पुर्व

मोरङमा ६५ प्रतिशतको हाराहारी मत खस्यो

विराटनगर । मोरङमा बेलुका ५ बजेसम्म ६५ प्रतिशतको हाराहारीमा मत खसेको छ । निर्वाचन आयोगको पूर्वनिर्धारित समयसम्म मोरङका धेरै स्थानमा मतदान जारी छ । प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीले दिएको जानकारी अनुसार जिल्लाभर अहिले पनि मतदान जारी छ । कुनै पनि मतदानस्थलमा अहिलेसम�. . .


नेपाली सेनाको सवारी र मोटरसाइकल एक आपसमा ठोक्किँदा झापामा एक जनाको मृत्यु

झापा । निर्वाचनको सुरक्षामा खटिएको नेपाली सेनाको सवारी र मोटरसाइकल एक आपसमा ठोक्किँदा झापामा आज एक जना व्यक्तिको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक अशोक जवेगूका अनुसार आज बिहान शिवसताक्षी नगरपालिका-११ स्थित सतासी खोलाको पुलमा नेपाली सेनाले चलाएको बा १ झ १०११ नम्ब�. . .


प्रदेश १ मा कति खस्यो मत ?

विराटनगर । मोरङ, झापा र सुनसरीमा करिब २५ प्रतिशतको मत खसेको छ । आइतबार बिहान करिब ११ : ३० बजेसम्म प्रदेश १ को धेरै मतदाता भएको मोरङ, झापा र सुनसरीमा करिब २२–३० प्रतिशतको मत खसेको सम्बन्धित जिल्लाका सुरक्षा अधिकारीहरूले बताएका छन् । देशकै सबैभन्दा धेरै मतदाता भएको मोरङ जिल्लामा २२ प्रतिशत मत खसेकोको प�. . .


पथरीमा निर्वाचनमा खटिएकी कर्मचारीले मत मागेपछि निकालियो

विराटनगर । निर्वाचनमा खटिएका कर्मचारीले मत मागेपछि मोरङको पथरी–३ जनता मावि ‘क’ मतदान केन्द्रका एक कर्मचारीलाई निकालिएको छ । मतदान गराउन खटिएकी कर्मचारी विनिता दाहालले गठबन्धनका उम्मेदवारका पक्षमा मत मागेपछि विवाद उत्पन्न भएपछि उनलाई निकालिएको हो । मत हाल्न पुगेकी कमला दाहालसँग विनिताले सत्ताग�. . .


मतदान गर्दा ख्याल गरौं, यस्तो क्रममा छ चार मतपत्र

विराटनगर । आइतबार आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उमेदवारका लागि निर्वाचन भईरहेको छ । मतदाता मतदान केन्द्रमा प्रवेश गरेपछि ४ वटा मतपत्रमा मत हाल्नुपर्ने हुन्छ । त्यसमध्ये पहिलो मतपत प्रतिनिधिसभातर्फका प्रत्यक्ष, दोस्रो मतपत्र प्रतिनिधिसभा समानुपातिक, तेस्रो मतपत प्रदेशसभा सदस्यतर्फको प्रत्य. . .


सुनसरीको बर्जुको नेरा माविमा बम विष्फोट

विराटनगर। सुनसरीको क्षेत्र नं.३ को बर्जु गाउँपालिका नेरामाविको मतदान केन्द्रमा बम विष्फोट भएको छ । बम विष्फोट भएपछी मतदाताको भागभाग भएको छ । मतदान केन्द्रमा अर्को पनि बम भेटिएकोले केही समयको लागि मतदान रोकिएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस्तै झापाको झापा गाउँपालिका–२ को कुवाडीद�. . .


बुढीगंगा–१ को मतदान केन्द्रमै पड्कियो शंकास्पद वस्तु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ करैया देवस्थल (ख) मतदान केन्द्र भित्रै शंकास्पद वस्तु विष्फोट भएको छ । मतदान केन्द्रमै शंकास्पद वस्तु विष्फोट भएपछि मतदाताको भागाभाग भएको थियो । निर्वाचन क्षेत्र नम्बर ६ अन्तर्गत पर्ने यो मतदान केन्द्रको बीच भागमा पड्कने वस्तु जमिनमुनी राखिएको अनुमान गरिएक�. . .


पाँचथरको एक मतदान केन्द्र नजिकै बम विस्फोट

पाँचथरको एक मतदान केन्द्रनिकट बम विस्फोट भएको छ । फिदीम नगरपालिका वडा नम्बर ४ मा रहेको सुखबोद मावि मतदान केन्द्रमा सुतली बम विस्फोट भएको हो । विस्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन । पत्रकार कृष्ण खनालले स्कुलको ग्राउण्डमा बनाइएको मतदान केन्द्रनजिकै सुतली बम विस्फोट भएको बताए । उनले घटनामा कुनै. . .


धनकुटामा नेकपा एमालेका नेता राजेन्द्रकुमार राईको गाडी नियन्त्रणमा

विराटनगर । नेकपा एमाले पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य धनकुटाका उमेदवार राजेन्द्रकुमार राईको गाडीमा मतदाता बोकेको भन्दै प्रहरीले नियन्त्रणमा लिइएको छ । पाख्रिबास–४ थाक्लेमा मतदाता बोेकिरहेको अवस्थामा गाडी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख लक्ष्मीराज अधिक�. . .


मोरङको बेलबारी नगरपालिकाको लालभित्तीमा शंकास्पद वस्तु फेला

मोरङको बेलबारी नगरपालिकाको लालभित्तीमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ। लालभित्तीमा एउटा टिनको बट्टाबाट तार बाहिर निकालेर छाडेको शंकास्पद वस्तु आइतबार बिहान करिब साढे ८ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए। �. . .


तेह्रथुममा प्रतिस्पर्धी उम्मेदवारले एकसाथ मतपत्र मतपेटीकामा खसाले

तेह्रथुमको प्रदेशसभा २ का उम्मेदवारहरुले एकसाथ मत खसालेका छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाई र नेकपा एमालेका उम्मेदवार तेजमान कन्दङ्वाले एकसाथ मतदान गरेका हुन् । दुबै उम्मेदवारले जिल्लाको जिल्लाको आठराई गाउँपालिकास्थित सरस्वती मावि होडा म�. . .


मोरङमा निर्वाचनको सम्पूर्ण तयारी पूरा

विराटनगर । मोरङमा निर्वाचनसँग सम्बन्धित सम्पूर्ण तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङले शनिबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर ३०६ मतदानस्थल ८३९ स्थायी र दुईवटा अस्थायी गरी ८४१ मतदान केन्द्रको सम्पूर्ण व्यवस्थापनको तयारी पूरा भएको जानकारी दिइएको हो । देशभर सबैभन्द�. . .