पुर्व

तीनतलेका किसानले व्यवसायिक चिराइतोखेतीबाट १२ लाखसम्म आम्दानी लिँदै

भोजपुर । षडानन्द नगरपालिका–१० तीनतलेका किसान बहुउपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा जुटेका छन् । चिराइतोबाट मकै, आलुलगायत बालीको तुलनामा राम्रो आम्दानी हुने भएपछि उनीहरु चिराइतोखेतीमा जुटेका हुन् । षडानन्द–१० साङपाङका वडाध्यक्ष पेमदोर्ची शेर्पाका अनुसार तीनतले क्षेत्रका एक सय २० बढी क�. . .


पाँचथर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

पाँचथर । पाँच वर्षभन्दा कम उमेरका सबै बालबालिकालाई आवश्यक खोप लगाएको सुनिश्चितता गरी पाँचथरलाई आज पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिले फिदिममा एक कार्यक्रम गरी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेको हो । जिल्लाभित्रका १५ महिना मुनि उमेरका सबै बालबाल. . .


सङ्खुवासभाको मनकामना धाममा २१६ किलोको घण्टी चढाइयो

खाँदवारी (सङ्खुवासभा) । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका–९ मा अवस्थित पवित्र धार्मिकस्थल मनकामना मन्दिरमा हालसम्मकै ठूलो तौलको घण्टी चढाइएको छ । अमेरिका निवासी सुरेन्द्र श्रेष्ठ दम्पतीले आफ्ना दिवङ्गत पितृहरूको सम्झनामा मन्दिरमा घण्टी चढाउनुभएको हो । घण्टीसँगै काठको घण्टाघर पनि निर्मा�. . .


चैते धान समर्थन मूल्यमा नबिकेपछि किसान निराश

भद्रपुर (झापा) । सरकारले चालु वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको भए पनि यहाँका किसानले तोकिएको मूल्यमा धान बिक्री गर्न नपाएको गुनासो गरेका छन् । सरकारको सक्रिय खरिद प्रक्रिया नहुँदा किसान दलाल र स्थानीय व्यापारीको भर पर्न बाध्य भएका छन् । सरकारले यस वर्षका लागि चैते धानको समर्थन मू. . .


हरित क्रान्तिमा तेह्रथुमका किसान

बबिता राई/रासस तेह्रथुम । फेदाप गाउँपालिका–६ का केशरबहादुर घिसिङको जमिनमा कुनैबेला ३० देखि ४० मनसम्म अलैँची फल्थ्यो । एक्कासी अलैँचीमा गानो कुहिने र छिर्के फुर्केजस्ता रोग लागेपछि बगान मासिँदा उत्पादन ठप्प भयो । आम्दानीको मुख्य स्रोत अलैँची मासिँदा उहाँमा चिन्ता थपिनु स्वाभाविक थियो । त्यहीबेला क. . .


झापाको मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि

झापा । झापाको मेचीनगर नगरपालिकाको घरपालुवा पशुहरूमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण देखापरेको छ । मेचीनगरको वडा नं २, ३, ७, ८, ९ र १४ मा ‘लम्पी स्किन’ र वडा नं ६ को बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’को सङ्क्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले ज�. . .


झापामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

भद्रपुर (झापा) । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कमल गाउँपालिका–३ सानो केर्खास्थित गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मृत्यु हुनेमा इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बिओपी)मा कार्यरत सशस्त्�. . .


विपद् उद्धार अभ्यासका क्रममा बेपत्ता भएका सुरक्षाकर्मीको खोजी जारी

धरान (सुनसरी) । विपद् उद्धार अभ्यासका क्रममा बिहिबार सप्तकोशी नदीमा बेपत्ता भएका दुई जना शसस्त्र प्रहरीमध्ये एकको शव फेला परेको छ भने बेपत्ता एक जनाको खोजी जारी छ । बेपत्ता भएका दन्तकाली विशेष कार्यतालिम शिक्षालय सप्तरीमा कार्यरत हरेदेव राजवंशीको शव शुक्रबार सप्तकोशी नदीको किनारमा फेला परेको जिल्�. . .


झापामा पोखरीमा डुबेर दुई बालकको मृत्यु

झापा । अर्जुनधारा नगरपालिका–११ स्थित नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर आज बिहान दुई बालकको मृत्यु भएको छ । मृतकहरू तेहथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकार�. . .


जिपी भवनः काम थाल्न तीन करोड

बनियानी (झापा) । झापा सदरमुकाम भद्रपुर नगरपालिका–८ चन्द्रगढीस्थित अलपत्र अवस्थामा रहेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृह (जिपी भवन) को निर्माण कार्य सुरु हुने भएको छ । करिब सात वर्षदेखि निर्माण कार्य रोकिएको जिपी भवनको निर्माण कार्य सुरु हुने भएको हो । भवन निर्माण कार्य अघि बढाउन शहरी विकास मन्त्. . .


भरुवा बन्दुक सहित २ जना पक्राउ

विराटनगर । मोरङको केराबारी गाँउपालिका–६ तामाङ टोल बस्ने २६ बर्षीय गणेश श्रेष्ठ र ३२ बर्षीय सन्तबिर तामाङलाई भरुवा बन्दुक सहित नियन्त्रणमा लिईएको छ । बिहीबार राती १०ः३० बजे इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले गणेश श्रेष्ठको घर कोठा भित्र लुकाई छिपाई राखेको एक नाल भरुवा बन्दुक फे. . .


बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको शव भेटियो

इटहरी (सुनसरी) । विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन भएको छ । उक्त टोलीले बेपत्ता भएका सशस्त्र प्रहरी जवान झापाका हरेदेव राजवंशीको शव सप्तकोशी किनारमा फेला . . .