समाचार

एसियाली राजमार्ग मापदण्डको बनाइँदै

भउचप्रसाद यादव काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य मार्गका रूपमा रहेकोे मुग्लिन–नागढुङ्गा सडक विस्तारका लागि कम्पनी छनोट प्रक्रिया अगाडि बढाइएको छ । तीन खण्डमा विभाजन गरी विस्तार गर्न लागिएको सो राजमार्गको पहिलो र दोस्रो खण्डको विस्तारका लागि सन् २०२२ को जनबरीसम्म कम्पनी छनोट. . .


पहिलो दिनमै १५ लाखको गणना

नगेन्द्र सापकोटा काठमाडौँ । राष्ट्रिय जनगणना–२०७८ बिहीबारबाट सुरु गरिएको छ । जनगणनाको पहिलो दिन राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीको विवरण सङ्कलन गरेर जनगणना शुभारम्भ गरिएको छ । पहिलो दिन बिहीबार. . .


प्रभु बैंकको शेयर कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको कारोबार रोक्का गरेको छ । बैंकले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजारमा बैंकको धितोपत्र कारोबार रोक्का गरेको हो । बैंकले गत मङ्गलबार कारोबार भइरहेको समय (दिउँसो १ देखि ३ बजे)मा बैठक बसी धितोपत्र कारोबार �. . .


स्वीट्जरल्याण्ड सरकारद्वारा नेपाललाई खोप हस्तान्तरण

नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले कोरोना भाइरसविरुद्धको एस्ट्राजेनिका खोप एक लाख ४४ हजार मात्रा उपलब्ध गराएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले सो खोप हस्तान्तरण गर�. . .


बेलायतमा एक दिनमा अझै पनि दैनिक ४० हजार नयाँ सङ्क्रमित

बेलायतमा अझै पनि दैनिक झण्डै ४० हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित हुने गरेका छन् । सरकारी अधिकारीहरुले पछिल्लो एक दिनमा ३९ हजार ३२९ जना नयाँ सङ्क्रमित थपिएको जानकारी दिएका छन् । सोही अवधिमा २१४ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको पनि अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । योसँगै बेलायतमा क�. . .


इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प

इन्डोनेसियामा बिहीवार भूकम्प गएको छ । देशको पूर्वी प्रान्त पपुवा बारातमा बिहीबार सवेरै भूकम्प गएको हो । भूकम्प सम्वन्धी निकायले ६.१ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ । ठूलो भूकम्प आएपनि आँधीको खतरा भने नरहेको अधिकारीहरुले जनाएका छन । त्यसैगरी अहिलेसम्म कुनै क्षतिको विवरण पनि नआएको उनीहरुको भना. . .


कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट

जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ । जसअनुसार देश सङ्क्रमित सङ्ख्या विश्व २५१,५३३,९९९ अमेरिका ४६,७९२,०८१ भारत ३४,४०१,६७० ब्राजिल २१,९०९,२९८ बेलायत ९,४५१,८८४ रूस ८,८०४,२९७ टर्की ८,३१७,३९४ फ्रान्स ७,३४६,३१७ इरान �. . .


कानेपोखरी गाउँपालिकाको बेथिति : पीडितको उपचार सिफारिस गर्ने बैठकको पनि भत्ता

विराटनगर । उपचारमा समस्या भएर सरकारलाई राहत माग्न पुगेका गरिबहरुको स्वास्थ्य उपचार सहयोगको सिफारिस गर्न बसेको बैठकको पनि भत्ता लिएको सुन्दा अचम्म लाग्ला । त्यो पनि जनप्रतिनिधिले । मोरङ कानेपोखी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले भने त्यस्तै खाले बैठकको पनि नियम विपरीत भत्ता बुझेको खुलेको छ. . .


इन्धनमा भएको मूल्य वृद्धिको विरोधमा ६ विद्यार्थी संगठन

विराटनगर । इन्धनमा भएको मुल्य वृद्धिको विरोधमा ६ विद्यार्थी संगठनले संघर्ष थालेका छन् । नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा इन्धनको मुल्य बढाएको भन्दै विद्यार्थी संगठनहरुले संघर्ष थालेका हुन् । बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै इन्धनको मुल्य वृद्धिको विरोधमा नेकपा माओवादी केन्द्र निकट . . .


शेयर बजारको ओरालो यात्रा कायमै

विराटनगर । शेयर बजारको ओरालो यात्राले बिहीबार पनि निरन्तरता पाएको छ । मंगलबार ८० अंकले घटेको नेप्से परिसूचक बिहीबार ५९.५७ अंकले घटेको हो । बुधबार छठपर्वको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द थियो । बिहीबार बजार खुलेपछि नेप्से परिसूचक ५९ दशमलव ५७ अंकले घटेर २ हजार ६ सय ९० दशमलव २९ मा झरेको छ । क वर्गका �. . .


जुनार उत्पादन बढ्ने भएपछि सिन्धुलीका किसान दङ्ग

बाबुराम देवकोटा रतनचुरा (सिन्धुली) । गत जेठ महिनामा परेको असिनापानीले जुनारका चिचिला झर्दा चिन्तित बन्नुभएका गोलन्जोर गाउँपालिका– ५ रतनचुरा निवासी जुनार किसान निर्मल रम्तेलको मन अहिले शान्त बनेको छ । जेठ महिनामा दुई पटक असिनापानी परेर जुनारका भर्खरका चिचिला सखापै पारेर बोटबाट झार्दा आम्दानी शून�. . .


संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा म्यानमारको हिंसाप्रति ‘गहिरो चासो’ व्यक्त

न्युयोर्क । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले म्यानमारमा हालै जारी रहेको अशान्तिको विषयमा बुधबार ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ । परिषद्ले तत्काल हिंसा अन्त्य र नागरिकहरुलाई हानी नपु-याउन सुनिश्चिताको प्रयास गर्न आह्वान समेत गरेको छ । सेना र रखाइन राज्यको विद्रोही समूहबीचको झडप भएको परिषदद्�. . .