कोशी

राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन मोरङमा भीड, घाममा घण्टौँ लाइन बस्न बाध्य

सोनु साह, विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङमा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको भीड दिनप्रतिदिन बढ्दै गएको छ। सरकारले साउन १ गतेदेखि विभिन्न सरकारी सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि कार्यालयमा बिहानैदेखि सेवाग्राहीको लामो लाइन लाग्ने गरेको हो। राष्ट्रिय परिचयपत्र ब�. . .


विराटनगरमा विशेष बालबालिका व्यवहार सहजीकरण तालिम सुरु

विराटनगर । मानव व्यवहार एवम् समस्यामूलक व्यवहारको सूक्ष्म बुझाइ र विशेष आवश्यकता भएका बालबालिकाहरूको व्यवहार सहजीकरणका विराटनगरमा दुई दिने तालिमको आयोजना गरिएको छ । तालिममा विशेष सहजीकरण आवश्यकता भएका बालबालिकाहरूको शिक्षा, थेरापी, व्यवहार व्यवस्थापनको विषय उठाइएको छ । रत्ना होटल विराटनगरमा बि�. . .


विराटनगरमा असोज २२ देखि ३० गतेसम्म ‘विराट ट्रेड फेयर २०८३’ आयोजना हुने

विराटनगर । विराटनगरमा आगामी असोज २२ गतेदेखि ३० गतेसम्म ‘विराट ट्रेड फेयर २०८३’ आयोजना हुने भएको छ। विराट व्यापार संघको आयोजनामा विराटनगर–७ स्थित जैन भवनमा दोस्रो संस्करणको ट्रेड फेयर आयोजना गर्न लागिएको हो। उद्योग तथा व्यवसाय क्षेत्रको विकास र प्रवर्द्धनसँगै स्वदेशी उत्पादन, कृषि, पर्यटन, ऊर्जा त�. . .


नेपाल विकासशील मुलुकमा स्तरोन्नती हुँदा आउनसक्ने चुनौतीमाथि छलफल

विराटनगर । नेपाल अल्पविकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति हुँदै गर्दा नेपाली उद्यम तथा व्यवसायमा पर्न सक्ने प्रभाव, अवसर र चुनौतीबारे उद्यमीलाई जानकारी गराइएको छ । त्यसका लागि बुधबार विराटनगरमा आयोजित कार्यशालालाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध�. . .


मोरङ कारागारको ‘बी’ ब्लकमा सर्च : १० लाखभन्दा बढी रकम र ८ वटा फलामे रड बरामद

विराटनगर । जिल्ला कारागार मोरङको ‘बी’ ब्लकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा सर्च गर्दा १० लाख ३ हजार १ सय ५५ रुपैयाँ र ८ वटा फलामे रड बरामद गरेको छ। बिहीबार दिउँसो गरिएको संयुक्त सर्चका क्रममा उक्त रकम र फलामे रड बरामद भएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालले जानकारी द. . .


जाँचपासमा भेटियो प्लाष्टिक गन, प्रहरीले गरिरहेछ अनुसन्धान

विराटनगर । विराटनगर भन्सार कार्यालयमा जाँचपासका क्रममा फेला परेको एउटा प्लाष्टिकको बन्दुक (प्लाष्टिक गन) प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । भन्सार अधिकारीका अनुसार विषय सामान्य नै भएपनि यो गनमा उल्लेखित चेतावनीपूर्ण विवरणमा लोड भएको गोलीले लागेमा मान्छेको मृत्यु हुनसक्ने उल्लेख थ. . .


विरेन्द्र सभागृह : जेनजी आन्दोलनमा जल्नबाट बच्यो, कोशी प्रदेशको संसद बन्यो

विराटनगर । गतवर्ष भदौ २४ गते जेनजी आन्दोलनको नाममा मोरङका धेरै सरकारी संरचना ध्वस्त भए । सरकारी मात्रै नभई व्यापारिक र होटलमा समेत आगजनी भयो । भदौ २३ गतेको शान्तिपूर्ण आन्दोलनमा सरकारले बल प्रयोग गरेको प्रतिरोधमा भदौ २४ गते आन्दोलनकारीले सरकारी संरचनामा आगजनी गरेर प्रतिरोध जनाएका थिए । त्यहि निशाना�. . .


जनताको समस्या, जनताकै आवाज र जनताकै सडकबाट

विराटनगर । जनताकै सडकबाट देखाउने क्रममा आज हामी पुगेका छौँ, विराटनगर महानगरपालिका–१ स्थित भट्टा चौक पूर्व, समता स्कुलको खाली चउरी उत्तरतर्फ जाने सडकमा । दैनिक घर, कार्यालय, विद्यालय तथा अस्पताल आउजाउ गर्ने स्थानीयको मुख्य बाटो अहिले हिलाम्मे बनेको छ । सडकको अवस्था दयनीय भएपछि स्थानीयवासी आक्रोशित ब�. . .


कोशी प्रदेशका युवा भन्छन् : परिवर्तनको आशा जीवितै, अहिले नै सरकारको ‘जज’ नगरौं

विराटनगर । सुशासन, भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सुरु भएको जेनजी आन्दोलनको एक वर्ष पूरा भएको छ । २०८२ भदौ २३ गतेदेखि सुरु भएको आन्दोलनका क्रममा देशभर ठूलो जनधनको क्षति भयो । त्यस क्रममा ज्यान गुमाउनेमध्ये कोशी प्रदेशका मात्रै ११ जना रहेका थिए । सरकारले ०८२ कात्तिक १७ ग. . .


अलैँची सुकाउँदै किसान (तस्बिरसहित)

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३, साँघुमा किसानले भट्टीमा अलैँची सुकाउँदै । कालो सुनका रूपमा परिचित अलैँची मंगलबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा प्रतिमन (४० किलो) ८५ हजार रुपैयाँका दरले कारोबार भइरहेको छ । ताप्लेजुङको प्रमुख नगदे बालीका रूपमा रहेको अलैँची यहाँका किसानको आम्दानीको . . .


भोटेकोशी बाढीमा हराइरहेका १० जनाका आफन्तले सोलुखुम्बुमा दिए डीएनए नमुना

सोलुखुम्बु । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण हराइरहेका तथा हालसम्म आफन्तको सम्पर्कमा नआएका नागरिकको पहिचानका लागि सोलुखुम्बुका १० जना हराइरहेका व्यक्तिका आफन्तले डीएनए परीक्षणका लागि नमुना दिएका छन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण आफन्तजन फेला नपरी हराइरहेका �. . .


आजको मौसम अपडेटः कोशी प्रदेश सहित देशका विभिन्न स्थानमा भारी वर्षा हुने

विराटनगर । आज कोशी सहित बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा भने मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू(भाग, कर्णाली प्रदेशको पहाडी भू(भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू(भागको एक(दुई स्थानमा भारी वर. . .