इटहरी, २७ चैत। प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले २०७६ सालमा घरजम (बिहे) गर्ने बताएका छन् । जनतासँग मुख्यमन्त्री कार्यक्रममा मुख्यमन्त्री राईले छिट्टै यसबारेमा सवै कुरा थाहा हुने बताए ।कार्यक्रम मुख्यमन्त्री शेरधन राईसँगको कार्यक्रम जनतासँग मुख्यमन्त्री बैशाख एक गते बिहान प्रदेशका ३० वटा �. . .
झापा, २७ चैत । झापाको भद्रपुर नगरपालिका-५ बसपार्कबाट प्रहरी टोलीले लागूऔषध सहित आज एक जनालाई पक्राउ गरेको छ । लागूऔषध सहित उदयपुर बेलका नगरपालिका-५ बस्नेबर्ष २२ को बिरधन तामाङलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । प्रहरी टोलीले शंकास्पद अवस्थामा हिडिरहेकाे अबस्थामा तामाङलाई चेक�. . .
बिराटनगर चैत्र २७ , इटहरी इन्टरनेसनल कलेजमा गायक दिपक बज्राचार्यको सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । कलेजमा स्प्रिङ कार्निभल अन्तर्गत दिपक बज्राचार्य साथै रिदम ब्याण्डले कलेजमा प्रस्तुति दिएका थिए । मंगलबार आयोजना भएको उक्त कार्यक्रममा इटहरी इन्टरनेसनल कलेज साथै बिराटनगरको मेरिल्याण्ड कलेज�. . .
काँकडभिट्टा, २७ चैत । भारतको मेघालय र असामबाट नेपालमा आयात हुँदै आएको पत्थर कोइला, क्लिंकर र इन्धन आयात घटेको छ। राजस्व असुलीमा सबैभन्दा बढी योगदान पु¥याउँदै आएका ती वस्तुको आयात ह्वातै घट्दा राजस्व संकलनमा गिरावट आएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जानकारी दिए। पत्थर कोइला, क्लिंकर र इन्धनले �. . .
ताप्लेजुङ, २७ चैत । ताप्लेजुङको पाथीभराबाट फुङ्लिङ आउँदै गरेको पिकअप भ्यान मंगलबार राति दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइते मध्ये तीनजनाको अवस्था गम्भीर छ । पाथीभराको दर्शन गरेर फर्किएका भक्तजन चढेको मे १ ज १४८६ नम्बरको पिकअप भ्यान दुर्घटनामा परेको हो । भ्यानमा १४ जना सवार थिए । २ जना सकुशल र�. . .
तेह्रथुम, २७ चैत । लालीगुराँस नगरपालिका–४ का ४८ वर्षीय देवेन्द्र पौडेल छुर्पी बिक्रीबाट वार्षिक ५० लाख आम्दानी गर्छन्। २ वर्ष अघिदेखि व्यावसायिक छुर्पी उद्योग सञ्चालन गरी पौडेलले मनग्गे आम्दानी गर्न थालेका हुन्। करिब १४ वर्षसम्म वैदेशिक रोजगारीमा रहे पनि सोचेजस्तो कमाउन नसकेपछि निराश भएर आफ्नै �. . .
संखुवासभा । संखुवासभाका तीन वटा स्थानीय तहका विभिन्न स्थानमा खानेपानीको अभाव भएपछि स्थानीयहरु बसाई सर्न बाध्य भएका छन् । खानेपानीको हाहाकार भए पछि तीन स्थानीय तहका ४५ घर परिवारले गाँउ छाडेका हुन् । खानेपानी अभावकै कारण चैनपुर नगरपालिकाका १०, धर्मदेवी नगरपालिका २५ र पाँचखपन नगरपालिका १० का स्थानीय �. . .
सोलुखुम्बु, २६ चैत । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लामा निर्माणाधीन लोयर सोलु हाइड्रो कम्पनीको सुरुङभित्र ढुङ्गाले लागेर मंगलबार बिहान १ मजदुरको मृत्यु हुनुका साथै २ जना घाइते भएका छन् । बिहान साढे ४ बजे सुरुङभित्र काम गरिरहेका कामदारको समूहलाई माथिबाट खसेको ढुङ्गाले किच्दा भारतको . . .
ओखलढुंगा, चैत्र २६ गते । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-७ विगुटारमा सोमवार भीरबाट लडेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने बर्ष ३३ को लाक्पा दावा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुगाले जनाएको छ । शेर्पा दिउँसो घरबाट गाउँतिर जाने क्रममा सोही स्थानमा रहेको दोल्पु भीरबाट लडे. . .
मोरङ, चैत्र २६ गते । मोरङको धनपालथान गाउँपालिका-३ टिटैयाबाट प्रहरीले सोमवार लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । लागूऔषध सहित इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले मोरङ कानेपोखरी गाउँपालिका-५ बस्ने वर्ष २२ को इन्द्र निरौलालाई पक्राउ गरेको हो । भारतबाट नेपाल तर्फ आउँदै गरेको को २० �. . .
मोरङ, चैत्र २६ गते । मोरङको कटहरी गाउँपालिका-२ मा गए राती आगलागी हुँदा अन्दाजी २ लाख मूल्य बराबरको क्षति भएको छ । राती १२:१० बजेको समयमा मोहम्मद अन्जरको खाली जग्गामा सोही गाउँपालिका-३ बस्ने बर्ष-४५ मोहन ठाकुरले जग्गा भाडामा लिएर बाँस, जस्तापाता र प्लाईले बानएको कपाल काट्ने सैलुनमा बालेको दियोबाट आगलाग�. . .
ओखलढुङ्गा, चैत २६ गते । ओखलढुङ्गामा आयोजित पिके–देम्बा हाफ म्याराथनको उपाधि गोरखाका भीमबहादुर गुरुङ र प्यूठानकी हुमी बुढा मगरले जित्नुभएको छ । करीब चार हजार २०० मिटर उचाइमा रहेको सोलुखुम्बुको पिकेदेखि ओखलढुङ्गाको खिजीफलाटेसम्म भएको हाफ म्याराथनमा पुरुषतर्फ गोरखा जिल्लाका भीमबहादुर गुरुङ र महिल. . .