विशेष

मुख्यमन्त्री थापा भन्छन् : विश्वासको मत लिने सम्भावना देखिएन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिने सम्भावना नहरेको बताएका छन् । विराटनगरस्थित होटल स्टर्नस्टारमा आयोजित सर्वदलीय बैठकपछि संचारकर्मीसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् । आफैंले बोलाएको बैठक उपसभामुखले दिएको समय रहेको बताउदै उनले भने,‘ उहाँ नै अनुपस्थित हु. . .


आफैंले बोलाएको बैठक छलेर कोशी प्रदेशकी उपसभामुख काठमाडौं गएपछी…

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिने प्रयोजनका लागि आफैंले बोलाएको बैठक छलेर उपसभामुख सिर्जना दनुवार काठमाडौं लागेकी छिन् । बिहान ७ बजेको यति एयरलाइन्सको फ्लाइटबाट उनी काठमाडौं लागेकी हुन् । उनले प्रदेशसभा सचिवालयले आफू आज उपस्थित हुन नसक्ने जानकारी गराएकी छिन्. . .


काेशी प्रदेशका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिंदैछन् । विश्वासको मत लिनका लागि आज दिउँसाे १ बजेका लागि प्रदेशसभाकाे बैठक बाेलाईएकाे छ । बैठककाे कार्यसूची तय गर्न उपसभामुख सिर्जना दनुवारले बिहान ८ बजे कार्यव्यवस्था परामर्श समितिकाे बैठक बाेलाएकी छिन् । प्रतिपक्षी दल एमाले �. . .


आज नागपञ्चमी पर्व मनाइँदै

काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले �. . .


विराटनगरमा डेंगु उपचार सेवा संचालनमा

विराटनगर । धरानमा डेंगुले प्रकोपको रूप लिएपछि कोशी प्रदेश सरकारले विराटनगरमा डेंगु उपचार सेवा संचालनमा ल्याएको छ। विराटनगरस्थित संक्रामक रोग तथा संघन उपचार केन्द्रमा २५ शैय्याको डेंगु उपचार सेवा आइतबारबाट संचालनमा ल्याएको हो । उक्त डेंगु उपचार सेवाको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री उद्धव �. . .


कोशी प्रदेशसभामा ‘हुन्छ-हुन्न’ भन्ने एक दिन अगाडि सांसदले मागे घर विदा

सुजता लिम्बू विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिनको पूर्वसन्ध्यामा छन् । तर, विपक्षी दल अर्थात एमालेका सांसदहरु भने घरायसी समस्या परेको भन्दै सदनमा उपस्थिति नजनाउने भएका छन् । एमालेका ६ सांसदको घरायसी समस्यामा परेका छन् भने राप्रपाका दुई सांसद अम्बर बहादुर वि�. . .


नवजात शिशु विराटनगरको अस्पतालबाटै गायव भएपछि……

सुजता लिम्बू विराटनगर । भनिन्छ ‘तनको छुवाई भन्दा मनको छुवाइमा प्रेमका हाँगा थप झाँगिदै जान्छ । ’ तर, विश्वास र भरोसाले तन र मन दिएर प्रेम गरेकी एक युवती (नाम नखुलाउने सर्तमा) को जीवनमा भने प्रेमको परिभाषा नै बदलिएको छ । उनी दुई वर्षदेखि भोजपुर हतुवागढीका गोविन्द राईसँग प्रेममा परेकी थिइन् । उनले आफ. . .


सुनकोशी मरिण डाइभर्सन आयोजना : सुरुङ निर्माणमा गति

काठमाडौँ । अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुवै बढिरहेका बेला एउटा आयोजनाले भने यतिबेला धेरैको ध्यान आकृष्ट गरेको छ । नेपालमा पनि यो गतिमा यसरी काम हुनसक्छ र भन्दै अधिकांशले आश्चर्य प्रकट गरेका छन् । आयोजनाको निर्माणमा देखिएको सकारात्मक प्रभाव अन्यमा समेत पर्ने भन्दै खुसी व्यक्त गर्�. . .


झापाकी कमला मुर्मु इराकमा तीन वर्षदेखि ‘बन्धक’

झापा । अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको जनाउँदै उहाँकी आमाले उद्धारका लागि अपिल गर्नुभएको छ । तीन वर्षअघि विसं २०७७ भदौ १० गते वैदेशिक रोजगारीका क्रममा ओमान लाने भनेर कमलालाई मानव तस्करले इराक पुर्याएर बेचेको उनकी आमा लखी मुर्मुले जानकारी दिनुभयो �. . .


सुन तस्करीमा पक्राउ परेका चिनियासँग भारतीय आधारकार्ड फेला

काठमाडौँ । हङ्कङबाट मोटरसाइकलमा राख्ने ब्रेक सुमा हालेर ल्याइएको करिब ६१ किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड पनि फेला परेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले पक्राउ परेकामध्ये दुई जनासँग भारतीय आधार कार्ड रहेको पाइएको जानकारी दिनुभयो । तीन ज�. . .


भोजपुरको साल्पासिलिछोमा आयातित खादा र ब्याचको प्रयोगमा प्रतिबन्ध

भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकाले सार्वजनिक कार्यक्रममा आयातित सामग्रीको प्रयोगमा रोक लगाएको छ । अथिति सत्कारका लागि प्रयोग हुने खादा, ब्याच, मालालगायतका आयातित सामग्रीले अनावश्यक खर्च बढेको भन्दै गाउँपालिकाले यसमा रोक लगाएको हो । गाउँपालिकाले स्थानीयरूपमा उत्पादन भएका सामग्रीको प्र�. . .


सङ्खुवासभा कैदीबन्दी मृत्यु प्रकरण : प्रहरीसहित १२ जनामाथि अनुसन्धान हुँदै

किमाथाङ्का (सङ्खुवासभा)। सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जनामाथि अनुसन्धान थालिएको छ । कैदीको हत्या प्रकरणमा प्रहरी र कैदी अनुसन्धानमा तानिएका हुन् । सिसीटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नताले देखिएको थियो । कैदी मृत्यु प्रकरण�. . .