समाचार

लिग चरणमा बिराटनगरको शत प्रतिशत नतिजा

पुस १०, २०७४ राजधानीमा जारी टिभिएस एभरेष्ट प्रिमियर लिग ईपिएल क्रिकेटमा बिराटनगर वारियर्सले आफ्नो अपराजित यात्रा जारी राखेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा आज काठमाडौं किङग्स एलेभेनलाई ८ रनले पराजित गर्दै बिराटनगरले लिग चरणमा शत प्रतिशत नतिजा हात पारेको हो । बिराटनगरले प्रस्तुत गरेको १ सय ४८ रनक. . .


झापामा बसको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु

झापा, पौष १० गते। झापाको मेचीनगर नगरपालिका-१० नेम्बाङ पेट्रोल पम्प नजिकै आइतबार बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्गमा काँकरभिट्टाबाट धरानतर्फ आउँदै गरेको को १ ख २२०३ नम्बरको बसले बाटो क्रस गर्न लागेको मे ६ प ६५८ नम्बरको मोटरसाइ�. . .


बेलबारीमा आगालगीबाट २ लाख बराबरको क्षति

मोरङ, पौष १० गते। बेलबारी नगरपालिका-९ स्थित सवापुर बस्ने चन्द्र बहादुर राईको १ तले गोठमा आइतबार आगलागी भएको छ। बेलुका ८;४० बजे अचानक लागेको आगोले उनको काठपात तथा अन्न समेत जल्दा अन्दाजी २ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीको टोली र स्थानिय मानिस�. . .


कमिसनको खेलले इ–रिक्सामाथि लगाम लगाउन खोजियो

इटहरी, ९ पुष पूर्वका विभिन्न शहरमा मुख्य राजमार्गमा विद्युतिय रिक्सा (सीटी सफारी) सञ्चालन गर्न ट्राफिक प्रहरीले रोक लगाएपछि विद्युतिय रिक्सा व्यवसायीले विरोध जनाएका छन् । पूर्वका दमक, विर्तामोड, इटहरी, दुहवी र विराटनगरका विद्युतिय रिक्सा व्यवसायीहरुको इटहरीमा आइतबार भएको भेलाले मुख्य राजमार्गमा व�. . .


विराटनगरको सडकको खाल्डोमा फेरि खस्यो गाडी

बिराटनगर पुस ९ , विराटनगरको सडकको दुरअवस्थाको कारण दैनिक दुर्घटना भइरहेका छन् । आज विराटनगरको जनपथ टोलमा केही बेर अघि (६ बजे) भारतीय नम्बरको गाडी फसेको छ । उक्त गाडीको अगाडिको भागमा ठुलो क्षति पुगेको गाडी चालकले आवर विराटनगर लाई बताए । उक्त घटनामा मानवीय क्षति नभएको जानकारी छ । यस अघि पनि उक्त खाल्डोमा स. . .


सप्तरीको राजविराजबाट एक किशोर बेपत्ता

राजविराज, पुस ९ गते । एक महिनादेखि सप्तरीको राजविराजबाट एक किशोर बेपत्ता भएका छन् ।राजविराज नगरपालिका वडा नं १२ निवासी बिजलीप्रसाद यादवका १३ वर्षीय छोरा मिथिलेश गत मंसिर ८ गतेदेखि बेपत्ता रहेको उनको परिवारले जनाएको छ । राजविराजस्थित लिटिल एन्जेल्स बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत उनी सिंगियौनस्�. . .


बिराटनगरको गौतमवुद्ध स्कुलमा आगलागी, ३ लाख बराबरको क्षति

मोरङ, पौष ९ ,  विराटनगर महानगरपालिका-१३ स्थित गौतम बुद्ध स्कुलको शैक्षिक सामाग्री राखेको भवनमा शनिबार आगलागी भएको छ। भवनको विधुत सर्ट भइ अचानक लागेको आगोले शैक्षिक सामाग्री तथा फर्निचर जल्दा अन्दाजी ३ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी तीन वटा दमकल तथा प्रहरी तालिम केन्द्र रानी, सशस्त्र प्रहर�. . .


बिराटनगरमा पनि ‘क्रिसमस’ को बिभिन्न कार्यक्रम हुदै

बिराटनगर, पुष ९ , इसाई धर्मावलम्बीको महान पर्व ‘क्रिसमस’ नेपालमा पनि धुमधामका साथ मनाउन थालिएको छ । बिराटनगरमा पनि अधिकांश होटल तथा रेस्टुरेन्टमा क्रिसमस ट्रीका अतिरिक्त आकर्षक प्रवेशद्वार निर्माण गरी ग्राहकलाई मनोरञ्जन दिन व्यवसायीहरू सक्रिय देखिएका छन् । बिराटनगरका पसल तथा होटेलहरुमा हप्ता दि. . .


विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर ब्राउनसुगर सहित पक्राउ

धरान स्थीत विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डक्टरहरु ब्राउनसुगर सहित पक्राउ परेका छन् । डाक्टर क्षितीज श्रेष्ठ ब्राउन सुगर खरिद गर्दै गर्दा २ पोका बराउन सुगरसहित रङ्गेहात पक्राउ परका छन् । डा. श्रेष्ठलाई बराउन सुगर विक्री गर्ने प्रतिष्ठानका ४ नम्बर मेस सञ्चालक दिनेश श्रेष्ठ र उज्जवल हल्. . .


बिराटनगरमा एनसेल मेला पुस १५ गते हुने

बिराटनगर पुस ९ . एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्ने र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन÷फोरजीको अनुभव प्रदान गर्ने उदेश्य सहित मेलाको आयोजना गरिरहेको छ । देशका बिभिन्न भागमा उक्त मेला आयोजना गरिदै आएको छ । बिराटनगरमा भने पुस १५ गते उक्त मेल. . .


विराटनगर महानगरपालिकाद्वारा दमकलको गलत प्रयोग !

सुमन सुस्केरा , विराटनगर, पुस ८ – विराटनगर महानगरपालिकाले धुलो नियन्त्रण गर्ने नाममा दमकलको दुरुपयोग बढाएको छ । विराटनगरमा धुलैधुलो भएको भन्दै सडकमा पानी हाल्नका लागि दमकलको प्रयोग गरेर महानगरपालिकाले दमकलको दुरुपयोग गरेको हो । आगलागी हुँदा नभई नहुने दमकल पछिल्ला दिनमा सडकमा पानी हाल्न प्रयोग भएको . . .


विराटनगर वारियर्सको इपीएलमा लगातार चौथो जित , आज भैरहवालाई ३५ रनले हरायो

बिराटनगर पुस ८ , टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले भैरहवा ग्लाडियटर्सलाई  ३५ रनले पराजित गरेको छ। अंशुमान रथको अर्धशतक मद्दतमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४९ �. . .