पुर्व

कानेपोखरीमा मोटरसाइकल दुर्घटनामा सहायक हवल्दारको मृत्यु, श्रीमती र छोरा घाइते

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका ७ डाँस पुल स्थित पूर्व पश्चिम राजमार्गमा आज(शनिबार) राति भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। राति करिब ८ बजेको समयमा प्र १–०२–०४३ प २४७१ नम्बरको मोटरसाइकलमा छोरा र श्रीमतीसहित चौधरी पथरीबाट कानेपोखरीतर्फ आउँदै गर्दा डाइभर्सनम�. . .


पाँचथरको हेवा खोलामा बेलिब्रिज भाँचिदा छ कामदार घाइते, चार जनाको अवस्था गम्भीर

पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा छ जना कामदार घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आज(शनिबार) साँझ निर्माणाधीन बेलिब्रिज हिलिहाङ गाउँपालिकातर्फ टेकाउने क्रममा भाँचिएर खोलामा झरेको हो । करिब ७० मिटर लामो मोड. . .


सुन्दरहरैँचामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु

विराटनगर । सुन्दरहरैँचामा करेन्ट लागेर आज(शनिबार) बिहान श्रीमान–श्रीमतीको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–७ का ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी पत्नी ५२ वर्षीया फूलमाया लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सुन्दरहरैँचा–७ स्थित मदेली खोलाको पुलमुनि विद्युत प. . .


ओखलढुङ्गामा तिम्ल्याहा शिशुको जन्म

ओखलढुङ्गा । ओखलढुङ्गाको मोलुङ गाउँपालिका–६ श्रीचौर मङ्गलबारेकी ३२ वर्षिया हिरा तामाङले ओखलढुङ्गा सामुदायिक अस्पतालमा बिहीबार तिम्ल्याहा शिशुको जन्म दिनुभएको छ । अस्पताल भर्ना हुनुभएकी तामाङले बिहीबार बिहान तीन स्वस्थ शिशु जन्माएको अस्पतालका निर्देशक डा.रोशन खरेलले जानकारी दिनुभयो । निर्दे�. . .


कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कोदोको बिस्कुट उत्पादन, ‘ब्राण्डिङ’ र ‘प्याकेजिङ’सम्बन्धी तालिम दिएको छ । नगरपालिकाको रैथाने बाली कोदोखेतीलाई प्रवर्द्धन गर्दै स्थानीय युवा पुस्तालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले कक्षा–१२ को परीक्षा द. . .


‘ग्रेटर मुन्दुम’ पदमार्ग निर्माणले गति लिँदै

भोजपुर । ‘ग्रेटर मुन्दुम पदमार्ग’ निर्माणले तीव्रता पाएको छ । जिल्लाका दक्षिणी क्षेत्रका तीन स्थानीय तहमा पदमार्ग निर्माणले गति लिएको हो । सुनसरीको कोसी टप्पु, उदयपुरको बेलका नगरपालिकाको मैनामैनी, भोजपुर हतुवागढीको माइबेनी हसनपुर हुँदै सेल्मे, तावाभञ्ज्याङसम्म पदमार्ग जोड्ने लक्ष्यका साथ ग्रेटर. . .


गुन्द्री र पिरामा बसेर जनताको सेवा

चन्द्रकला भण्डारी\रासस झापा । मेचीनगर नगरपालिका–४ को कार्यालय पुग्दा वडाध्यक्ष अर्जुन कार्कीलाई कुर्सीमा होइन, गुन्द्री र पिरा(पिर्का)मा बसेको देख्न पाइन्छ । निर्वाचित भएदेखि अहिलेसम्म उहाँले कार्यालयमा रहँदा कुर्सी प्रयोग गर्नु भएको छैन । “म आफू गुन्द्री र पिरामै बस्छु, पाहुनालाई पनि त्यसमै बसाउ�. . .


किसानलाई धान रोप्ने उपकरण ‘राइस ट्रान्सप्लान्टर’ प्रदान

बनियानी । झापाको भद्रपुर नगरपालिकाले यहाँका दुई सहकारीलाई एक÷एक ‘राइस ट्रान्सप्लान्टर’ मेसिन (धान रोप्ने मेसिन) प्रदान गरेको छ । एनएमसी एग्रो फार्म भद्रपुर–९ लाई एउटा चार चक्के राइस ट्रान्सपलान्टर, छ हजार थान सिड ट्रे, एउटा प्याडी सिडर र पुष्पाञ्जली महिला कृषि सहकारी संस्था भद्रपुर–१ लाई एउटा चार चक�. . .


धार्मिक पर्यटन प्रवद्र्धन गर्न गुम्बा निर्माण

भोजपुर । षडानन्द नगरपालिका– १० तीनतलेमा ‘साम्तोलिङ’ बौद्ध गुम्बा निर्माण गरिएको छ । बौद्ध संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन क्षेत्रको विकासका लागि यहाँ बौद्ध गुम्बा निर्माण गरिएको हो । षडानन्द नगरपालिका– १० साम्पाङका वडाध्यक्ष पेमदोर्ची शेर्पा अनुसार तीनतलेमा केन्द्र सरकार, प्रदेश सरकार, . . .


धरानको एन्फा एकेडेमी : राष्ट्रिय खेलाडी जन्माउने थलो

सङ्गीता राई/रासस धरान (सुनसरी) । सङ्खुवासभामा जन्मिनुभएका रोजेश ओझाले बाल्यकालमै देख्नुभएको थियो बललाई लात्तीले हानेर धेरै टाढा पु¥याएको सपना । दैनिकजसो साँझ परेपछि साथीहरुसँग गाउँका गल्लीहरुमा फालिएका मोजा र थोत्रा कपडाले बनाइएका बल खेल्न उहाँका लागि रमाइलो मात्र बनेन, भविष्य निर्माणको अभ्यास प�. . .


अत्याधिक गर्मीका कारण इनरुवा र इटहरीका विद्यालयमा बिदा

इनरुवा (सुनसरी) । अत्याधिक गर्मीका कारण सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका क्षेत्रभित्रका विद्यालयमा तीन दिन बिदा दिइएको छ । आजदेखि यही जेठ ३० गतेसम्मका लागि बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले जानकारी दिनुभयो । मंगलबार नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर�. . .


हात्ती लखेट्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर एक जनाको मृत्यु

झापा । झापाको कचनकवल गाउँपालिका–७ मा हात्तीलाई छेक्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आफ्नै बारीमा लगाइएको विद्युतीय तारको करेन्टबाट ५७ वर्षीय किर्खनाथ खनालको मृत्यु भएको हो । हात्तीबाट अन्नबाल�. . .