विराटनगर । मोरङको विराटनगर महानगरपालिका–११ जनपथ मार्गका ३९ वर्षीय भीम कामतको मृत्यु प्रकरणमा प्रहरी दोषी देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ । कात्तिक १२ गते छानबिन समितिले प्रमुख जिल्ला अधिकारी समक्ष बुझाएको प्रतिवेदनमा प्रहरी दोषी देखिएको हो । हिरासतमा राखेर चरम यातना दिएपछि बिरामी परे. . .
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ५७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा २६ जना सङ्क्रमित थपिएको र एक जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र, गण्डकी संयोजक नवराज शर्माले जानकारी दिनुभयो । मृत्यु हुनेमा स्याङ्जाको पुतली बजार नगरपालिका. . .
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका सक्रिय सङ्क्रमितको सङ्ख्या धेरै कम देखिएको छ ।सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार भारतमा अहिले सन् २०२० को मार्चपछिकै सबैभन्दा थोरै सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरुका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको कुल सङ्ख्या एक लाख ३४ ह. . .
गण्डकी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कास्कीमा हुने विभिन्न तहको अधिवेशनका लागि मतदानस्थल तोकिएको छ । अधिवेशनका लागि निर्वाचन अधिकृतका रुपमा खटिनुभएका रामचन्द्र पौडेल (आरसी)ले आज जिल्लाका पदाधिकारी, क्षेत्र र प्रदेशसभाका सभापतिसँग बैठक गरी मतदानस्थल तोक्नुभएको पार्टी प्रवक्ता नवीन �. . .
दमौली । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गर्नुभएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको निरीक्षण गर्दै घिसिङले तोकिएको समयभन्दा एक वर्ष अगावै आयोजनाको निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो । “म. . .
काठमाडौं । भारतको मुख्य शहर दिल्लीमा पार्टिकुलेट म्याटर २.५ माइक्रोन भन्दा सानो धूँलोको प्रदूषणदर पाँच माइक्रोग्राम परमिटर क्युवसम्म भन्दा बढी भएको छ । भारतीय सर्वोच्च अदालतले यो वायु स्वास्थ्यका हिसावले खतरानाक भन्दै दुई दिन घरबाट काम गर्न सुझाव दिएको छ । यो प्रदूषित वायु नेपाल प्रवेश गर्न सक्ने. . .
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६.४४ अङ्कले उकालो लागेर दुई हजार ७१५.३५ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.१० अङ्कले उकालो लागेर ५०६.५४ मा पुगेको छ । नेप्से उकालो लाग�. . .
देशभर पछिल्लो २४ घण्टामा थप ४१६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १२ हजार ४०२ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १७ हजार ३३. . .
विराटनगर । दिपावली लक्ष्मी पुजाको दिन साज सज्जा गरिएका केराको थम्बा बजारमा नठदा विराटनगरको बजार यतिबेला फोहोरको डङ्गुर थुप्रिएको छ । तिहारमा विराटनगरको बजारका व्यापारीहरुले आफ्ना पसल अगाडी साज सज्जा गरि राखिएका केराको थम्बा हप्तादिन बितिसक्दा पनि फोहोर नउठाएका कारण यतिबेला बजार फोहोरले भरिएको छ �. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४९३ जनाको पीसीआर परीक्षण गर्दा ४७ र ११० जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८, झापामा १७, सुनसरीमा १०, इलाम र प्र�. . .
विराटनगर । प्रथम जहदा फुटबल कपको उपाधि सिर्सिया फुटबल क्लबले जितेको छ । मोरङको जहदा गाउँपालिका–३ जयपुरमा सोमबार सम्पन्न प्रतियोगितामा झोराहाट युवा क्लबलाई ०–३ गोलले पराजित गरि सिर्सिया फुटबल क्लबले उपाधि जितेको हो । उपाधिसँगै सिर्सिया फुटबल क्बलले नगद ३० हजार रुपैयाँ पुरस्कार समेत प्राप्त गरेको �. . .
लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको सङ्ख्या तीन सातामा नै झण्डै चार लाख पुगेको छ । यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो । दुई वर्षयता नियमितरुपमा सेवा चालू नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ । कात्तिकभन्दा पहिलेस. . .