समाचार

घरको पर्खालसहित लडेर एक जनाको मृत्यु, एक जना घाईते

इनरुवा । सुनसरी कोशी गाऊपालिका ५ कुम्याई बस्ने मलसुहुदिन मियाको बन्दै गरेको नया घरको दोस्रो तल्लाको सिडीको पर्खाल लगाउने क्रममा पर्खाल नै सहित लड्दा एक जना मस्त्रिको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा ईनरुवा नगरपालिका १० जल्पापुरका ३७ बर्षीय ईशादिल अंसारी रहेका छन् । आज दिउसो १ बजे भएको सो �. . .


जापान सरकारद्वारा तीन लाखलाई ठाउँ छोड्न आग्रह

टोकियो जापानका विभिन्न ठाउँमा आँधीको रहेकाले ती ठाउँका बसिन्दालाई अन्यत्र जान सरकारले आग्रह गरेको छ । देशको हिरोशिमा, शिमान र एहिमलगायतका क्षेत्रका तीन लाख २०० भन्दाबढी मानिसलाई ठाउँ छोड्न सरकारले सोमबार आग्रह गरेको हो । आँधीको खतराका कारण जापानी एयरलाइन्सका त्यस क्षेत्रका ६३ ओटा उडान रद्द भएका �. . .


कोरोनाविरुद्धको खोपका लागि चिनियाँ राष्ट्रपतिको आग्रह

बेइजिङ कोरोनाविरुद्धको खोपको उपलब्धताका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ । उहाँले विश्वका देशहरुलाई यो खोप एकआपसमा सहयोग गर्न र आपसी सहयोगका साथ अघि बढ्न अपिल गर्नुभएको हो । अहिले पनि कोरोना भाइरस विश्वका देशमा प्रमुख चुनौतीकैरुपमा देखिएको र यसको. . .


भारतमा एक दिनमा थप ३५ हजार सङ्क्रमित

नयाँ दिल्ली भारतमा कोरोना भाइरसबाट एकैदिनमा थप ३५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३५ हजार ४९९ जना नयाँ सङ्क्रमित थपिएका हुन् । अघिल्ला दिनहरुको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा क्रमशः कम हँुदै आएको भारतको केन्द्रीय स्वास्थ्य मन्. . .


अभिभावकलाई दवावमा राखेर महानगरको निर्देशनलाई दोष थोपर्दै विराटनगरका निजी विद्यालय सञ्चालक

विराटनगर प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरी सञ्चालक रहेको एभरेष्ट स्कूल विराटनगरले विद्यार्थीसँग भर्ना, मासिक र वार्षिक शुल्क बुझाउन दवाव दिईरहेको अभिभावकको गुनासो छ । विद्यालयले अनलाइन परीक्षामा सामेल हुने विद्यार्थीलाई समेत सबै किसिमको शुल्क नबुझाएसम्म ‘एड्मिट कार्ड’ नदिने भन्दै दवा. . .


पर्वतमा बन्दै गरेको विश्वकै दोस्रो लामो जिपलाइन दशैँसम्म सञ्चालन हुने

पर्वत पर्वत सदरमुकाम कुश्मा बजारमा निर्माणाधीन विश्वकै दोस्रो लामो दाबी गरिएको जिपलाइन आगामी दशैँसम्म सञ्चालनमा आउने भएको छ । पर्वतका सात जना युवा व्यवसायीको करिब रु १३ करोड लगानीमा निर्माणाधीन जिपलाइनको ९० प्रतिशत काम सकिएको हार्नेश जिपलाइन प्रालिका निर्देशक राजकुमार बस्नेतले बताउनुभयो । उहाँ. . .


टोकियो ओलम्पिक सम्पन्न, ३३औँ ग्रीष्मकालीन ओलम्पिक पेरिसमा हुने

काठमाडौँ जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ । कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा आयोजना हुनुपर्ने टोकियो ओलम्पिक एक वर्ष ढिला भएको हो । जापानले कोरोना म�. . .


नारायणगढमा १२ तले प्लाजा निर्माणका लागि सम्झौता

चितवन भरतपुर महानगरपालिकाले सार्वजनिक निजी साझेदारीमा नारायणगढको लायन्स चोकमा १२ तले मेट्रो प्लाजा निर्माणका लागि निजी कम्पनीसँग सम्झौता गरेको छ । महानगरपालिका र आर्या बिल्डर्स एण्ड इञ्जिनीयरिङ प्रालिबीच भरतपुर मेट्रो प्लाजा निर्माणका लागि सम्झौता गरिएको हो । जिल्लाको प्रमुख शहर नारायणगढको म. . .


उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनेका खयरडाँगीका शिशुको उद्धार

झापा उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनेका मेचीनगर–१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई आइतबार उद्धार गरेर नेपाल ल्याइएको छ । आन्द्रा दोब्रिएर पेट फुलेका कारण शिशुलाई साउन १५ गते उपचारका लागि भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट अस्पतालमा लगिएको थियो । शिशुको अवस्. . .


तुइन प्रकरण ः ड्रोनका सहायतामा धामीको शव खोज्ने तयारी

दार्चुला सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको शव खोजी जारी राखेका छन् । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन् । यही साउन १५ गते तुइनबाट नदी तर्नेक्रममा उहाँ बेपत्ता हुनुभएको थियो । सुरक्षाकर्मीले व्यास गाउँपा�. . .


ट्रेन्डिङको शीर्ष स्थानमा प्रकास सपुतको ‘कुरा बुझ्न पर्च ’

बागलुङ गत शुक्रबार साँझ सार्वजनिक तीज गीत ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको छ । ‘प्रकाश सपुत’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोले सोमबार बिहानसम्ममा २१ लाख बढी ‘भ्यूज’ बटुलिसकेको छ । गायक/सर्जक प्रकाश सपुतको रचना-सङ्गीत रहेको सो गीतमा गायिका �. . .


पत्रकार आचारसंहितासम्बन्धी तीनदिने तालिम सम्पन्न

काठमाडौँ वाग्मती प्रदेशका क्रियाशील पत्रकारका लागि यही साउन २२ गतेदेखि सुरु गरिएको आचारसंहितासम्बन्धी तीनदिने तालिम आइतबार सम्पन्न भएको छ । तुलसादेवी हरिहर फाउन्डेसनले आयोजना गरेको सो तालिममा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका सबै जिल्लाका २४ क्रियाशील पत्रकारको सहभागिता थियो । तालिममा व. . .