काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्यमा विजयी हुनुभएका नेताहरुलाई बधाई दिनुभएको छ । उहाँले जारी गर्नुभएको सन्देशमा विजयीहरुको कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको छ । सो पार्टीका तर्फबाट विजयी हुनु. . .
राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले ज�. . .
डोटी । कैलालीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नती गर्नका लागि सात बुँदे सहमती भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, विमानस्थल प्रमुख रामकृष्ण भट्ट तथा गेटा विमानस्थल निर्माण तथा बस्ती व्यवस्थापन समन्वय समितिका संयोजक लोकराज भट्टबीच बुधबार सा. . .
भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निवास अगाडिबाट बुधबार राष्ट्रिय युवा सङ्घ नेपालले सप्ताहव्यापी खुला रक्तदान अभियान सुरू गरेको छ । सङ्घले पार्टी अध्यक्ष ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपत्यकामा बढ्दो रगत अभावलाई कम गर्ने उद्देश्यले बुधबारदेखि अभियान सुरु गरेको हो । बालकोट�. . .
चीनले सहयोग गरेको कोभिड–१९ खोपको आठौं समूह लाओस आइपुगेको र अधिकारीहरूलाई हस्तान्तरण गरिएको छ । लाओसका लागि चिनियाँ राजदूत जियाङ जाइदोङले मंगलबार लाओसका प्रधानमन्त्री फान्खाम विपभान्हलाई १५ लाख डोज खोप हस्तान्तरण गर्दै लाओसमा महामारीविरुद्धको काममा सकारात्मक प्रगति भएको बताउनुभएको छ । खोपहरु�. . .
विराटनगर । प्रदेश १ म पछिल्लो २४ घण्टामा १ हजार ४०७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४३ जनाको पीसीआर परीक्षण गर्दा ६३९ र १ हजार ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा ७६८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २९९, झापामा १५६, सुनसर�. . .
विराटनगर । प्रदेश नं. १ बाट अन्यमा नेपाली कांग्रेसका गोपाल बस्नेत राष्ट्रियसभा सदस्य निर्वाचित भएका छन् । बुधबार भएको मतगणनामा नेकपा एमालेका गुरु बरालले समान मत ल्याउँदा भएको गोलाप्रथामा उनलाई पराजित गर्दै बस्नेत राष्ट्रियसभा सदस्य निर्वाचित भएका हुन् । बुधबार भएको मतदानमा नेपाली कांग्रेसका बस्�. . .
विराटनगर । प्रदेश नं. १ बाट अल्पसंख्यकमा नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पा राष्ट्रियसभाको निर्वाचनमा विजयी भएका छन् । एकीकृत समाजवादीका हेमराज राईलाई २८ मतान्तरले पराजित गर्दै शेर्पा राष्ट्रियसभा सदस्यमा विजयी भएका हुन् । शेर्पाले १९४ मत ल्याउँदा राईले १६२ मत पाएका छन् । शेर्पाले प्रदेशसभा सद�. . .
विराटनगर । प्रदेश नं. १ बाट महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की जयन्ती राई १७४ मत सहित राष्ट्रियसभा सदस्यमा विजयी भएकी छन् । प्रदेश निर्वाचन कार्यालयद्वारा जारी मत परिणाम अनुसार एकीकृत समाजवादीकी राईले प्रदेशसभा सदस्यहरुको ५२ र स्थानीय तहका जनप्रतिनिधीहरुको १२२ मत प्राप्त गरेकी छन् । उनकी प्रतिद्�. . .
काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब १ केजी ९ सय ग्राम अवैध लागूऔषध गाँजाको खैरो धुलो सहित मकवानपुर थाहा नगरपालिका-८ बस्ने २८ वर्षीय कुमार पुरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बा.५ ख ८७८९ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रमम�. . .
सर्लाही । बागमती नगरपालिका वडा ३ बस्ने ३४ वर्षीय ढलक भन्ने संचर घिसिङको घरमा तास खेलिरहेको अवस्थामा घिसिङ समेत १२ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख ८४ हजार ५० रुपैया. . .
वालिङ । यहाँको एउटै गाउँबाट यस पटक एक करोड रुपियाँभन्दा बढीको सुन्तला बिक्री भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका– ७ सिरौंसा गाउँका किसानले यस पटक सुन्तला बिक्रीबाट एक करोड २५ लाख रुपियाँभन्दा बढी आम्दानी गाउँमा भित्र्याएका हुन् । सिरौंसाको नवदुर्गा फलफूल तथा कृषि समूहमा आबद्ध किसानहरुको मुख्य �. . .