समाचार

एक अर्ब लगानीमा पाँचथरको सुख्खाग्रस्त क्षेत्रका २२ हजारलाई खानेपानीको उपलब्ध गराईने

फिदिम, २३ पुस ।   नेपाल सरकारले करीब रु एक अर्ब लगानी गरेर पाँचथरको सुख्खाग्रस्त क्षेत्रका २२ हजार स्थानीयवासीलाई खानेपानीको सुविधा उपलब्ध गराउन लागेको छ । पाँचथरको कुम्मायक र तुम्बेवा गाउँपालिकाका सात वटा वडाका २२ हजार ७० जना स्थानीयवासीलाई खानेपानीको सुविधा उपलब्ध गराउन सरकारले ९६ करोड ५० लाख २२ �. . .


उपकुलपति रौनियार र श्रेष्ठबीच विवाद, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे काम प्रभावित

धरान, २३ पुस ।   बैठक बस्न नसक्दा सुनसरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रभावित भएको छ। सञ्चालक परिषद् (सिनेट) बैठक डेढ वर्षदेखि र कार्यकारिणी समिति बैठक  चार महिनादेखि बसेको छैन। उपकुलपति राजकुमार रौनियार र रजिस्ट्रार तुलबहादुर श्रेष्ठबीच विवाद कारण बैठक नबसेको हो। यसले शैक्. . .


मेची आँखा अस्पतालद्वारा चार महिनामा २८ हजार विद्यार्थीको आँखा जाँच

भद्रपुर, २३ पुस ।  मेची आँखा अस्पताल बिर्तामोडले ४ महिनामा २८ हजार १ सय ८३ विद्यार्थीको आँखा जाँच गरेको छ। अर्विस संस्थाको सहयोगमा नेपाल नेत्रज्योति सङ्घ र मेची आँखा अस्पतालको साझेदारीमा सो कार्य गरिएको हो।  ‘नेपाल रिच प्रोजेक्ट’ द्वारा सञ्चालित कार्यक्रमअनुसार सन् २०२१ सम्ममा झापाका दुई लाख २० हजा�. . .


बुढीगंगामा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने

विराटनगर,२३ पुस । मोरङको बुढीगंगा गांउपालिकामा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ । मोरङ जिल्ला कबड्डी संघको आयोजनामा यहि पौष २७ गतेदेखि तीनदिने अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिता गर्न लागेको हो । आयोजक मोरङ कबड्डी संघले प्रतियोगिता बुढीगंगा गांउपालिका ३ मा गर्नेछ । मोरङ जिल्ल�. . .


ईनरुवामा जारी मनमोहन कप क्रिकेटमा नेपाल पुलिसको दोश्रो जित

ईनरुवा, २३ पुस । मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिसले दोस्रो जित हात पारेको छ । सुनसरीको इनरुवा खेल मैदानमा सम्पन्न दोस्रो खेलमा नेपाल पुलिसले आयोजक शान्तिदीप इनरुवालाई २ सय ७७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । पुलिसले दिएको ३ सय ७४ रनको विशाल लक्ष्य पछ्याएको. . .


मोरङ जहदाकाे सन्थाल बस्तिमा सौर्य प्रणालीबाट बिजुली जडान

विराटनगर, २३ पुस । मोरङको जहदा गाउँपालिका–७ सन्थालमा सौर्य प्रणालीको बिजुली जडान गरिएको छ । सौर्यबत्ती पुगेपछि स्थानीय बासिन्दाको जीवनयापन सहज भएको छ । सुुकुमवासी तथा विपन्न सन्थाल समुुदायले विद्युत् महशुुल तिर्न नस्कने भन्दै लामो समयदेखि उक्त बस्तीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुुग्न सकेको. . .


भोजपुरमा जडीबुटीको तथ्यांक संकलन

भोजपुर, २३ पुस । जिल्लाका विभिन्न ठाउँमा खेती भइरहेका जडीबुटीको तथ्यांक संकलन गरिएको छ । चिराइतो, सतुवा लोठसल्ला, टिमुर, पाखनबेत, बुढो ओखती, मजिटोलगायत व्यावसायिक रूपमा खेती भइरहेका जडीबुटीको तथ्यांक संकलन गरिएको डिभिजन वन कार्यालय भोजपुरले जानकारी दिएको हो । त्यस्तै, जडसेतक चिनी, वनआलु, वनमुला, वन लसु. . .


मास्क लगाएर प्रहरी कार्यालयमा पुगिन् चर्चित गायिका विष्णु माझी

काठमाडौं, २३  पुस । पछिल्लो रेकर्डअनुसार युट्यूवमा गायिका विष्णु माझीको स्वरमा रहेको ‘सालको पात टपरी... बोलको गीतले २ करोड नजिक भ्यूअर पाइसकेको छ । यो गीत मात्रै होइन उनले  यस्तै धेरै  हिट गीतमा आवाज दिएकी छिन् । उनै माझी आइतबार जिल्ला प्रहरी कार्यालय स्याङ्जामा पुगिन्, त्यो पनि मुखमा मास्क लगाएर । लोकस. . .


पाल्पामा एकजनाकाे हत्या

पाल्पा, २३ पुस । पाल्पाको रामपुरमा धारिलो हतियार प्रयोग गरी एक व्यक्तिको हत्या भएको छ। रामपुर नगरपालिका–४ बस्ने ५५ वर्षीय भलबहादुर कुमाललाई ३६ वर्षीय मनोज थापाले हँसियाले घाँटीमा हानेर हत्या गरेका हुन्। आइतबार साँझ जलदेवीस्थान भन्ने ठाउँमा दुई व्यक्तिबीच आपसी झपडा हुँदा सो घटना घटेको इलाका प्रहरी �. . .


मोरङका निकिता चाण्डक र पवन कुमार सारडालाई भारतमा प्रतिभा सम्मान

विराटनगर, २२ पुस । मोरङ ब्यापार संघका अध्यक्ष पवन कुमार सारडा र पुर्ब नेपाल सुन्दरी निकिता चाण्डकलाई भारतमा सम्मान गरिएको छ । भारतको राजस्थान स्थित जोधपुरमा आयोजित माहेश्वरी ग्लोबल एक्स्पो (औद्योगिक व्यापार मेला) एवं माहेश्वरी समाज महाकुम्भमा सारडालाई प्रतिभा सम्मानबाट सम्मानित गरिएको हो । सन् २०१. . .


भोजपुरको जीप दुर्घटनामा ११ जना घाइते, दुईजनाको अवस्था गम्भीर

भोजपुर,२२ पुस ।  भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिका हसनपुरबाट घोरेटार आउँदै गरेको यात्रुबाहक जीप आइतबार दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् ।  आइतबार दिउँसो घोरेटार बजारतिर यात्रु बोकेर आउँदै गरेको को १ ज ९० नम्बरको जीप खैराङमा ब्रेक फेल हुँदा २ सय मिटर तल खसेको थियो । दुर्घटनामा रामप्र�. . .


१० औँ फाल्गुनन्द गोल्डकपमा आयोजक फिदिम स्पोटिङ विजयी

पाँचथर, २२ पुस । पाँचथरको फिदिममा जारी १० औँ रुसलान फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत आज भएको खेलमा आयोजक फिदिम स्पोटिङ क्लव विजयी बन्दै क्वाटर फाइनलको यात्रा तय गरेको छ । मोरङ लाई १–० गोल अन्तरले पछि पार्दे स्पोटिङ क्लव विजयी बनेको हो । आजको खेलमा आयोजक स्पोटिङ क्लवका पहिलो हाफको ७ औँ मिन�. . .