समाचार

मनकामना केबलकार आजबाट सञ्चालनमा

मुग्लिन कोरोना भाइरस सङ्क्रमणका कारण बन्द रहेको मनकामना केबलकार आजदेखि सञ्चालनमा आएको छ । मनकामना मन्दिर आजदेखि खुलेसँगै केबलकार पनि सञ्चालनमा आएको हो । स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्नेगरी केबलकार सञ्चालनमा ल्याएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्वल शेरचनले जानकारी दिन�. . .


बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई ‘गण्डकी गोल्डेन ब्रिज’ नामाकरण

बागलुङ सिङ्गल स्पान प्रविधिमा विश्वकै लामो बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई ‘गण्डकी गोल्डेन ब्रिज’ अर्थात गण्डकी सुनौलो झुला नामकरण गरिएको छ । पुलको संरक्षणकर्ताका रुपमा रहेको बागलुङ नगरपालिकाको कार्यपालिका बैठकले बाङ्गेचौरबाट पर्वतको अदुवाबारी जोड्ने झोलुङ्गे पुललाई गण्डकी गोल्डेन ब्�. . .


बेलायतबाट फर्किएर चेन होटलमा लगानी गर्दै चापागाई

चितवन दश वर्षको बेलायतको अनुभवलाई उपयोग गर्दै यहाँका जनप्रकाश चापागाईले चेन होटल सञ्चालनमा ल्याउनुभएको छ । दियालो र अनुपम फुडल्याण्डको नाममा उहाँको समूहको होटल बिस्तार भइरहेको छ । पन्ध्र वर्षअघि काठमाडौँको वसुन्धरामा उहाँको नेतृत्वको समूहको पहिलो होटल दियालो फुडल्याण्ड सुरु भएको हो । सोही नाम�. . .


पूर्व प्रधानमन्त्री स्व. आचार्य र मुख्यसचिव थापाको शालिक शिलान्यास

काठमाडौँ पूर्व प्रधानमन्त्री स्व. टङ्कप्रसाद आचार्य र पूर्व मुख्यसचिव स्व. चन्द्रबहादुर थापाको शालिक शिलान्यास गरिएको छ । निर्माणाधीन निजामती स्मारकमा तत्कालीन समयमा पहिलोपटक निजामती सेवा ऐन जारी गर्न नेतृत्व लिनुभएका उहाँहरुको शालिक बन्न लागेको हो । सो ऐन विसं २०१३ भदौ २२ गते जारी भएको थियो । म�. . .


जनकपुर चुरोट कारखानाको विद्युतगृह र छापाखाना पुनः सञ्चालन गर्ने तयारी

धनुषा प्रदेश नं २ सरकारले लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि)को विद्युतगृह र छापाखाना पुनः सञ्चालन गर्ने भएको छ । जचुकालि बन्द भएसँगै प्रयोगविहीन भएको विद्युतगृह र छापाखानालाई सञ्चालनमा ल्याउन प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले पहल थालेको हो । आन्तर�. . .


नक्कली प्रमाणपत्र बनाउने एकजना पक्राउ

काठमाडौँ नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कुपण्डोलस्थित यूएन पार्कबाट बागलुङ बाँडगार्ड गाउँपालिका बस्ने ३२ वर्षीय युद्धबहादुर केसीलाई हालै पक्राउ गरिएको प्रहरी परिसर ललितपुरले जनाएको छ । उनले नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएको नक्कली लाइसे�. . .


सङ्घीय संसद्को दशौँ अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ सङ्घीय संसद्को दुवै सदनको दशौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आज अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गर्नुभएको हो । अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा सभामुखले राष्ट्रपतिबाट अधिवेशन आव्हानसम्बन्धी . . .


आज अन्तर्राष्ट्रिय साक्षरता दिवस : तेइस जिल्ला साक्षर हुन बाँकी

विराटनगर नेपालमा पनि भर्चुअल र अन्य माध्यमबाट आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । ‘मानवकेन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’ भन्ने नाराका साथ मनाइने दिवसमा कोभिड–१९ का कारण भौतिक उपस्थितिका कार्यक्रम राखिएको छैन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रल�. . .


मध्यपुरथिमिको ३ सय वर्ष पुरानो जेतवर्ण महाविहारले पायो मौलिक स्वरूपमा पुनर्जीवन

भक्तपुर मध्यपुरथिमि नगरपालिका–६ स्थित ३ सय वर्ष पुरानो दथु बहा बहा अर्थात् जेतवर्ण महाविहारले मौलिक स्वरूपमा पुनर्जीवन पाएको छ । जीर्णोद्धारको अभावमा लामो समय जीर्ण बनेको बौद्धमार्गीको महत्वपूर्ण यो महाविहार २०७२ सालको भूकम्पले क्षति पुर्याएपछि उठ्न सकेको थिएन । नगरपालिकाले जनप्रतिनिधि पाएप�. . .


चार महिनापछि खुल्यो गोरखाको मनकामना मन्दिर

गोरखा नेपालको प्रसिद्ध धार्मिक गन्तव्यका रूपमा चिनिने गोरखाको मनकामना मन्दिर करिब चार महिनापछि आजदेखि खुलेको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिमका कारण गत वैशाख २३ गतेदेखि पूजाआजा गर्न रोक लगाइएको मनकामना मन्दिर भक्तजनका लागि पूजा गर्न खुल्ला गरिएको मन्दिरका मूलपुजारी इन्सानबहादुर थापामगरले जानक�. . .


कामत मृत्यु प्रकरण छानविनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन

विराटनगर । प्रहरी हिरासतमा रहेकै अवस्थामा विराटनगर–११ का ३९ वर्षीय भिम कामत मृत्यु प्रकरण छानविन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानबीन समिति गठन गरेको हो । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलको संयोजकत�. . .


विराटनगरमा ८९ जनासहित प्रदेश १ मा ३९९ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २१ जनाको पीसीआर परीक्षण गर्दा २६६ र ७१८ सय जनाको एन्टिजेन परीक्षण गर्दा १३३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोेरङमा १२३, सुनसरीमा ८६, झापामा ४५, धनकु�. . .