समाचार

बाढी प्रभावित क्षेत्रमा एनसेलको तीन दिन निःशुल्क भ्वाइस र डेटा सेवा

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलले रसुवा जिल्लामा बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनका लागि भ्वाइस तथा डेटा सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । कम्पनीका अनुसार प्रभावित क्षेत्रका सर्वसाधारणलाई तीन दिनको समयावधि रहेको १०० वटा एसएमएससमेत निःशुल्क उपलब्ध गराइनेछ । �. . .


भोटेकोशी र त्रिशूलीमा बाढीको जोखिम कायमै, नदीबाट टाढा रहन आग्रह

काठमाडौं । चीनतर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा बनेको ताल पूर्ण रूपमा नखुलेपछि भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको छ । नेपाल बाढी सूचनाले बुधबार दिउँसो १ः३५ बजे सूचना जारी गर्दै अर्को सूचना नआएसम्म भोटेकोशी र त्रिशूली नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह �. . .


तत्काल राष्ट्रिय शोक घोषणा गरेर उद्धार र राहतमा लागौं :महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले रसुवा क्षेत्रमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै तत्काल राष्ट्रिय शोक घोषणा गर्न सरकारसँग माग गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पौडेलले विपद्को यस घडीमा राज्यको सम्पूर्ण सामथ्र्य प्रयोग गरेर प्�. . .


बाढी प्रभावित पाँच जिल्लाका सांसदसँग प्रधानमन्त्री शाहको परामर्श

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न परिस्थितिलाई लिएर बाढीबाट प्रभावित क्षेत्रका सङ्घीय सांसदहरूसँग परामर्श गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित भेटघाटमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सङ्घीय �. . .


बाढी प्रभावितलाई आधारभूत औषधि र स्वास्थ्य उपकरणमा डब्ल्युएचओको सहयोग

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीबाट प्रभावितलाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउन लागेको छ । संगठनले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग कुराकानीपछि एक हजार जनालाई पुग्ने आधारभूत औषधि र स्वास्थ्य उपकरण पठाउन लागेको स�. . .


उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीबाट भएको धनजनको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बताएका छन् । उनले विपद्को यस घडीमा उद्धार र राहतको कामलाई तिव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षासहित सम्पूर्ण �. . .


भोटेकोशीमा बाढीको जोखिम कायमै , बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा फेरि बाढी आउन सक्ने जोखिम रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार चिनियाँ अधिकारीहरूले नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेको जानकारी दिएका छन्। बुधबार दिउँसो १ः३५ बजे प्राप्त सूचनामा ताल पूर्�. . .


बाढी साढे ३ बजे देवघाट आइपुग्ने अनुमान

काठमाडौं । चितवन–देवघाट बाढी मापन केन्द्रमा पानीको सतह बढेर करिब ८ मिटर पुग्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ। नेपाल बाढी सूचनाका अनुसार देवघाटमा हाल पानीको सतह ४.७६ मिटर रहेको छ। भोटेकोशीमा आएको बाढीको बहाव करिब दिउँसो ३ः३० बजे देवघाट क्षेत्रमा आइपुग्ने अनुमान गरिएको छ। प्रारम्भिक आकलनअनुसार �. . .


भोटेकोशी बाढीबारे मन्त्री महावीर पुनले दिए आठ बुँदे जानकारी

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबारे आठ बुँदे जानकारी दिएका छन्। मन्त्री पुनका अनुसार तिब्बतमा हिमताल फुटेपछि आएको बाढीले रसुवाको टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्रमा ठूलो क्षति पु¥याएको छ। उनले बाढीबाट करिब २०० मेगावाट क्षम. . .


बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि निःशुल्क टेलिफोन तथा इन्टरनेट सुवि. . .


रसुवामा बाढी : २३६ मेगावाट विद्युत् उत्पादन ठप्प, निर्माणाधीन ठूला आयोजनामा ठूलो क्षति

काठमाडौं । भोटेकोशी र त्रिशूली नदी जलाधार क्षेत्रमा आएको भीषण बाढीका कारण रसुवा जिल्लामा रहेका आठ प्रमुख जलविद्युत् आयोजना नराम्ररी प्रभावित भएका छन् । बाढीले सञ्चालनमा रहेका पाँचवटा आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द गराएको छ भने निर्माणाधीन अवस्थामा रहेका तीनवटा ठूला आयोजनाका भौतिक संर. . .


रसुवामा आएको बाढीका कारण सडकखण्डमा सवारी आवागमन बन्द

रसुवा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण विभिन्न सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ । नेपाल प्रहरीले दिएको सूचनाअनुसार बाढीका कारण पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ राजमार्गस्थित सडकखण्डमा सवारी आवागमन बन्द गरिएको हो । सडकको अवस्था सामान्य नभएसम्म सवारी आवागमन सञ्चालन नगर्न प्रहरीले आ�. . .