धरान । सुनसरीको धरान उपमहानगरपालिका–१३ अमरहाटबाट मंगलबार राति प्रहरीले ६ सय ९० किलोग्राम गाँजा बरामद गरेको छ । सरकारी नम्बर प्लेट भएका दुई गाडीहरूमा लुकाएर ओसारपसार हुँदै गरेको उक्त गाँजा प्रहरीको कडा निगरानीमा फेला परेको हो । प्रहरीका अनुसार, बा.१ झ ४६०५ नम्बरको स्कार्पियो गाडीबाट ३ सय ३० किलोग्�. . .
बनियानी (झापा) । झापाको हात्ती प्रभावित क्षेत्रमध्ये एक बिर्तामोड नगरपालिका–७ मा ‘एक घर, एक बत्ती अभियान’ सुरु गरिएको छ । जङ्गली हात्ती प्रभावित यस वडामा स्थानीयलाई रातिको समयमा हिँड्डुल गर्न र हात्तीबाट बच्न सहज होस् भन्ने उद्देश्यले अभियान सुरु गरिएको वडाध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिनुभय�. . .
फिक्कल (इलाम) । इलामको माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो लागेको छ । किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङ गाउँपालिका–५ स्थित माङसेबुङ (लारुम्बा)मा धार्मिक पर्यटकको घुँइचो लागेको हो । किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ७१औँ जन्मोत्सवका अवसरमा किराँत धर्मावलम्बी माङ�. . .
चन्द्रकला भण्डारी/रासस झापा । संसदीय समितिले सुपारीको डिअक्सिराइबोन्यूक्लिक एसिड (डिएनए) परीक्षण गरेरमात्र निर्यातको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका कारण यहाँको प्रमुख नगदेबाली सुपारी व्यापार अन्योलमा परेको छ । झापालगायत विभिन्न जिल्लामा वर्षौदेखि सुपारी उत्पादन हुँदै आएको छ । नेपालमा उ�. . .
झापा । मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रअन्तर्गत जिल्लाका चार पालिकाको साझेदारीमा एकीकृत विपद् व्यवस्थापन केन्द्र धमाधम निर्माण भइरहेको छ । अर्जुनधारा, बिर्तामोड, बुद्धशान्ति र कनकाईको साझेदारीमा अर्जुनधारा नगरपालिका–१ मा निर्माणाधीन उक्त परियोजनाको कुल लागत रु पाँच करोड २० लाख रहेको छ । �. . .
खोटाङ । बोल्न नसक्ने र कानसमेत नसुन्ने जनाउँदै सहयोग मागेर हिँडिरहेका अवस्थामा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले दुई युवालाई पक्राउ गरेको छ । शहीद लखन गाउँपालिका गाउँकार्यपालिका गोरखाले दीपेन्द्रकुमार शर्मा र सन्तोषकुमार शर्मालाई आर्थिक सहयोग गरी दिन भनी उपलब्ध गराएको नक्कली पत्रका आधारमा ऐसे�. . .
केदार मगर/रासस खोटाङ । यहाँको केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईको फार्ममा लटरम्मै किबी पाकिसकेका छन् । १२ वर्ष अघिदेखि किबीको व्यावसायिक खेती सुरु गर्नुभएका राई जिल्लाकै पहिलो किबी किसान हुनुहुन्छ । सुरुका वर्षमा प्रति केजी रु चार सय सम्मले बिक्री गर्नुभएका उहाँले यसवर्ष बोटमै किबी पाकिस. . .
बनियानी (झापा) । यहाँको कचनकवल गाउँपालिका विगत डेढ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कामकाज प्रभावित भएको कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले बताउनुभयो । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुभाषचन्द्र सुमन गत भदौ �. . .
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नमो नारायण माझी निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बलराम सरदार थारूलाई १ हजार ६३६ मतले पराजित गर्दै माझी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । माओवादीका माझीले ६ हजार ९६९ . . .
काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नविनकुमार वान्तवा राई निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँले नौ सय २३ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्. . .
भद्रपुर (झापा) । झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित हुनुभएको छ । आज भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार ओलीको चार सय ९३ मत प्राप्त गरी विजयी हुनुभएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार नेकपा (एमाले) का तुलाराम बस्ने�. . .
तेह्रथुम । तेह्रथुमको नगरपालिका वडा नं ८ को अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र लिम्बु निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँले चार सय ४० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत भीम निरौलाले जानकारी दिनुभयाे । लिम्बुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाल�. . .