मोरङको कानेपोखरी गाउँपालिकामा लुकीछिपी अवैधरुपमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी निरीक्षक दिलीपकुमार गिरी नेतृत्वको टोलीले कानेपोखरी–७ स्थित चालिसे बिघे भन्ने स्थानबाट नगद रु दुई लाख ८९ हजार ५३१ र चार बुक �. . .
रंगेली । मोरङ रंगेली जयनपुर टोल बस्ने ५५ बर्षीय रामप्रसाद मण्डलको करेन्ट लागेर मृत्यु भएको छ । खेतमा पानी पटाउन भनि मटर जोड्ने क्रममा अचानक बिधुत सट भई मण्डललाई बिहीबार करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमै मृत्यु भएको भनि आफन्तले प्रहरीमा खबर गरेपछि ईलाका प्रहरी कार्यालय रंगेलीबाट . . .
वर्षदिनका लागि खाद्यान्न जोहो गर्न लगाइएको धान उत्पादन वृद्धि गर्न चाहिने मल उपलब्ध नहुँदा यहाँका किसान चिन्तित भएका छन् । धानबालीका लागि आवश्यक पर्ने युरिया मल अहिले हाल्नु पर्नेमा उपलब्ध नहुँदा उनीहरु चिन्तित एवम् हतास देखिएका छन् । विराटनगर–८ मा रहेको कदमाहा कृषि सहकारीले किसानलाई विगत एक हप्त. . .
ढलान उप्किएर हिलाम्मे बनेको दिक्तेल–अस्पतालचोक–मात्तिम–टेम्मा सडकखण्डको दिक्तेलस्थित कुमारी चलचित्र भवन नजिकैको सडक । पूर्वाधार विकास कार्यालय उदयपुरको रु ४४ लाख छ हजार ३६८ लगानीमा ढलान गरिएको उक्त सडक सम्पन्न नहुँदै उप्किएको हो । तस्वीर: केदार मगर/रासस. . .
विराटनगर, १७ भदौ । राउण्ड टेबल नेपालले मोरङको टंकिसिनवरीस्थित एक विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड-१९ को महामारीको जोखिमबाट जोगिन राउण्ड टेबलले बुधबार एक कार्यक्रमको आयोजना गरी मोरङको बूढीगंगा गाउँपालिका वडा नम्बर २ स्थित लोटस सार्वजनिक विद्यालयलाई फेस मास्क, सेनिटाइजर हस्. . .
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १३७ कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये ३३ महिला र १०४ पुरुष छन् । थपिएका सङ्क्रमितमा सुनसरीमा ७१, मोरङमा ४७, झापामा ११, भोजपुरमा तीन, पाँचथरमा एक र प्रदेश बाहिरका चार जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाका अवधिमा सुनसरी. . .
खोटाङ्ग जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकाको रावाखोलाबाट उत्पादन गरिएको माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । उक्त गाउँपालिका–६ दिप्सुङ र वडा नं ७ सुङ्देलको सिमानामा पर्ने रावाखोलाबाट हालै उत्पादन गरिएको तीन मेगावाट क्षमताको जलविद्यु�. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले आज बुधबारदेखी जिल्ला भरी नै जारी गरेको जोर विजोर प्रणाली नियमबारे नागरिकले आफुहरुलाई जानकारी नभएको गुनासो गरेका छन् । कोरोना भाइरसको उच्च जोखिमलाई नियन्त्रण तथा रोकथाम गर्न जिल्ला प्रशासन कार्यलय मोरङले भदौ १६ गते सुचना जारी गर्दै जिल्ला भर जोर विजोर प्रण�. . .
झापाका १५ वटा स्थानीय तहमध्ये अर्जुनधारा नगरपालिका कछुवा संरक्षित नगरका रुपमा चिनिएको छ । विश्वमा नै अतिसङ्कटापन्न अवस्थामा रहेको कछुवालाई करिब आठ वर्षअघिदेखि उद्धार गरेर संरक्षणको कार्य शुरु गरेका कारण यो नगरपालिका कछुवा संरक्षित नगरका रुपमा चिनिन पुगेको हो । पानी र जमिन दुवै ठाउँमा बस्नसक्ने क. . .
विराटनगर । खोलाको अवैध उत्खनन् र नदीजन्य पदार्थ तस्करीमा प्रयोग गरिएका पाँचवटा ट्याक्टर शनिबार बिहान प्रहरीले गछिया खोलाबाट नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गछियाका नायव निरीक्षक (सई) बलदेव सुवेदीको नेतृत्वमा खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहैंचा नगरपालिका–३, ४, ६ वडास्थित खोला किनारबाट बालुवा. . .
ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । मङ्गलबार अपराह्न परेको चट्याङ लागेर फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुर्गा भट्टराईको ज्यान गएको हो । चट्याङ लागेपछि घाइते भएकी भट्टराईको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो । यसैबीच चट्याङकै कारण सिरिजङ्घा गाउँपालिका. . .
विराटनगर । कोरोना संक्रमणले भेन्टिलेटरमा पुग्नु भएकी विराटनगर ५ निवासी ७२ वर्षीया हिमादेवी पौड्याल २१ दिनपछि मगलबार घर फर्कनु भयो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट उपचारपछि घर फर्कदा उहाँको परिवार मात्रै नभई छरछिमेकमा खुशीको सीमा नै रहेन । कोरोना भाईरस विरुद्धको संघर्षमाथि वि�. . .