाउन नसकेपछि कार्यदल गठन

विराटनगर । विराटनगरमा बुधबार बसेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको बैठकले पदाधिकारीको टुंगो लगाउन सकेन । अध्यक्षको दौडमा रहेका पूर्व केन्द्रीय सदस्यहरु सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारी (सुदर्शन)ले समितिको पहिलो बैठकमा आफुहरु ‘ब्याक’ हटेक�. . .


शृङ्खलाबद्ध चोरीमा संलग्न २ जना पक्राउ

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित पथरी बजारमा शृङ्खलाबद्ध चोरीमा संलग्न २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पथरी वडा नं. १ बस्ने १९ बर्षिय निमा तामाङ र सन्तोष सुब्बा रहेका छन् । उनीहरु विभिन्न मिति र समयमा मोबाईल, सवारीसाधन, नगद, सामान तथा गरगहना चोरीको आरोपमा पक्राउ परेका हुन् । �. . .


विराटनगरको कोभिड अस्पताल विस्तार कार्य अन्तिम चरणमा : अक्सिजन प्लान्ट र शवगृह पनि

विराटनगर । विराटनगर–१० मलाया रोडस्थित प्रदेश १ सरकारले गरिरहेको कोभिड–१९ उपचार केन्द्र विस्तारको कार्य अन्तिम चरणमा पुगेको छ । स्वीस सरकारको ४ करोड आर्थिक सहयोगमा शहरी विकास तथा भवन कार्यालय मार्फत् भईरहेको अस्पताल विस्तारको कार्य अन्तिम चरणमा पुगेको हो । कोभिड महामारीको दोश्रो लहरमा प्रदेश सरक�. . .


विराटनगर भाटभटेनी छेउको सुपरमार्केटमा ‘विन्टर फुटवेयर महाउत्सव’

विराटनगर । आउँदो पौष २ गतेदेखि विराटनगर धरान रोडस्थित भाटभटेनी छेउमा रहेको सुपर मार्केटमा ‘विन्टर फुटवेयर महाउत्सव’ हुने भएको छ । नेपाली उत्पादन प्रर्वद्धन गर्ने उद्देश्यका साथ भाटभटेनी छेउको सुपरमार्केटमा पौष ३० गतेसम्मका लागि उक्त महाउत्सव हुने भएको हो । महाउत्सवमा शिखर सु, युनाईटेड सु र हाईलाइ. . .


जागिर लगाईदिन्छु भनि ठगि गर्ने व्यक्ति विराटनगरबाट पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका वडा १० बसपार्क स्थितबाट जागिर लगाई दिन्छु भनि ठगि गर्ने १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गोर्खाको लखन गाउँपालिका वडा २ बस्ने ३८ बर्षिय गणेशराज अर्याल रहेका छन् । अर्यालले उदयपुर त्रियुगा नगरपालिका वडा ८ बस्ने उमेश कुमार दनुवार र प्रेम कुमार दनुवारब�. . .