सुनसरी, आषाढ १८ गते। बिहीबार सुनसरी जिल्लाको बिभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी १३ जना घाइते भएका छन्। घाइते सबै जनाको अवस्था सामान्य रहेको छ। कोशी राजमार्गस्थित सुनसरीको धरान नगरपालिका ८ मा अपरान्ह साढे ४ बजे बस तल सडकबाट खस्दा चालकसहित ११ जना घाइते भएका छन्। घाइते सबैको विपी कोइराला स्वास. . .
सप्तरी, आषाढ १८ गते। सप्तरीको त्रिकोल गाविस ८ बरमझियास्थित एक पेडामा बिहिबार लागुऔषध बरामद भएको छ। प्रहरीले श्री बाबा बैधनाथ पेडा पसलबाट छापा मारी लागुऔषध नाइट्रोसन, स्पास्मोप्रोक्सिवन र कोरेक्स बरामद गरी पसल संचालक ३२ वर्षिय राजकुमार गुप्तालाईसमेत नियन्त्रणमा लिएको छ। उक्त पसलमा लागुऔषध बिक्. . .
बिर्तामोड । धर्मगुरु मोहनानन्द सुवेदी दोषी ठहरिएका छन् । कनकाई धाममा रहेको एक आश्रममा ६० वर्षीय सुवेदीले बालिकालाई बलात्कार गरेको आरोप लागेको थियो । जिल्ला अदालत झापाले बिहीबार जिल्ला न्यायाधीश पुण्येश्वरप्रसाद उपाध्यायको इजलासले सो फैसला गरेको हो । सुवेदीलाई जबरजस्ती करणीमा ६ वर्ष कैद सुनाइ�. . .
पाँच वर्षदेखि तलब बिनै क्याम्पस पढाउँदै मोरङ, असार १७– विद्यालय र कलेजमा पढाउँदा योग्यता अनुसारको पारिश्रमिक नपाएको धेरै शिक्षक÷प्राध्यापकको गुनासो हुने गरेको छ । तर मोरङ बेलबारीका एक प्राध्यापकले चाहिँ पाँच वर्षदेखि पारिश्रमिक नलिइकन क्याम्पसमा पढाइरहेका छन् । बेलबारी–३ का समाजसेवी ५० वर्षीय �. . .
उर्लाबारी असार १७ गते । दलित समन्वय नगर समिति उर्लाबारीले बिहीवार विपन्न दलित परिवारलाई सुंगुर हस्तान्तरण गरेको छ । २१ जना विपन्न दलित परिवार, पाथीभरा नागरिक सचेतना केन्द्रलाई उर्लाबारीको आईतवारेमा एक कार्यक्रमको आयोजना गरि एक एक वटा दरले सुंगुरको पाठा हस्तान्तरण गरिएको हो । यसरी सुंगुरको पाठा प�. . .
तेजन खड्का उर्लाबारी ः बक्राहा नदिमा आएको बाढीले बाध फुटाएर जलमग्न भएको मोरङको मधुमल्लाको स्थिती सहज हुँदै गएको छ । बाँध फुटाएर बस्तीतिर पसेको बक्राहा खोलो पुरानै धारमा फर्काइपछि स्थिती सहज बनेको हो । अस्थायी बाँध निर्माण गरेर बिहीबार खोला फर्काइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नि�. . .
बिर्तामोड । झापाको बिर्तामोडमा आगलागी नियन्त्रण गर्ने बारुण यन्त्र भित्र्याइएको छ । बिर्तामोड नगरपालिकाले बुधबार साँझमा बारुण यन्त्र ल्याइपुर्याएको हो । नेपाल सरकारको ६० लाख र नगरपालिकाको ८ लाख ९० हजार गरी ६८ लाख ९० हजारमा बारुण यन्त्र (दमकल) भित्र्याइएको छ । ५ हजार लिटर क्षमताको दमकल नेपाल सरका�. . .
झापा । मंगलबार राति परेको अविरल वर्षासँगै झापामा आएको बाढीले ८४५ परिवारलाई प्रभावित बनाएको छ । बाढीले २९ लाख बराबरको धनमालमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापाका मेची, बिरिङ्ग र कनकाई नदीमा आएको बाढीले सर्वसाधारणलाई प्रभावित बनाएको हो । विरिङ नदीले बाँध भत्काउँदा खुदु�. . .
इलाम, १६ असार, जिल्ला अदालत इलामले बलात्कार गरेको अभियोगमा पक्राउ परेका जिर्मले–६ का धनबहादुर घिमिरेलाई आज १० वर्ष लामो कारावास सजाय सुनाएको छ । जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले मुलुकी ऐन जबर्जस्ती करणी महलको १ नं। र ३ (१) बमोजिम कसुर गरेको ठहर गर्दै घिमिरेलाई १० वर्ष कैद र पीडितलाई २० हजा. . .
इलाम असार १७ । गयराती परेको घनघोर वर्षासंगै इलामको दक्षिणी गाविस शान्तिपुरमा ब्यापक क्षति पु¥याएको छ । भूकम्पले हल्लाएका कारण कमजोर भएका डाँडाहरु वर्षासंगै खसेपछि शान्पिुर ५ सिरिसेको धेरै घर जोखिममा परेको स्थानीय गणेश ढकालले जानकारी दिनुभयो । उहांका अनुसार ढकालको घर दुवै तर्फ पहिरो गएको र घरमा सम. . .
धरान, असार १६ : इलाका प्रहरी कार्यालय धरानले चेकजाँचलाई प्रभावकारी बनाउन थालेपछि विभिन्न अपराधमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् । मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झगडा गर्ने, समाजमा विकृति फैल्याउने र चोरी गर्नेहरु बढ्दै गएपछि असारको पहिलो साताबाट इलाका प्रहरी कार्यालयले जिल्ला ट्राफिक प�. . .
असार १६ बिराटनगर अविरल वर्षाका कारण मेची राजमार्गका विभिन्न ठाउँमा पहिरो गएको छ । मंगलबार रातिदेखि परेको वर्षाका कारण मेचीराजमार्गको हर्कटेदेखि कोल्बुङको किटेनीसम्मको क्षेत्रमा पाँच ठाउँमा पहिरो गएकाले बिहानैदेखि यातायातका साधन चल्न सकेका छैनन् । हर्कटेदेखि कोल्बुङसम्म गएका पाँच वटा पहिरोमध्�. . .