समाचार

विराटनगरमा कामदारलाई खुकुरी प्रहार गरी फरार भएका युवक सीमा क्षेत्रबाट पक्राउ

विराटनगर । विराटनगरको दुर्गा चोकमा आफ्नै घरका कामदारलाई खुकुरी प्रहार गरेर फरार भएका सक्षम सापकोटा नेपाल–भारत सीमा क्षेत्र नजिकबाट पक्राउ परेका छन्। विराटनगर–२ का अन्दाजी २८ वर्षीय सापकोटाले आफ्नै घरमा काम गर्दै आएका विराटनगर–१ का ५७ वर्षीय रमेश गुप्तालाई बिहीबार राति ८:३० बजेतिर खुकुरी हानेर फर�. . .


भोजपुरका सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले सात सय ५० किसानलाई कृषि सामग्री वितरण गरेको छ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यले यहाँका किसानलाई रु ५१ लाख बराबरको कृषि सामग्री वितरण गरिएको हो । गाउँपालिकाले किसानको मागको आधारमा ५० प्रतिशत अनुदानमा आवश्यक कृषि सामग्री वितरण गरेको गाउँपा�. . .


नयाँ वर्षमा ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रूट’ शुभारम्भको तयारी

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नयाँ वर्ष विसं २०८२ वैशाख १ र २ गते ‘रेडपाण्डा तथा थार महोत्सव’ गर्ने तयारी गरेको छ । नगरपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ लाई सफल पार्दै विश्वमै लोपोन्मुख वन्यजन्तको सूचीमा रहेको रेडपाण्डा र थारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले वडा नं २ �. . .


आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५० रुपैयाँ १७ पैसा, युके पाउन्ड स्टर्लिङ एक�. . .


यस्तो छ आजको मौसम

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशलगायत मुुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी, मधेस प्रदेशलगाय�. . .


पद्मकन्यामा नेविसंघलाई पाखा लगाउँदै सबै पदमा स्वतन्त्रको जित

काठमाडौं । पद्मकन्या क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा स्वतन्त्र उम्मेदवारले जित निकालेको छ । प्रमुख दलका भातृ संगठन नेविसंघ र अनेरास्ववियुलाई पाखा लगाउँदै सबै सिट स्वतन्त्र उम्मेदवारले जितेको हो । क्याम्पसको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार भुपेश्वरी ऐर ७३० मतका साथ विजयी भए�. . .


विराटनगरमा धारिलो हतियार प्रहारबाट एक जना गम्भीर घाइते

विराटनगर। विराटनगर ३ स्थित दुर्गा चौकमा आज(बिहीबार) बेलुका धारिलो हतियार प्रहारबाट एक जना घाइते भएका छन् । सप्तम सापकोटाले आफ्नै छिमेकी रमेश गुप्तालाई घरेलु धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। घाँटीमा धारिलो हतियार प्रहारबाट उनी गम्भीर घाइते भएका छन् । ग. . .


लस एन्जलस ओलम्पिक सन् २०२८ मा बक्सिङ पनि समावेश

कोस्टा नावारिनो, ग्रीस । आज (बिहीबार) १४४ औं अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) सत्रमा मतदानपछि बक्सिङलाई आधिकारिक रूपमा लस एन्जलस सन् २०२८ ओलम्पिक खेलकुदको कार्यक्रममा समावेश गरिएको छ । आईओसी कार्यकारी बोर्डले फेब्रुअरी २६ मा विश्व बक्सिङलाई अन्तर्राष्ट्रिय महासङ्घको रूपमा अस्थायी रूपमा मान्. . .


मिल्स गोल्डकप : उपाधि होल्डमा उदयपुरको फ्यूजन क्लब

विराटनगर । गाईघाटको फ्यूजन फुटबल क्लब विराटनगरमा जारी पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगरको जुट मिल खेल मैदानमा आज (बिहीबार) भएको पहिलो सेमिफाइलन खेलमा सुनसरी इटहरीको टीएफसी तालतलैयालाई ५–१ गोलअन्तरले पराजित गर्दै उदयपुर फाइनलमा पुगेको हो । उपाधि रक्ष. . .


रौतहट एसइई परीक्षाः ४ सय २४ थान मोबाइल बरामद

रौतहट । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षामा सामेल परीक्षार्थीले प्रयोग गरेका ४ सय २४ थान मोवाईल सेट परीक्षा अनुगमन समितिले बरामद गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षा अन्तर्गत आज(बिहीबार) अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त ज�. . .


विपिन जोशीको सुरक्षित रिहाइका लागि पहल, प्रधानमन्त्रीद्वारा टर्कीका राष्ट्रपतिलाई टेलिफोन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डोगनसँग आज टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारबाट प्रधानमन्त्री ओलीले संवाद गरी सो आ�. . .


विराटनगर जैन भवनमा सुरुभयो ढाका कपडा महोत्सव

विराटनगर । विराटनगरमा ढाका कपडा महोत्सव सुरु भएको छ । नेपालको मौलिक संस्कृति, परम्परा र पहिचानको पोशाकलाई बजारीकरण गर्नका लागि महोत्सव आयोजना गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघले कोशीले प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम लगायतका क्षेत्रमा उत्पादन हुने ढाकालाई तराईका बजारमा प्र�. . .