विशेष

सुनको मूल्यमा रेकर्ड, विराटनगरका सुन पसलमा सुनसान

सोनु साह विराटनगर । नेपालमा सुनको मूल्यले हालसम्मकै उच्च बिन्दु छोएपछि देशभरका सुनचाँदी व्यवसायीहरु चिन्तित बनेका छन्। बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मको सबैभन्दा उच्च दर हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलन�. . .


विराटनगर किंग्सले “ड्रिम टु प्ले” क्रिकेट प्रतियोगिता कोशी प्रदेशमा गर्दै

विराटनगर । विराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा उदयीमान खेलाडीहरूको प्रतिभा प्रदर्शनका लागि “ड्रिम टु प्ले टुर्नामेन्ट” क्रिकेट प्रतियोगिताको घोषणा गरेको छ। कोशी प्रदेशका पाँच जिल्लाहरू झापा, मोरंग, सुनसरी, उदयपुर र इलामका अण्डर–२३ टोलीहरू सहभागी हुने यस प्रतियोगिता टि–ट्वेन्ट�. . .


जेनजी शहीद परिवारले मागे तीनवटा मन्त्रालय, मन्त्रीमा तीन जनाको नाम प्रस्ताव

काठमाडौं । जेनजी शहीद परिवारले सरकार समक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहीबार राजधानीमा शहीद परिवार संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी शहीदको रगतबाट बनेको सरकारले आफूहरुलाई नै वेवास्ता गरेकाले खबरदारीका लागि भएपनि आफूहरुको उपस्थिति क्याविनेटमा जरुरी भएको बताएका हुन् ।सहिद श्री�. . .


अन्तराष्ट्रिय स्तरको साउण्ड सिस्टममा विराटनगरमा “चौथो म्युजिकल फेष्टिभल” लाईभ कन्र्सट हुदै

प्रेम देवान विराटनगर । विराटनगरका संगीतप्रेमी युवाहरूमाझ खुशीको माहोल छाउदैछ असोज ३१ गते शुक्रबार । पहिलोपटक युवा पुस्तामा अत्यन्तै लोकप्रिय स्वर र पूर्ण राई एण्ड दाजुभाई टिम विराटनगरमा लाइभ प्रस्तुति दिने भएका छन् । विराटनगरमा विगत ४ बर्षदेखी निरन्तर यस्ता साँगितिक कार्यक्रम गराउदै आएको लाइ�. . .


जहदा गाउँपालिकाद्वारा अस्थायी तथा करार कर्मचारीको नियुक्ति र सम्झौता रद्द

विराटनगर । जहदा गाउँपालिकाले अस्थायी तथा करार कर्मचारीसँग आगामी असोज ३१ गतेदेखि लागुहुने गरी नियुक्ति र करार सम्झौता रद्द गरिएको जानकारी दिइएको छ । जहदा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रोशन कुमार गुप्ताको हस्ताक्षर भएका सार्वजानिक सूचना असोज २१ गते प्रकाशित गरिएको छ । जसमा ‘नेपाल सरकार, प्रदेश. . .


युद्धबिरामसँगै विपिन जोशी फर्कने परिवारमा आस, दुईवर्ष पुरानो भिडियो दवावका लागि सार्वजानिक

विराटनगर । इसराइल र हमासबीच युद्धविराम सम्झौता भएको छ। इजिप्टमा सोमबारदेखि जारी अप्रत्यक्ष वार्तापछि बिहीबार बिहान युद्धविराम सम्झौता भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसलाई अझै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर इसराइल र ह�. . .


रेकडब्रेक गर्दै सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले रेकडब्रेक गर्दै हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ । बिहीवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हाल सम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार २ सय �. . .


क्षतिग्रस्त विपी राजमार्ग जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउन निर्देशन

काठमाडौं । बाढीपहिरोले क्षतिग्रस्त बनाएको विपी राजमार्गलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउनेगरी काम गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सडक विभाग र निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । बिहीबार विपी राजमार्गको अनुगमनमा गएका उनले संघीय �. . .


ओली, देउवा र प्रचण्डलाई पक्राउ गर्न दुर्गा प्रसाईंको माग

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, आरजु राणा र अन्य सार्वजनिक नेताहरूलाई तुरुन्त पक्राउ गर्न माग गरेका छन् । विहीबार सामाजिक संजालमा आफ्ना धारणाहरु राख्दै उनले शीर्ष नेताहरुलाई पक्राउ गरी उठेका आरोपहरुलाई कानूनी प्रक्रिया अनुसार छिट्टै अगाड. . .


आज असोज २३ गते जेनजी आन्दोलन भएको एक महिना पुरा

विराटनगर । नेपालमा गत भदौ २३ र २४ गते देशभर फैलिएको जेनजी आन्दोलन भएको आज एक महिना पूरा भएको छ। युवापुस्ताको नेतृत्वमा सुरु भएको उक्त आन्दोलनले देशको राजनीतिक परिदृश्यमा ठूलो प्रभाव पारेको छ। आन्दोलनकै प्रभावस्वरूप तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पतन भई हाल पूर्वमुख्य न्याय�. . .


आज विश्व हुलाक दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौँ । ‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नाराका साथ आज विश्वका विभिन्न राष्ट्रमा विश्व हुलाक दिवस मनाइँदै छ । सन् १८७४ मा स्विजरल्याण्डको राजधानी बर्नमा विश्व हुलाक सङ्घको स्थापना भएको वार्षिकोत्सवका रूपमा प्रत्येक वर्ष अक्टोबर ९ मा यो दिवस मनाइन्छ । सन् १९६९ मा जापानको टोकियोमा आयोजित विश्व �. . .


बाढी र पहिरोले भत्काएका नागरिकका घर कोशी प्रदेश सरकारले पुननिर्माण गर्ने

विराटनगर। कोशी प्रदेश सरकारले असोज १८ र १९ गते परेको वर्षापछि आएको बाढी तष पहिरोले भत्किएका घर पुननिर्माण गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाउने निर्णय गरेको हो। विपदमा सबैभन्दा ब�. . .