समाचार

बिराटनगरमा सशस्त्र प्रहरीको गाडीमा सुतली बम प्रहार

मोरङ, असोज २२ मोरङ जिल्लाको बिराटनगरमा बिहिबार राती सशस्त्र प्रहरीको गाडीमा सुतली बम प्रहार भएको छ। मोटरसाइकल चढेर आएका अज्ञात दुई जनाको समुहले बिराटनगर १८ स्थित जतुवा नहरमा सिमा सुरक्षा कार्यालय मोरङको टोलीलाई लक्षीत गरी सुतली बम फ्याँकी फरार भएका हुन्। नम्बर नखुलेको मोटरसाइकल चढी आएको दुई जना. . .


बिराटनगरमा आँखा शिबिर सम्पन्न

 बिराटनगर असोज २१ बिराटनगर मेट्रो लायन्स क्लब आयोजना र गोल्छा आखा अस्पतालको सहकार्यमा नर्सिङ क्याम्पस बिराटनगरमा आखा शिबिर सप्पन्न भएको छ। बिश्व दृष्टि दिवशको अबसरमा आयोजित उक्त कार्यक्रममा लायन राजन खत्री ,लायन बिजयहरि शर्मा लायन रेवत बाहदुर कार्की लायन सन्देश दास श्रेष्ठ नर्सिङ क्याम्पस प्रमु�. . .


आफ्नै साथीको घाँटी रेट्ने चारजना पक्राउ

झापा २१ असोज । आफ्नै साथीको घाँटी रेटेर हत्या गरेको अभियोगमा चारजनालाई प्रहरीले गएराति पक्राउ गरेको छ । पक्राउ पर्नेमा शनिअर्जुन नगरपालिका निवासी राम तामाङ, सोही ठाउँका राजेश खड्का, दीपक तामाङ र मिलन काफ्ले रहेका छन् । उनीहरुमध्ये राम तामाङलाई झापाको काँकडभिट्टा र अन्य तीनजनालाई शनिअर्जुन नगरपालिक�. . .


गए राति विराटनगर र नेपालगन्जको भन्सार नाका हुँदै इन्धन बोकेका ७२ वटा गाडी नेपाल प्रवेश

विराटनगर २१ असोज । पेट्रोलियम पदार्थको आयात बढ्न थालेको छ । गए राति विराटनगर र नेपालगन्जको भन्सार नाका हँुदै इन्धन बोकेका ७२ वटा गाडी भित्रिएका छन् । विराटनगर नाकाबाट डिजेलका ४२ वटा र पेट्रोलका ११ वटा ट्यांकर तथा ग्यासका १३ वटा बुलेट भित्रिएका छन् । यस्तै नेपालगन्ज नाका हुँदै ५ वटा पेट्रोलका ट्यांकर �. . .


ट्राफिक नियम उलङघन गर्ने जो कोहीलाई पनि नछाड्ने : एसपी पवन गिरी

ईटहरी २१ असोज । पूर्वाञ्चल क्षेत्रयि ट्राफिक प्रहरी कार्यालय इटहरीमा हालै नया प्रहरी प्रमुखको जिम्मेवार सम्हाल्नु भएका एसपी पवन गिरीले ट्राफिक नियम उलङघन गर्ने जो कोहीलाई पनि कडा कार्वाही गर्न तयार रहेको बताउनु भयो । सुनसरीको इटहरीमा आज पत्रकारहरुसंग कुराकानी गर्दै एसपी गिरीले यस्तो बताउनु भएको ह. . .


पहिरोले पुरिएर एकै परिवारका दुईको मृत्यु

तेह्रथुम, असोज २१ तेह्रथुम जिल्लाको खाम्लालुङ्ग गाविसमा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। घरमाथीबाट पहिरो खस्दा खाम्लुङ गाविस ६ बस्ने ४८ वर्षिय लोकेन्द्र कुरुङवाङ र निजको ८ वर्षिय छोरा संगम कुरुङवाङको घटनास्थलमै मृत्यु भएको हो। पहिरोमा परी �. . .


