समाचार

सुन्तला बिक्रीबाट एउटै गाउँमा साढे दुई करोड भित्रियो

गलकोट । बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्काले यस वर्ष आफ्नो बगैँचाका सुन्तला टिपेर पोखरा पु¥याउनुभयो । सुन्तला टिपेर पोखरा पु¥याउनुभएका खड्काको हातमा यस वर्ष रु चार लाख ५० हजार हात प¥यो । सुन्तला टिप्ने ज्याला र यातयात खर्च घटाउँदा उहाँले रु.चार लाख बचत गर्नुभयो । सुन्तला गाउँका रूपमा पर. . .


जंगली हात्तीको आक्रमणबाट बृद्धको मृत्यु

झापा । झापाको दमक नगरपालिका वडा ३ बस्ने ६३ बर्षीय गणेश प्रसाद अधिकारीको जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको छ । मंगलबार राती करिब ९ बजे अधिकारी खेतमा पानी लागाउन जाँदै गरेको अवस्थामा दमक वडा ३ स्थित हुम्सेदुम्से सामुदायीक वनबाट आएको जंगली हात्तीले आक्रमण गरी लछारपछार पार्दा अधिकारीको घटना स्थ�. . .


कोरोनानाबाट ज्यान गुमाएका परिवारलाई एक लाख राहत

जाजरकोट । कोभिड–१९ सङ्क्रमण भएर ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई रु.एक लाखका दरले वितरण गरेको हो । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्राप्त रु.१७ लाखबाट मृतकका परिवारलाई रु एक . . .


प्रदेश १ राष्ट्रिय सभा निर्वाचन : ३ सिटका मतदान हुँदै

विराटनगर । प्रदेश नं. १ बाट ३ जना राष्ट्रियसभा सदस्य निर्वाचित गर्न बुधबारको मतदान प्रक्रिया सुरु भएको छ । बुधबार बिहान ९ बजेदेखि विराटनगर–१० स्थित प्रदेश निर्वाचन कार्यालय र बाली संरक्षण कार्यालयमा मतदान सुरु भएको होे । पालिकाका प्रमुख तथा उप–प्रमुखका लागि विराटनगर–१० स्थित प्रदेश निर्वाचन कार्य. . .


कपास विकास समितिको जग्गा वर्षौँदेखि अतिक्रमण

राँझा । कपास विकास समितिले बर्दियाको कुम्भरमा अतिक्रमित ५५० हेक्टर जग्गाको खोजी सुरु गरेको छ । बर्दियाको बारबर्दिया नगरपालिका–१० र बढैयाताल गाउँपालिका–९ कुम्भरस्थित कपास फार्मको उक्त जग्गा द्वन्द्वको समयमा २०५८ सालदेखि अतिक्रमणमा परेको हो । उक्त जग्गामध्ये १३८ बिघा १५ कठ्ठा सरकारले मुक्त कमैय. . .


पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गर्नुभएको छ । मन्त्रालयमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता फिर्ता लिइएको जान. . .


राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको भारतलाई शुभकामना

काठमाडौँ । भारतको ७३ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उहाँको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्नुभएको छ । भारतको स्वतन्त्रताको ७५औँ वार्षिकोत्सव भारतमा ‘आजादीका. . .


ठेकेदारको लापरवाहीले स्वास्थ्यचौकीको भवन अधुरै

खोटाङ । ठेकेदारको लापरवाहीले खोटाङमा निर्माणाधीन पाँच स्वास्थ्यचौकी भवन हालसम्म अधुरै अवस्थामा छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, सोही नगरपालिका ६ मङ्गलटार, दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे र ऐसेलुखर्क गाउँपालिका–१ राखाबा. . .


परिवार नै क्रिप्टोकरेन्सी कारोबारमा, ३७ कराेड बिगाे दावी गर्दै मुद्दा

काठमाडौं । नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सीको कारोबारमा परिवार नै संलग्न रहेको तथ्य सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजश्व अनुसन्धान विभागले सोमबार दायर गरेको मुद्दाअनुसार परिवार नै मिलेर अवैध क्रिप्टोकरेन्सीमा लगानी गरेको पाइएको हो । कैलाली लम्कीचुव�. . .


समयमै नतिजा प्रकाशन गर्न मन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा समयमा नै निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिनुभएको छ । आज अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालय बल्खु पुग्नुभएका मन्त्री पौडेलले यो अथवा त्यो बहाना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिन. . .


अनुगमन कार्यविधि मस्यौदा तयार गर्न महानगरले बनायो समिति

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अनुगमन कार्यविधि मस्यौदा तयार पार्न पाँच सदस्यीय समिति गठन गरेको छ । हाल भइरहेको अनुगमनको विद्यमान प्रक्रियालाई सरल, सहज, नतिजामुखी बनाउनका लागि समिति गठन गरिएको हो। मंगलबार कामपा उपप्रमुख हरिप्रभा खड्गीको अध्यक्षतामा बसेको विभागीय प्रमुखहरुको बैठकले समिति ग. . .


नेप्सेको ओरालो यात्रा कायमै

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि ओरालो लागेको छ। सोमबार झण्डै १०० अङ्कले खस्किएको बजार मंगलबार भने सामान्य अङ्कले मात्रै ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार कारोबार मापक नेप्से ५.५९ अङ्कले ओरालो लागेर दुई हजार ८१५.०६ मा झरेको छ। यस्तै ठूला कम. . .