महोत्तरी । महोत्तरीको भङ्गहा नगरपालिका– ६ जमुनियाँ गाउँमा मोटरसाइकल दुर्घटनामा परी गए राति एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीयवासी २८ वर्षीय मुबारक अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । आफ्नै साथी २५ वर्षीय दिपेश चौधरीले चलाए. . .
नेपाली कांग्रेसको महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी हुनुभएको छ । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत २७ गते भएको निर्वाचनको बिहीबार अबेर सम्पन्न मतगणनामा दुई हजार ५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा उपाध्याय विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी कमला प�. . .
आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको शिवसताक्षीमा बिहीबार एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको शिवसताक्षी नगरपालिका–८ स्थित डुडाँमारी चोकमा मे७प ९८०० नंको मोटरसाइकल तीव्रगतिका कारण दुर्घटना हुँदा कन्काई नगरपालिका–८ सुरुङ्गाका २८ वर्षीय विनोद लिम्बूको मृत्यु. . .
पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–१० लालगढमा आज साँझ यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख २५५९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ४९ प ६८८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरस�. . .
कुपोषणका कारण पाकिस्तानमा १७ लाख सात हजारभन्दा बढी बालबालिकाको पाँच बर्षभन्दाअघि मृत्यु हुनेगरेको पाकिस्तानी खाद्य सुरक्षा तथा अनुसन्धान मन्त्री सैयद फखर इमामले बताउनुभएको छ । पाकिस्तानमा सूक्ष्म पोषक तत्वहरूको कमी व्याप्त छ र यसले बालबालिकाको रोग प्रतिरोध क्षमता, वृद्धि र मानसिक विकासमा गहिरो. . .
बुधवार बेलायतमा ७८ हजार जनाभन्दा धेरै मानिसमा कोभिड पुष्टि भएको छ । कोभिड महामारी सुरु भएयता एकैदिन पुष्टि भएका सङ्क्रमितको यो सर्वाधिक सङ्ख्या हो । सङ्क्रमण नियन्त्रणका लागि लकडाउन भइरहेका समय यसअघि गत जनवरीमा एकैदिनको सबैभन्दा धेरै ६८ हजार सङ्क्रमित पुष्टि भएको थियो । इङ्ल्यान्डका प्रमुख स्वा. . .
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २६ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा १५ जना सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । थपिनेमा नवलपरासी बर्दाघाट सुस्ता पूर्वका सात, कास्कीका चार, तनहुँका दुई, म्याग्दी र लमजुङका एक÷एक रहेको स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्�. . .
पछिल्लो २४ घण्टामा थप १८४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा ११ हजार १८ जनामा कोरोना परीक्षण गर्दा १८४ मा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । यससँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा पाँच हजार ५२६ पुगेको छ । पछिल्लो समय थप २६७ जन�. . .
कारोबार हुने साताको अन्तिम दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन ३७.८७ अङ्कले घटेर दुई हजार ३७६.७४मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक. . .
विराटनगर । लोप हुन लागेका आदिवासी जनजातीहरुको भाषा, कला ,सँस्कृती संस्कारहरुको संरक्षण र प्रवद्धन गर्ने उदेश्यका साथ विराटनगरमा २ दिने आदिवासी जनजाती चलचित्र महोत्सव २०७८ हुने भएको छ । राजवँशी चलचित्रकर्मी समाद समितिको आयोजनामा आगामी पुष ९ र १० गते विराटनगर स्थित अतिथी सदनमा ऐतिहासिक कार्यक्रम आद�. . .
विराटनगर । विराटनगरको रानीस्थित स्थापनाको ७५ वर्ष पुरा गरेको रघुपति जुट मिल्सले विभिन्न कार्यक्रम गरि हिरक जयन्ती मनाईरहेको छ । सोही क्रममा बिहीबार जुट मिल्सका संस्थापक स्व. रामलाल गोल्छाको जन्मदिनको अवसर पारेर जुट मिल्सले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मिल्सका कामदार र कर्मचार�. . .
विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा उद्योग व्यवसाय क्षेत्रको उत्पादकत्व अभिवृद्धिका साथै सुमधुर औद्योगिक श्रम सम्बन्ध विकास सन्दर्भमा अन्तरक्रिया सम्पन्न भएको छ । बिहीबार उद्योग संगठन मोरङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले उद्योगको उत�. . .