पुर्व

१३ वर्षको उमेरमै आमा बनेकी ममतालाई थप उपचारकालागि काठमाडौं लगियो

सुनसरी । बाल विवाहपछि १३ वर्षको उमेरमै आमा बनेकी ममता मरिकको मुटुमा समस्या देखिएपछि थप उपचारकालागि काठमाडौं लगिएको छ । छोरी जन्माएको निहुँमा घरपरिवारबाट लखेटिएकी ममता कूपोषित नाबालिका छोरी सहित विराटनगरको नोबेल अस्पतालमा उपचाररत थिइन् । चिकित्सकहरुले मुटुमा गम्भीर समस्या देखिएकाले ममतालाई तत्�. . .


लगातारको वर्षाले सुनसरीका किसानले लगाएको मकै भित्र्याउन समस्या

इनरुवा, जेठ ४ गते । सुनसरीका किसानले लगाएको मकै भित्र्याउन समस्या देखिएको छ । लगातारको वर्षाले खेतबारीका नै मकै कुहिन थालपछि भित्र्याउन समस्या भएको किसानले बताएका छन् । किसानले गहँु छोडेर मकै बाली लगाएकोमा यस वर्ष वैशाखको सुरुदेखि नै लगातार जस्तो वर्षा भएकाले मकै भित्र्याउन समस्या भएको हो । जिल्लाक. . .


खोटाङमा हुँदै नभएका विद्यालयमा छात्रवृत्ति रकम !!

खोटाङ। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले खोटाङमा हुँदै नभएका विद्यालयमा अध्ययन गर्ने छात्र/छात्राको नाममा वैदेशिक रोजगार छात्रवृत्ति रकम पठाएको पाईएको छ । जिल्लामा हुँदै नभएको विद्यालयका कक्षा १ मा अध्यनरत कुमार बस्नेत, कक्षा ४ मा अध्ययनरत हरिबहादुर बस्नेत र कक्षा ८ मा अध्ययनरत सरिता बस्नेतका ना. . .


झापामा दलित भनेर बालकलाई भर्ना नदिएपछि विद्यालयमा तालाबन्दी

प्रदिप बस्नेत  झापा । इलाम नगरपालिका–५ बर्वोटेका अनाथ बालक विकास कार्की (डोली)लाई गुरुकुलले भर्ना लिन नमानेपछि संस्कृत विद्यालयमा तालाबन्दी गरिएको छ । शिक्षा क्षेत्रमा पनि जातीय विभेद गरिएको भन्दै नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनले विहीबार झापाको भद्रपुर ६ स्थित श्री कृष्ण दै्रपायन गुरु. . .


उदयपुरको कटारीमा ट्रिपर दुर्घटनामा सहचालकको मृत्यु 

उदयपुर, जेष्ठ ४ गते। उदयपुरको कटारीमा बिहिबार ट्रिपर दुर्घटना हुँदा सह-चालकको मृत्यु भएको छ भने ट्रिपर चालक गम्भीर घाइते भएका छन। कटारीबाट सोलुखुम्बु हाइड्रोपावरका लागी सिमेन्ट लिएर जादै गरेको ना ७ ख ६८०६ नम्बरको ट्रिपर बिहिबार दिउँसो १ बजेतिर कटारी नगरपालिका ११ गहुँबारीस्थित कटारी-घुर्मी सडक खण. . .


धनकुटामा भरुवा बन्दुकसहित दुई पक्राउ 

धनकुटा, जेष्ठ ४ गते । धनकुटाको साँगुरीगढी गाउँपालिका ६ बाट प्रहरीले एक थान भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ। जंगलमा चोरी शिकार गर्दै हिडेका स्थानीय बर्ष ३४ को फौदासिङ मगर र बर्ष ३५ को लाल बहादुर राईलाई इलाका प्रहरी कार्यालय भेडेटारको टोलीले बिहिबार राती लोड भएको भरुवा बन्दुकसहित पक्राउ ग. . .


प्राकृतिक सम्पदामा माफियाको दादागिरी, मोरङका खोलामा सबैको आँखा

विराटनगर, ३ वैशाख । खोलाको बिच बगर स्काभेटरले धमाधम खन्दै गरेको । अनी त्यही खनेको ठाउँमा सिधै टिप्परहरु पुगेर ढुङ्गा, गिट्टी र बालुवा बोकेर आउँदै गरेका यसैगरी चल्दै छ खोलाको बगर । अनी यही खोलाको बगरमा ठुला–ठुला घर भन्दा गहिरा खाल्डाहरु । त्यो खाल्डो भित्र सिधै छिर्छन टिप्परहरु । त्यहीँबाट भरी नदिनज्य �. . .


लहानबाट लागुऔषधसहित होटल सञ्चालक पक्राउ

लहान । प्रहरीले सिरहाको लहानबाट गएराति लागुऔषधसहित एक व्यवसायीलाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानस्थित विराटनगर बसपार्क नजिक होटल सञ्चालन गर्दै आएका लहान नगरपालिका–३ निवासी ३५ वर्षीय ज्ञानकुमार कामैतलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो । आफ्नै पसलबाट लागुऔषध बिक्री गर�. . .


सप्तरीमा ट्र्याक्टरबाट लडेर एक बालकको मृत्यु

राजविराज, जेठ ३ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–३ मा ट्र्याक्टरबाट लडेर एक बालकको आज बिहान मृत्यु भएको छ । तत्काल नाम ठेगाना खुल्न नसकेका १५ वर्षीय बालकको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ त ५५५९ नम्बरको ट्र्याक�. . .


रंगेलीमा सिटी सफारी रिक्सा चार्ज गर्नेक्रममा करेन्ट लागेर एकको मृत्यु

रंगेली नगरपालिका १ बबियाविर्ता बस्ने ४० वर्षीय नहेनश्वरी राजबंशीलाई सिटी सफारी रिक्सा चार्ज गर्नेक्रममा करेन्ट लाग्दा मृत्यु भएको छ। बुधबार साँझ रिक्साको ब्याट्री चार्ज गर्न खोज्दा करेन्ट लागेर घाइते भएकी नहेश्वरीलाई उपचारका लागी लैजानेक्रममा बाटैमा मृत्यु भएको हो। करेन्ट लागेर सोही ठाउँकी ३�. . .


प्रतिबन्धित हरिणको मासु सहित दुई युवा पक्राउ

झापा, ३ जेष्ठ । कानुनी रुपमा प्रतिबन्धित जंगली हरिणको मासुसहित झापामा दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ६ निवासी २९ बर्षीय टेकबहादुर लावती र मेचीनगर नगरपालिका १३ निवासी २१ बर्षीय सागर श्रेष्ठ रहेको जिल्ला वन कार्यालय झापाले जनाएको छ । लावतीको घरमा हरिणको मासु पकाउँदै गर�. . .


नेपाल विद्यार्थी संघ सिरहामा विवाद उत्पन्न

लहान, जेठ २ । नेपाल विद्यार्थी संघ सिरहामा दुई जनालाई अध्यक्षको जिम्मेवारी दिएपछि विवाद उत्पन्न भएको छ । संस्थापन पक्षका मानिने नेविसंघका केन्द्रीय सदस्य आशिष कार्कीले शीतल चौधरीलाई र नेता कृष्ण सिटौला पक्षधर मानिने माधव ढकालले मो. मुस्ताकलाई नेविसंघ सिरहाको अध्यक्ष पदमा मनोनित गरेको पत्र पठाएपछि. . .