समाचार

सुनसरीमा आँप उत्पादन घट्यो

धरान (सुनसरी) । सुनसरी जिल्लामा यस वर्ष आँपको उत्पादनमा कमी आउँदा मूल्य बढेको छ । हुरीबतास र कीराले क्षति पुर्याएको कारण गत वर्षका तुलनामा यस वर्ष आँपको उत्पादनमा कमी आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “ कीराको जोखिम र हुरीबतासका का�. . .


अर्किड कलेजमा नौ सय ९७ जना विद्यार्थीले दिए प्रवेश परिक्षा

विराटनगर । विराटनगर-१० मा रहेको अर्किड कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई बिहिबार प्रवेश परीक्षा लिएको छ । कलेजमा भएको परीक्षामा विज्ञान, होटेल मेनेजमेन्ट तथा व्यवस्थापन संकायका गरी नौ सय ९७ जना विद्यार्थीले परीक्षा दिएका कलेजका प्रिन्सिपल सिएम श्रेष्ठले जानकारी दिए । प्रिन्सिपल श्रेष्�. . .


आन्तरिक उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्दैछौं : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले देशको आन्तरिक उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्ने सरकारको नीति रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित नेपालको कृषिको रूपान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले चालु बजेटमा आलु प्याज लगायतमा लगाएको भ्याट हटाई आन्तरिक उत्पादनलाई कर नीतिमार�. . .


राष्ट्रिय सभा बैठकमा बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिँदै

काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक सुरू भएको छ । बैठक बिहान ११ः१५ बजे संघीय संसद् भवनमा सुरू भएको हो । आजको बैठकमा बजेटका विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ । आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्. . .


राजश्री सेविंग्सको विराटनगर शाखा विरुद्ध प्रहरीमा उजुरी

विराटनगर । विराटनगर रंगेली रोडस्थित राजश्री सेविंग्स एण्ड क्रेडिट को–आँपरेटिभ सोसाइटी लि. सेवा कार्यालय विरुद्ध सेवाग्राहीले उजुरी दर्ता गरेका छन् । सुनसरीको दुहबी–९ का फिरोज आलमले किर्ते जाँलसाँझ गरेर ठगी गरेकोले अनुसन्धान गरेर कारवाही माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका हुन् ।. . .


सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख ४४ हजार ३ सय रूपैयाँमा कारोवार भएको सुन शुक्रबार १ सय रूपैयाँले बढेर १ लाख ४४ हजार ४ सय रूपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल �. . .


नेपालमा खुला शिक्षालाई प्राथमिकतामा राख्न सुझाव

अष्ट्रेलिया । जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन अष्ट्रेलिया च्याप्टरले आयोजना गरेको वेबिनारलाई सम्बोधन गर्दै नेपाल तथा प्रवासमा रहेका विज्ञहरुले नेपालमा सर्वसुलभ तथा गुणस्तरीय उच्च शिक्षाको विस्तारका लागि खुला शिक्षालाई बढावा दिनुपर्ने जनाएका छन्। नेपाल खुला विश्वविद्यालय (ओपन युनिभर्सिटी). . .


अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

काठमाडौं । पेनाल्टी सुट आउटमा इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । मेसीको पेनाल्टी बारमा लागेर फर्किएको अर्जेन्टिना पेनाल्टी सुट आउटमा ४–२ गोल अन्तरले विजयी भएको हो । निर्धारित समयमा १–१ को बराबरीमा खेल सकिएपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय भएक�. . .


लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो एमाले

काठमाडौं । केन्द्रमा संसदका दुई ठुला दल नेपाली कांगैस र नेकपा एमालले सत्ता सहकार्य गर्ने सहमति गरेसँगै केन्द्रीय राजनीतिको बाछिटा प्रदेश सरकारमा पर्न गएको छ । लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेका पाँच जना मन्त्रीले बिहीबार संयुक्त राजीनामा बुझाएका छन् । एमालेले मुख्यमन्त्�. . .


जनशक्तिको अभाव झेल्दै मौसम पूर्वानुमान महाशाखा

काठमाडौं । आधुनिक प्रविधिहरु भित्रिन थालेपछि नेपालमा मौसमको भविष्यवाणी मिल्ने गरेको मौसमविदहरुको धारणा छ । भू–उपग्रह (स्याटेलाइट) बाट प्राप्त बादलका तस्बिरबाट मौसमको पूर्वानुमान गरिन्छ । तर नेपालमा पर्याप्त प्रविधि र जनशक्तिको अभावमा प्रभावकारी काम गर्न नसकेको मौसमविदहरु बताउने गर्छन । मौसम �. . .


नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाली खेलकुदकै इतिहासमा एन्थ्रोपो मेट्रिक अनुसन्धान सुरु गरेको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अवधारणा अनुरुप अन्य मुलकुमा झै नेपालमा पनि खेलकुद विज्ञानमा आधारित रहेर ग्रासरुटदेखि नै खेलाडीको पहिचान गरी राष्ट्रलाई योगदान दिने भावी खेलाडीको प�. . .


सीटीईभीटीका विद्यार्थीहरूलाई उर्जा मन्त्रालयका परियोजनामा अप्रेन्टिसशिप मोडेलमा सहभागी गराउने समझदारी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयबिच सीटीईभीटी (प्राविधिक तथा व्यावसायिक शिक्षा परिषद्)का विद्यार्थीलाई कार्यस्थलमा आधारित सिपमूलक तालिमका लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस सम्झौताले सीटीईभीटी विद्यार्थीलाई ऊर्जा मन्त्राल�. . .