विराटनगर । प्रदेश १ मा आज ७१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३२४ महिला र ३९३ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार १८८ पुगेको छ । प्रदेश १ मा आज ३६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११८, सुनसरीमा ११७, झापामा १०५, धनकुटामा १०, इलाममा ६, उदयपुरमा २. . .
विराटनगर । आगामी तीन दिन नेपालको धेरैजस्तो स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको हाल तराई भू–भाग नजिक रहेकाले त्यस आसपास बढी वर्षा हुने अनुमान गरिएको छ । कर्णाली र सुदुरपश्चिम बाहेक बाँकी भागमा उच्च, मध्यम र सामान्य वर्षा हुने अनुमान गरिएको छ । . . .
बिराटनगर। झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागुऔषध ब्राउनसुगर र ट्याब्लेटसहित ३ जना पक्राउ परेका छन् । झापाको ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका(५ घर भई शिवसताक्षी नगरपालिका–९ बस्ने २२ बर्षीय निगम लिम्बुलाई लागुऔषध ट्याब्लेट सहित मंगलबार �. . .
मेचीनगर नगरपालिकाले नगरसभाबाट मेचे समुदायलाई ‘पहिलो जाति’ घोषणा गरेकोप्रति धिमाल र राजवंशी समुदायले आपत्ति जनाएका छन् । धिमाल र राजवंशी समुदायले कुनै खोज र अनुसन्धान नगरी मेचीनगर नगरपालिकाले मेचे समुदायलाई प्रथम जाति घोषणा गरेको आरोप लगाएका छन् । धिमाल समुदायको साझा प्रतिनिधित्व गर्दै आएको धिमा. . .
सनम रोका कानेपोखरी । गाउँका किसानका लागि वर्षभरी हातमुख जोर्ने जोहोको तम्तयारीका लागि रोपाँई सुरु भएका छन् । जीविकोपार्जनसँग जोडिएको रोपाँई समाज आधुनिकतातर्फ अघि बढेसँगै खेति घट्ने तर किसानीमा सहभागी भएको देखाउनेको संख्या दैनिक बढ्दै गएपनि गाउँमा भने असली किसानलाई भ्याईनभ्याई हुने गरेको हो । खे�. . .
कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका वडा नं। ५ स्थित भौसाबारीमा बसोवास गरिरहेका विपन्न २५ घरपरिवारलाई राहत वितरण गरिएको छ । सोही स्थानमा स्थायी बसोबास गरि हाल रोजगारको शिलसिलामा दक्षिण कोरियामा रहेका खडकबहादुर र मनमाया राईका छोरा कुराज राईले सो राहतको व्यवस्थापन गरेका हुन । करिब २० हजार बराबरको �. . .
विराटनगर । प्रदेश १ मा आज ४६३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१३ महिला र २५० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ४७१ पुगेको छ । प्रदेश १ मा आज ४२९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १६०, मोरङमा १२२, झापामा ९७, धनकुटामा १७, इलाममा ८, उदयपुरमा ६, संखुवासभा, भोज�. . .
विराटनगर । देश हल्लाउने ३३ केजी सुन प्रकरणको समयमा मोरङमा प्रहरी उपरीक्षककोे जिम्मेवारी सम्हाल्नु भएका डिआईजी अरुणकुमार बिसीले नेपाल प्रहरी अन्तर्गत प्रदेश १ को कमाण्ड सम्हाल्ने जिम्मेवारीमा पाउनु भएको छ । बुधबार प्रदेश प्रहरी कार्यालय विराटनगरमा आईपुग्ने र बिहीबारदेखि प्रदेश कमाण्ड सम्हाल्ने �. . .
दमक । झापाको दमकबाट लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गौरादह ५ वालुवथान का २६ बर्षीय विवेक लिम्वु र २२ बर्षीय शौरभ राईको साथबाट लागूऔषध ब्राउन सुगर २ ग्राम फे�. . .
इटहरी । घरमा बसीबसी तालिम लिन पाँउदा इटहरीका महिला दिदीबहिनी उत्साहित भएका छन । इटहरी उपमहानगरपालिकाले कौशी खेति गर्न चाहने महिला दिदीबहिनीलाई भर्चुअल प्रविधिवाट कौशी खेति सम्वन्धि तालिम प्रदान गरेको हो । कोरोना महामारीका कारण भेला भएर कार्यक्रम गर्न सम्भव नभएपछि कौशी खेति गर्न गठित सात वटा समूहक. . .
विराटनगर । धानमा आत्मानिर्भर प्रदेश १ का १४ जिल्लामा असारको १४ गतेसम्म १८ प्रतिशत रोपाँई सकिएको छ । प्रदेश १ मा ३ लाख ४० हजार ८२९ हेक्टर क्षेत्रफल धान खेतियोग्य मानिन्छ । यो क्षेत्रफलमध्ये ३ लाख २६ हजार हेक्टरमा गतवर्ष धान खेति गरिएको थियो । उच्च–मध्य पहाड तथा तराईमा उत्पादन भएको धान प्रदेशवासीले खपत �. . .
झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन् । कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०८९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका हुन् । झापा गाउँपालिकाले २० यूनिटभन्दा कम विद्युत् खपत गर्ने पालिकाभित्रका सबै नागरिकको शुल्क तिरिदिने अध्यक्ष जयनारा�. . .