समाचार

धनुषाका कुम्हार समुदायलाई दियो बनाउने चटारो

विजयकुमार साह गाेरखापत्र ढल्केवर, कात्तिक ८ गते । दीपावली तथा छठ पर्व आउन लागेपछि धनुषाको क्षरेश्वरनाथ नगरपालिका ९, इच्छापुरका कम्हार समुदायलाई दियोलगायत माटोको भाँडा बनाउने चटारो छ । अहिले परिवारका सदस्य एकाबिहानै उठेर अबेर रातिसम्म माटोको भाँडा बनाउने काममा व्यस्त रहने गर्नुभएको छ । दीपावली र �. . .


सात अर्बको धानबाली नष्ट

काठमाडौँ,वर्षाका कारण धानबालीमा रु सात अर्ब २२ करोड क्षति भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यका अनुसार करिब ६८ हजार हेक्टर क्षेत्रफलमा दुई लाख ५८ हजार ९२ मेट्रिकटन परिमाणमा धानको क्षति भएको छ । सबैभन्दा धेरै लुम्बिनी प्रदेशका बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देहीम. . .


भासिदैछ विराटनगर बजार क्षेत्रमा राजमार्ग

विराटनगर । कोशी राजमार्ग, रानी–धरान सडक खण्ड अन्तर्गत विराटनगर क्षेत्रमा कालोपत्रे भासिन थालेको छ । ‘अस्पाल्ट’ प्रविधिको कालोपत्रेमा सवारी साधनका चक्काको डोब बनिसकेको छ । विराटनगर भन्सार क्षेत्रदेखि रानी नहरसम्मको तीनकिलोमिटर र बरगाछी–ढाटसम्मको कालोपत्रे सडकको पिच भासिएर सवारी गुडाउन असजिलो हु. . .


एक लाख मात्रा फाइजर खोप हस्तान्तरण

नेपाल सरकारलाई अमेरिकी सरकारले आज कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर’ प्रदान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई अमेरिकी सहयोग नियोग नेपालका निर्देशक सेपिडे केभान्साडले हस्तान्तरण गर्नुभयो । स्वास्थ्य सचिव डा पोखरेलले खोपले कोरोना �. . .


बस दुर्घटना अपडेट : घाइते भएका दुईको मृत्यु

फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ । उपचारका लागि समर्पित अस्पताल पु¥याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो । उनीहरुको सनाखत भने भएको छैन । चिकित्सकले उनीहरुलाई भर्खरै मृत घोषित गरेको अस्पतालका जनसम्पर्क अधिकृत गणेश रिजालले जानकारी दिनुभयो । दुर्. . .


विराटनगरका साधुमार्गी जैन धर्मावलम्बिद्वारा संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

विराटनगर। आकृति रानी फुयल | साधुमार्गी जैन धर्मावलम्बि संघ बिराटनगरले ' सेभ लाइफ गिभ ब्लड ' भन्ने मूल नाराका साथ संयुक्त रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बिराटनगर स्थित सेन्ट्रल मलमा हिजो आयोजित कार्यक्रममा ३८ पिन्ट रगत संकलन भएको साधुमार्गी समता युवा संघका सचिब रोशन जैनले जानकारी दिए । आवर बि�. . .


इन्जिनियर राजेश कुशवाहा माथी भएको दुव्र्यवहार प्रति विराटनगरमा विरोध प्रर्दशन

विराटनगर । जनकपुरमा कार्यरत डिभिजनल इन्जिनियर राजेश कुशवाहा माथी सिके राउतका कार्यकर्ताले गरेको अमानविय दुव्र्यवहार प्रति विराटनगरमा ईन्जिनियरहरुले विरोध गरेका छन् । नेपाल ईन्जिनियर्स एशोसिएसन प्रदेश १ र सेन्टर फर डेमोक्राटिक ईन्जिनयर्स नेपाल( सिडेन ) ले सयुक्त रुपमा प्रदेश १ आन्तरिक मामिला तथ�. . .


कोप–२६ : नेपालकातर्फबाट उच्चस्तरीय र प्रभावकारी सहभागिता हुने

भीष्मराज ओझा गोरखापत्र काठमाडौँ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) यही कात्तिक १४ देखि २६ गतेसम्म संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा हुँदैछ । सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाको ने�. . .


याङवरकमा २५ करोडको लागतका तीन ठूला आयोजना निर्माण सुरु

स्थानीय तहले प¥र्याप्त र अपेक्षित काम नगरेको भनेर बेलाबखत आलोचना हुने गर्छन् । कतिपय स्थानीय तहले बजेट नपाउँदा अत्यावाश्यक काम पनि गर्न नसकेको गुनासो गर्छन् । आलोचना र बजेट अभावको महसुस याङवरक गाउँपालिकाले पनि गरेको हो । निरन्तरताको प्रयास, माथिल्ला सरकारको सहयोग तथा स्थानीय आवश्यकतासँग जुध्दै सो ग. . .


बस दुर्घटना हुँदा ५४ यात्रु घाइते, केहीको अवस्था चिन्ताजनक

पाँचथरमा बस दुर्घटना हुँदा ५४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये केही यात्रुको अवस्था चिन्ताजनक छ । फिदिम नगरपालिका–४ सिवादोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस शान्तिपुरमा अर्को सवारीको साधनलाई उछिन्न सडकको डिलबाट अगाडि बढ्दा करिब २० मिटर तल खोेँचमा झरेको थियोे । दुर्घटनामा बसमा सव�. . .


कोइला अभावको असर नेपालको निर्माण क्षेत्रमा : इँटा र सिमेन्टको उत्पादन लागत बढ्ने

सिमेन्ट उत्पादनका लागि प्रयोग हुने दक्षिण अफ्रिकाको कोइला अभाव हुन थाल्यो काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा देखिएको कोइला अभाव समस्याबाट नेपालमा निर्माण क्षेत्र पनि प्रभावित हुने देखिएको छ । कोइलाको प्रयोग हुने सिमेन्ट र इँटा उद्योगमा यसको प्रभाव देखिन थालिसकेको उद्योगी–व्यवसायीहरुले बताएका छ. . .


तनहुँका दुई पालिकामा कोरोना दर शून्य

तनहुँका १० पालिकामध्ये दुई पालिका कोरोनामुक्त बनेको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा कोरोनाको सङ्ख्या शून्य दर रहेको हो । तनहुँमा हाल २८ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । व्यासनगरपालिकामा नौ, शुक्लागण्डकी नगरपालिकामा आठ, भिमाद नगरपालिकमा ती. . .