जोगबनीबाट हाल सम्म २२ पेट्रोल ट्यांकर आयो

बिराटनगर असोज २१ , बिगत २ हप्ता देखी भारतले लगाएको अघोसित नाकाबन्दीबाट देशका मुख्य नाका बन्द रहिरहेको अवस्थामा बिराटनगर जोगबनी नाकाबाट हाल सम्म २२ पेट्रोलका ट्यांकर भितृएका छन । आइतबार कुनै पनि ट्यांकर नभितृए पनि सोमबार १० पेट्रोल ट्यांकर , २० डिजेल ट्यांकर र १ हवाइ इन्धन त्यसैगरी मंगलबार १३ पेट्रोल . . .


सुकेटार विमानस्थल निर्माण कार्य विचैमा रोकियो

विराटनगर २० असोज । ताप्लेजुङको सुकेटार विमानस्थलमा भईरहेको निर्माण कार्य रोकिएको छ । मधेस बन्द र सिमा नाका नखुल्दा भएको ईन्धन अभावको कारण निर्माण कार्य प्रभावित बनेको हो । बिमानस्थलमा अहिले कालोपत्रेको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका ठेकदार बल थापाले जानकारी दिए । गत चैतमा नै सकिनुपर्ने भ�. . .


विदेशमा हात गुमाएकालाई उपचार खर्च

विराटनगर, २० असोज हेल्थ नेपाल सोसाईटी विराटनगरले भोजपुर घर भएका एक अपाङ्गगता भएका व्यक्तिलाई आर्थिक सहयोग गरेको छ । सोसाईटीले आज विराटनगरमा पत्रकार सम्मेलन गरी भोजपुर घर भएका २७ वर्षिय देवन राईलाई नगद ४० हजार ४ सय ४४ रुपैयाँ सहयोग गरेको हो । रोजगारीको सिललिमा मलेसिया पुगेका राई ३ महिना मै काम गर्ने क्. . .


विराटनगरमा भोली देखी तेस्रो गंगाविसन राठी स्मृती फुटबल प्रतियोगीता हुदै

  विराटनगर २० असोज । विराटनगरमा तेस्रो गंगाविसन राठी स्मृती पूर्वाञ्चल स्तरीय भेट्रान फुटबल प्रतियोगीता भोलिबाट सुरु हुने भएको छ । विराटनगर पोखरीया स्थित परोपकार घाटको खेल मैदानमा प्रतियोगीको तेस्रो संस्करण प्रतियोगिता सुरु हुने भएको हो । उद्योग व्यावसायी तथा समाजसेवी राठीको स्मृतिमा पोखरीयाक�. . .


झापा मोरङ र सुनसरीलाई कोचिला राज्य बनाउन माग

प्रेम देवान विराटनगर, २० असोज ÷ झापा मोरङ र सुनसरीलाई कोचिला राज्य माग गर्दै कोचिला संघर्ष समितिले विरोध सभा गर्ने भएको छ । समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गरी आउदो असोज २७ गते विरोध सभा गर्ने भएको हो । समितले आन्तरीम संविधानमा गरीएको सम्झौतालाई वेवास्था गर्दै ल्याएको संविधान आफुहरुलाई मान्य न�. . .


कक्षा १२ को नतिजा प्रकाशित

  आश्विन २०, २०७२- उच्च माध्यामिक शिक्षा परिषद्ले कक्षा १२ को मानविकी, व्यवस्थापन र शिक्षा संकायको नतिजा बुधबार (आज) प्रकाशित गरेको छ । परिषद्का अनुसार नियमित तर्फ १ लाख ६१ हजार ४ सय ५८ मध्ये ६४ हजार ५ सय ६७ जना अर्थात ३९.९९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ २ जनाको स्‍थगित, १ सय २१ जनाक�. . .