समाचार

थापाथलीस्थित बागमती नदीमा जल सतह सतर्कता तह पार

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदीमा जल सतह सतर्कता तह पार गरेको छ । लगातारको वर्षाका कारण बागमती नदीमा पानीको बहाव बढेसँगै थापाथली क्षेत्रमा जल सतह सतर्कता तह पार गरेको हो। नदी किनार आसपासका क्षेत्रमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। वर्षा अझै जारी रहेकाले बागमती नदी�. . .


नेपाली क्रिकेट टोलीको विजयी सुरुआत, शनिबार जापानसँग खेल्ने

काठमाडौं । नेपाली क्रिकेट टोलीले एसियाली खेलकुदमा विजयी सुरुआत गर्दै अफगानिस्तानविरुद्ध पाँच विकेटको जित दर्ता गरेको छ । शुक्रबार जापानको कोरोगी एथलेटिक पार्कमा भएको खेलमा अफगानिस्तानले प्रस्तुत गरेको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो । नेपालका सन्दीप जोराले ३४, . . .


त्रिशूली नदीमा जलसतह सतर्कता तह पार, सतर्कता अपनाउन आग्रह

काठमाडौं । नुवाकोट जिल्लास्थित त्रिशूली नदीको धुन्चे जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह अझै बढ्न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले दिउँसो १२ः४० बजे �. . .


यूएनमा बालेनको १४ मिनेट : विश्वको ध्यान तान्यो, नेपालीको मन

आकांक्षा धामी काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह असोज ६ गते संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरे । देशको कार्यकारी प्रमुख विदेश भ्रमणमा जाँदा विमानस्थलमा देखिँदै आएको औपचारिक तामझामलाई यसपटक भने उनले निरन्तरता दिएनन् । विगतमा प्रधानमन्त्री विदेश भ्रमणमा निस्क�. . .


कोशी ब्यारेजमा पानीको बहाव २ लाख २९ हजार क्युसेक प्रतिसेकेण्ड, सतर्कता अपनाउन आग्रह

इनरुवा । पूर्वी पहाडि तथा तराईका जिल्लामा भएको लगातार वर्षाका कारणले कोशी नदीमा कोशी ब्यारेज भएर वग्ने पानीको बहाव बढ्दो क्रममा रहेको छ । शुक्रबार १ : १५ बजे गरिएको मापन अनुसार कोशी ब्यारेज भएर वग्ने पानीको बहाव २ लाख २९ हजार ९६० क्युसेक प्रतिसेकेण्ड रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर ख�. . .


महानगरको ढिलो सूचनाले विद्यालय सञ्चालनबारे अलमल,अब ४ दिन सम्म विराटनगरका विद्यालय बन्द

विराटनगर । भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले विद्यालय बन्द गर्ने सूचना ढिलो जारी गर्दा बिहीबार बिहान विद्यालय सञ्चालन गर्ने कि बन्द गर्ने भन्ने विषयमा विद्यालयहरू अलमलमा परेका थिए । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले बिहीबार बिहान ८ बजेप�. . .


विराटनगरमा निरन्तर झरी, बजारमा कम चहलपहल , मोरङ प्रशासानद्धारा सर्तक रहन आग्रह

विराटनगर । विराटनगरमा बुधबार साँझदेखि निरन्तर वर्षा भइरहेको छ । भारी वर्षा नभए पनि सिमसिमे पानी बिहीबार अपराह्नसम्म पनि रोकिएको छैन। बिहानैदेखि घाम नलाग्दा विराटनगरको जनजीवन प्रभावित भएको छ । निरन्तरको वर्षाका कारण विराटनगरको बजारमा विगतको तुलनामा सर्वसाधारणको चहलपहल कम देखिएको छ । बजार क्षेत्रम. . .


विराटनगर सेन्ट्रल मलमा सञ्चालित योनो मार्ट, नेपालीको नाममा दर्ता चिनियाँको कारोबार

विराटनगर। विराटनगरमा नेपाली नागरिकको नाममा दर्ता गरी चिनियाँ नागरिकले सञ्चालन गरिरहेको घरेलु सामानको खुद्रा पसलमा अनुगमनका क्रममा बिलबिना कारोबार गरेको भेटिएपछि आज असोज ७ गते साझ १८.०० बजे एक चिनियाँ नागरिक पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–७ स्थित सेन्ट्रल मलको ग्राउन्ड फ्लोरमा सञ्चालित . . .


प्राडा शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि, मन्त्री पोखरेलले ओढाए राष्ट्रिय झण्डा

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति तथा शिक्षाविद् प्राडा सुरेशराज शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बिहीबार पशुपति आर्यघाटमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले स्व. शर्माको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गरे । अन्तिम ब. . .


पेन्सनसम्बन्धी व्यवस्था सुधार्न मूल ऐन नै संशोधन गर्नुपर्छ ः मन्त्री गौतम

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पेन्सन तथा सेवा सुविधासम्बन्धी व्यवस्थामा देखिएको दोहोरोपन हटाउन मूल ऐनमै व्यापक संशोधन गर्नुपर्ने बताएकी छन् । बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री गौतमले हाल संशोधनका लागि खुलेका दफाको सीमाभित्र . . .


ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, आगलागीबाट करिब १० घर जले

विराटनगर । ताप्लेजुङको मेरिङदेन गाउँपालिक–३ दोभानमा भीषण आगलागी भएको छ । आगलागीबाट करिब १० घर जलेका छन् । आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मीको टोली परिचालन भएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार स्थानीय डण्डु शेर्पाको घरबाट विद्युत सर्ट भएर आगालागी सुरु भएको थियो । उक्त स्थानम�. . .


आन्तरिक विवादले विराटनगर–६ मा कांग्रेसको अधिवेशन आज पनि रोकियो, अब भोलि हुने

विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगरपालिका–६ को वडा अधिवेशन आन्तरिक विवादका कारण चार दिन बितिसक्दा पनि हुन सकेको छैन । असोज ३ र ४ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने वडा अधिवेशन पटक–पटक स्थगित हुँदै गएपछि अब असोज ९ गते निर्वाचन गर्ने सहमति भएको छ । वडा सभापतिका लागि रामकुमार ढकाल र प्रकाश मण्डल (भ. . .