समाचार

कर्मठ, अनुशासित र इमानदार नागरिक तयार गर्न विद्यालय शिक्षाको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की

धरान (सुनसरी) । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारी बोध भएका कर्मठ, अनुशासित र इमानदार नागरिक तयार गर्न विद्यालयको शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । आज धरान उपमहानगरपालिका–१५ स्थित श्री शिक्षा सदन माविको ६९औँ वार्षिकोत्सव तथा . . .


बेलबारीमा दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी

सुन्दरहरैँचा (मोरङ) । बेलबारी नगरपालिकास्थित तमु बुद्धिष्ट गुम्बामा नेपाल ललितकला प्रतिष्ठानको आयोजनामा दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले गत वर्षदेखि सातै प्रदेशमा प्रादेशिक ललितकला प्रदर्शनीको सुरु गरेको छ । प्रदर्शनी फागुन २० गतेसम्म जारी रह�. . .


सङ्खुवासभाको खाँदबारीमा महिलाको शव फेला

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ पिप्लेमा एक महिलाको शव फेला परेको छ । खाँदबारी–८ पिप्लेस्थित आदर्श टोलमा ३० वर्षीया यमकुमारी ढकाल पोख्रेलले शव फेला परेको हो । आज बिहान ५ बजे ३० वर्षीया पोख्रेलले शव घरभन्दा पाँच सय मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाक. . .


युक्रेनी राष्ट्रपतिलाई तेस्रो विश्वयुद्ध निम्त्याउन खोजेको आरोप

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको भेटवार्ताको विश्वभर चर्चा चलिरहेको छ । जेलेन्स्कीले युक्रेनको दुर्लभ पृथ्वी खनिजहरूमा अमेरिकालाई पहुँच दिनको लागि सम्झौतामा हस्ताक्षर नगरी शुक्रबार ह्वाइट हाउस छाडेको विषयले निकै चर्. . .


सौन्दर्य कला व्यवसायी संघ विराटनगर महानगर कमिटीको अध्यक्षमा सविता थापा चयन

विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगर महानगर कमिटीको अध्यक्षमा सविता थापा चुनिएकी छन् । आज विराटनगरमा भएको भेलाले थापालाई अध्यक्षमा चुनेको हो। यसअघि कमिटीको अध्यक्ष जुली प्याकुरेल जिल्ला कमिटीको सचिव भएपछि महानगर कमिटीको अध्यक्ष पद खाली थियो। त्यसैगरी संस्थाको उपाध्यक्षमा प्रतिमा न्यौ�. . .


विराटनगरमा केआईसी इन्टर- कलेज हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

विराटनगर । लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाको आयोजनामा तथा हिसान मोरङ को सहकार्यमा सम्पन्न "केआईसी इन्टर - कलेज हाजिरीजवाफ प्रतियोगिता २०८१" शुक्रबार उद्योग संगठन मोरङको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।प्रतियोगितामा अर्किड कलेजले उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्न सफल भयो र रु. १६,१०० नगद, ट्र�. . .


रिंकु सदाका हत्यारालाई कारबाही नगरेको भन्दै लहानमा प्रदर्शन

सिरहा । नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइयाकी १७ वर्षीया किशोरी रिंकु सदाको सामूहिक बलात्कारपछि दुरुत्साहनपूर्ण हत्या भएको घटनामा दोषीहरु उपर कानूनी कारबाही गर्न ढिलाई भएको भन्दै मुसहर समुदायले प्रदर्शन गरेका छन् । मुसहर समुदाय सघर्ष समिति सिरहाद्वारा लहानमा शनिबार एक विशाल प्रदर्शनको आ�. . .


खेलकुद क्षेत्रमा अराजकता मच्याउनेले महोत्सवमा विवाद सिर्जना गर्न खोजे : सदस्य सचिव बस्नेत

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले खेलकुद क्षेत्रमा अराजकता मच्याउन खोज्नेले प्रथम कोशी खेलकुद महोत्सव - २०८१ मा विवाद सिर्जना गर्न खोजेको बताउनुभएको छ। शुक्रबार विराटनगर स्थित दिल्ली पब्लिक स्कूलको मैदानमा कोशो प्रदेशस्तरीय कराते प्रतियोगिताको उद�. . .


डिजेल र मट्टितेलको मूल्य घटयो, यस्तो छ मुल्य सूची

काठमाडौं । नेपाल आयल निगमले शनिबारदेखि लागु हुने गरि डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट फेब्रुअरी २८, २०२५ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यमा आधारित रहेर निगम सञ्चालक समितिको बैठकले घटाउने निर्णय गरेको हो । आईओसीब. . .


आज शून्य भेदभाव दिवस, समुद्री घाँस दिवस पनि आजै

काठमाडौँ । आज शून्य भेदभाव दिवस हो । समुद्री घाँस दिवस पनि आजै परेको छ । विश्वबाट सबै प्रकारका भेदभाव अन्त्य गर्ने तथा त्यसप्रति विश्वव्यापी ऐक्यबद्धता जनाउन संयुक्त राष्ट्रसङ्घको आह्वानमा शून्य भेदभाव दिवस मनाउन थालिएको हो । सोही विश्वसंस्थाको आह्वानमा समुद्रको पारिस्थितिक प्रणाली संरक्षणका न�. . .


देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया देखि अधिकांश बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्क�. . .


रिङ्कु सदालाई न्याय दिलाउन सहयोग गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुकुमारी सदाको घरमा पुगेर उहाँलाई न्याय दिलाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सामूहिक बलात्कारपीडित १७ वर्षीया किशोरी रिङ्कुलाई न्याय. . .