पुर्व

सुनसरीको विभिन्न क्षेत्रमा सूर्यमुखी फूलको व्यावसायिक खेती सुरु

इनरुवा, चैत १८ गते । सुनसरीको विभिन्न गाउँपालिका र नगरपालिका क्षेत्रका किसानले सूर्यमुखी फूलको व्यावसायिक खेती थालेका छन् । किसानले तेलका लागि उपयुक्त भएको भन्दै सूर्यमुखी फूलको व्यावसायिक खेती थालेका हुन् । जिल्लाको कोसी गाउँपालिका र बराह क्षेत्र नगरपालिकामा मौरी चरनका लागि सूर्यमुखी फूल उपयोग. . .


सुनसरीको श्रीलंका टप्पुकाे २ सय ३० बिघा ऐलानी जग्गा कारोबारीकाे कब्जामा

सुनसरी, १८ चैत । सुनसरीको श्रीलंका टप्पुमा जग्गा कारोबारीहरूले एकैपटक २ सय ३० बिघा ऐलानी कब्जा गरेका छन् । उनीहरूले पूर्व–पश्चिम कोसी बग्ने नदीउकास जमिन चलखेल गरी कब्जा गरेका हुन् । सुनसरीको बराह क्षेत्र नगरपालिकामा पर्ने उक्त जग्गा उनीहरूले चैत १३ देखि १६ सम्म ट्र्याक्टरहरू लगाएर जोतेका छन् । स्थ�. . .


भद्रपुरमा जेसीवी दुर्घटनामा परी सहचालकको मृत्यु

झापा, १८ चैत । झापाको भद्रपुरमा जेसीवी दुर्घटनामा परी सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका १० धाइजन निवासी अन्दाजी २१ बर्षीय विक्रम राजवंशी रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार भद्रपुर १ स्थित भैसावाडीमा बा १ क ५३७६. . .


मोरङको दाम्राभीट्टा इंङलिस स्कुल नयाँ स्वरुपमा ,गुणस्तरीय र अन्तरास्ट्रिय शिक्षा दिने प्रतिबद्धता

बिराटनगर चैत्र १८ , मोरङको रतुवामाई -८ मा रहेको दाम्राभीट्टा सेकेण्डरी इंङलिस स्कुल नयाँ स्वरुपमा संचालन हुने भएको छ । करिब १ दशक लामो इतिहास बोकेको उक्त स्कुल अस्ट्रेलिया तथा विराटनगरका अनुभवी तथा युवा प्राध्यापक सहितको सहभागितामा आगामी नयाँ शैक्षिकसत्रबाट संचालनमा आउन लागेको हो । स्कुल व्यस्था�. . .


सुनसरीमा भारतीय मोटरसाईकलको ठक्करबाट बालकको मृत्यु

सुनसरी, १७ चैत।  सुनसरीको हरिनगरा गाउँपालिका-६ घुस्की बजारमा  भारतीय नम्बरको मोटरसाईकलको ठक्करबाट  बालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको बिआर  ११ वाई  ९३१३   नम्बरको मोटरसाईकलले साईकलमा सवार सोही गाउँपालिका-७ बस्ने बर्ष १० का रेहान अन्सारीलाई  ठक्कर दिएको थियो । मोटरसाईकलको ठक्कर. . .


ओखलढुङ्गाको मानेभञ्ज्याङमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

ओखलढुङ्गा चैत्र १७  ओखलढुङ्गाको मानेभञ्ज्याङमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । तीनजना घाइते भएका छन् । हलेसीबाट काठमाण्डौका लागि छुटेको बा १६ च २२०६ नम्बरको जीप  मानेभञ्ज्याङको भँडारे खोलामा दुर्घटना हुँदा चारजना पुरुष र २ जना महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओ�. . .


‘स्प्रिङ’ सिजन सुरुभएसँगै सगरमाथा आधार शिविरबाट पदमार्ग निर्माण कार्य थालिए

सन्तोष राउत सोलुखुम्बु, चैत १७ गते । सन् २०१९ को ‘स्प्रिङ’ सिजन सुरुभएसँगै सगरमाथा आधार शिविरबाट पदमार्ग निर्माण कार्य थालिएको छ । सगरमाथा आरोहणका लागि बाटो बनाउन आङकामी शेर्पाको नेतृत्वमा गएको आइसफल डाक्टरहरुको टोलीले आधारशिविरबाट काम गरिरहेको छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेको आठ ज�. . .


झापामा भारतबाट अवैधरूपमा ल्याउदै गरेको यौनवद्र्धक औषधिसहित चार पक्राउ परे

सुरुङ्गा, चैत १७ गते । भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको १४ कार्टुन औषधिसहित प्रहरीले चार जनालाई दक्षिणी झापाको कचनकवल गाउँपालिकाबाट शनिबार राति नियन्त्रणमा लिएको छ । जाँचका क्रममा प्रहरीले कचनकवल गाउँपालिका–१ कुटीबाट यौनवद्र्धक औषधिसहित विभिन्न ब्राण्डका आयुर्वेदिक औषधि नियन्त्रणमा लिएक�. . .


नेपाल–बंगलादेश युथ सम्मेलनमा सडक सुरक्षा सम्बन्धि सचेतना

ईटहरी, १७ चैत । नेपाल बंगलादेश युवा सम्मेलनको अवसरमा हेल्पिङ युथ इटहरीले सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । नेपाल, बंगलादेश, भारत, अफगानिस्तान लगायत बिभिन्न देशका युवाहरूलाई नेपालको ट्राफिक नियम सम्बन्धि जानकारी दिएको छ । युवाहरूलाई सडक सुरक्षासम्बन्धी सचेतना अभिबृद्धि गराई सम. . .


मोरङको उर्लाबारीमा आइतबार प्रधानमन्त्री आउने भएपछि रातारात सडक पिच हुदै

विराटनगर चैत १६ । मोरङको उर्लाबारी स्थित मंगलबारेमा केन्द्रीय कार्यालय रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानको २५ औं रजतजयन्ती उद्घाटन गर्न आइतबार प्रधानमन्त्री जाने भएपछि रातारात बाटो कालोपत्रे भएको छ । प्रतिष्ठान छिर्ने ठाउँसम्म करिब तीन सय मिटर बाटोमा मात्र पिच थालिएको छ । पूर्व–पश्चिम राजमार. . .


संखुवासभाकाे भोटखोला गाउँपालिका कार्यालयमा आगजनी

संखुवासभा, १६ चैत । संखुवासभा जिल्लाकाे भोटखोला गाउँपालिका कार्यालयमा आगजनी भएको छ। आगजनीबाट  डेढ करोड बढीको क्षति भएको गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए। वडा नम्बर ३ को हटिया गोलामा रहेको गाउँपालिकाको कार्यालयमा मध्यरातमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  आगलागीबाट ग. . .


वुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा प्रहरी नियन्त्रणमा, बुहारीकाे धरानमा उपचार हुँदै

उदयपुर,  १६ चैत । उदयपुरको बेलका नगरपालिका-२ बानडाडामा खुकुरी प्रहारबाट एक जना घाईते भएका छन् । आज दिउँसो  सितु मान राईले आफ्नै  बुहारी बर्ष ३० की चन्दा राईसँग घरयासी  बिवादका क्रममा खुकुरी प्रहार गरी घाईते बनाएका हुन्। घाईते उनलाई उपचारको लागि बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान तर्फ ल्य. . .